भग्नावशेष :शेष
म मात्र अवशेष हाेइन
म समय यात्राकाे एउटा जीवित
- सङ्कल्प हुँ
- पदचाप हुँ ।
पीडा, सङ्घर्ष र पहिचानकाे गहिरो अर्थबाेध
मौनताकाे शुन्यताले कयाै कथा सुनाउँछ
ब्यथा बुझाउछ
र समयचक्रकाे काेणकाेणबाट
नयाँ सृजनाकाे धुन गुन्गुनाउँछ
हल्का हल्का हावा चलेको छ,
विशाल आँधिबेहरी बाेकेर
सधैंसँगै उड्नै पर्दैन,
कहिलेकाहीँ उभिनु पनि विद्रोह हो,
र नझुक्नु नै साहसको गीत हो
माैनताकाे सन्नाटा आफैमा
भयङ्कर ज्वालामुखी बिस्फाेटकाे सूचक हाे
आत्मसन्तुष्टिकाे प्रतिश्पर्धामा
जीवन सधैं जीत हुन सक्दैन,
हार अन्त्यपनि होइन
यो केवल रूपान्तरणकाे फेरिएको
अलग सुधारिएकाे
नयाँ यात्राकाे थालनी हाे,
जहाँ आफैले आफैँलाई भेट्नु नै सबैभन्दा ठूलो विजय हो।
कहिलेकाहीँ म एक्लो छु,
तर रित्तोपनाले होइन,
यो अन्तरआत्माकाे अन्तरकुनाकाे गहिराइमा डुबुल्की मारेर
सशक्त भएर फेरि उठ्ने जीजिबिषा हो
त्यसैले त
म समय यात्राकाे एउटा जीवित सङ्कल्प हुँ
म समय यात्राकाे एउटा जीवित पदचाप हुँ
भग्नावशेष :शेष
म मात्र अवशेष हाेइन ।
हेटाैडा