मनमा अनगिन्ती प्रश्नहरू छन्
खै किन आयौ तिमी ?
केका लागि मलाई आफ्नै बनायौ ?
किन हरायौ तिमी ?
मेरा प्रश्नहरु अनुत्तरित छन।
तिमी आयौ
आफ्नो जादुमयी
मन्द मुस्कान लिएर
तिमी जस्तै
आड र भरोसाको
जग बसालेर
आफूले हिंडेको कठिन
तर, सुन्दर बाटो
मलाई देखाउने प्रण गरेर
तिमी आयौ।
र, मेरो आशाको दियो
बल्न नपाउंदै
फेरी हरायौ
तिम्रो स्तुती गर्न नपाउंदै
मैले ढोग्न चाहेको मन्दिरको
ढोका बन्द गरेर
फरार भयौ
हो, तिमी अहिले फरार छौ।
म भित्रको ज्वालामुखी फुटेर
मेरा अंग अंगमा
राप र तापले पोलेको छ मलाई
सहन नसकिने पिडा दिएको छ मलाई
धुँवाको मुस्लोले
मलाई निस्सासिने बनाएको छ
पर धेरै पर
अनन्त क्षितिज सम्म पनि
लार्भाहरु तातै बगेका छन्
मेरो गन्तब्य छेकेको छ।
अहिले गन्तब्य अनिश्चित छ मेरो
प्रश्नहरु अनुत्तरित छन्
तिमी आउ, फेरी आउ
मेरा प्रश्नहरुको जवाफ
देउ वा नदेउ
तर मलाई बाटो देखाउ
मेरो प्रेरणाको श्रोत बन तिमी
मेरो यात्राको सारथी बन तिमी
तिमी आउ, फेरी आउ तिमी
मलाई साथ दिन आउ तिमी
तिमी आउ, फेरी तिमी आउ।
डार्टफोर्ड, बेलायत