संस्कृति शब्द ‘सम्यक् कृति’ बाट व्युत्पन्न भएको हो। यसको अर्थ हुन्छ ‘राम्रा पारिएको कार्य, रीति, व्यवहार वा कला’। केही न केही सौन्दर्य भएको तथा परिष्कृत पारिएको कृति नै संस्कृति हो। संस्कृत सूत्र ‘परम्परागतः कृति’ अर्थात् ‘परम्पराबाट पालन गरिँदै आएको सुन्दर कृति नै संस्कृति हो’ भनिएको छ। वास्तवमा संस्कृति मानिसका मानसिक चेतनामा रहेको हुन्छ, जो केही कुराको माध्यमबाट आफैं आफ प्रकट हुन्छ। कुनै पनि नेपालीको घरमा पाहुनालाई चिया दिँदा हात जोडेर ‘चिया पिउनुहोस्’ भन्ने रीति छ, यो हाम्रो संस्कारको एउटा सानो नमुना हो। यस्तै संस्कारहरूको सामूहिक रूप नै संस्कृति हो।
आजको नेपाली संस्कृति भन्नाले खस र किरातको सम्मिश्रित, सम्मिलित, एकीकृत एवम् परिष्कृत रूप बुझिन्छ। यी खस र किरात पहाड़ीमूलका जाती हुन्। हिमाल पर्वतका फेद, पहाड़तिर आदौदेखि सँगै मिलेर बस्तै आएका हुन्। यी दुई जातिका सन्तान नै आज नेपाली वा गोर्खाली जातीका रूपमा रहेका छौं। हामीसित पहिलेको खस र किराती संस्कार साझा रूपमा पनि पाइन्छन्। यस्तो प्रकारको सांस्कृतिक मिश्रितता अन्य जातिमा विरलै पाइन्छ। यसैले हाम्रो संस्कृति अनौठो छ। यही अनौठोपन नै वास्तवमा हाम्रो संस्कृतिको मौलिकता र वैशिष्ट्य हो।
खस संस्कृतिको मौलिकता र वैशिष्ट्यबारे हामी निम्न बुँदामा केलाएर हेर्न सक्छौं-
१. नारीको समान महत्त्व -
नेपाली समाजमा स्त्री र पुरूषको बराबरी अधिकार, भूमिका र स्थान रहेको छ। नारीहरूलाई रात दिन बुर्का र पर्दाभित्र लुकाएर राखिँदैन, घरभित्रकै काम र पुरूष सेवामा मात्र राखेर कँज्याइँदैन। बरू पुरूषसित काँधमा काँध मिलाएर घरभित्र र घरबाहिरको कर्मक्षेत्रमा नारी सक्रिय हुन्छन्। कुनै पनि धार्मिक अनुष्ठानतिर नौजना ससाना कन्येकेटीलाई खानु, लानु दिएर र दक्षिण इत्यादि दिनुमा ठुलो महिमा छ। बिहेमा बेहुलीको गृहप्रवेशको शुभ मुहूर्तमा कन्येकेटीलाई नै हात हातमा कलश बोकाएर अघि लाइन्छ। अर्थात् कन्येकेटी अग्रसर भएको कुनै पनि शुभकर्म सफल हुन्छ भन्ने जनविश्वास छ। घरका छोरी-चेलीलाई ठुला-बड़ाले पनि गोडैमा शिर राखि ढोगिदिन्छन्। माइतीको मङ्गल कामना गर्दै भाइटिका लगाइदिछन्। अचेल दाजु-भाइको नाड़ीमा बाँधी सुरक्षाका लागि कामना गर्दछन्।
गाउँ बस्तीतिर खेताला- मेलापाततिर पनि नारी नै अघि बढेका हुन्छन्। चिया कमानतिर पनि उनीहरू पिठ्युँमा टोक्री बोकी चियाको पत्ती टिप्न पुग्छन्। उनीहरू आफ्नो शारिरीक शक्तिअनुसारको जे पनि काम गर्न तत्पर हुन्छन्। शहर बजारतिर पनि नेपाली नी नै काम गर्न अघि सरेका हुन्छन्। कुनै नेपालीका पसलमा पुरूषका तुलनामा स्त्रीहरू नै बेसी बस्ने गर्छन्।
हाम्रो समाजमा नारीहरूलाई अन्य कुरामा पनि स्वतञ्त्रता दिएको पाइन्छ।। नारीमाथि यौनसम्बन्धी धारमा पनि संकुचित छैन। रोदीघर र धाननाचतिर केटा र केटीको मन परापर भए पछि बिहे गर्नु कुनै आपत्ति पर्दैन। प्रेम विवाह हाम्रा समाजमा मान्य छ। विधवा नारी फेरि अर्को पुरूषसित जान सक्छे। सधवा वा विवाहित स्त्रीले यदि लोग्ने मन नपरे अर्को लोग्ने खोजेर जान सक्छे। यस्तोमा पहिलेको लाग्नेलाई पछिल्लाले जारीकल तिरे पुग्छ। कोर्ट कचहरी गरिबस्नु पर्दैन। हाम्रो समाजमा छोरी चेलीको बिहा गर्न परे दाइजोको चलन छैन। एक ठेकी दहीको सगुन कन्यापक्षबाट बेहुलापक्षलाई दिए पुग्छ। किराती नेपाली संस्कृतिमा बेहुलाले जाँड रक्सी, सुङ्गुरको मासु दिने गर्छन्। अचेल विशेष गरी नेपालतिर बाहुन छेत्रीका बिहेमा अन्य जातिको कुप्रभावस्वरूप दाइजो प्रथा चल्न थालेको छ। यद्यपि दाइजो प्रझा हाम्रो संस्कृति होइन।
२. उल्लासमयता
नेपाली संस्कृतिमा उल्लासताको अंश तीब्र रूपमा पाइन्छ। हाम्राहरू सदा हँसमुख रहन्छन्। कठोर काम गर्दापनि हाँसेकै हुन्छौं, मलामी जाँदा पनि हाँसेकै हुन्छौं। भौतिक सुख सुविधाको कमी भए पनि हाम्राहरू निश्चिन्त, सुखी, आनन्दमग्न, फर्स्याइला रमाइला भइ बस्तछन्। हाँसखेल ठट्टा गर्ने हाम्रो प्रवृत्ति हो। ससाना चुट्किला सुन्न र सुवृनाउन हामी आतुर हुन्छौं। नाच्नु र गाउनु पछि पर्दैनौं। हाम्रा चाढ़-बाढ़ साना ठुला गरी धेरै छन्। हाम्रा प्रत्येक चाढ़ले उल्लास ल्याउँछ। कृषकहरू असारको पन्ध्रको धान रोपाइको चापाचापमा समेत गीत गाउँदै काम गर्दछन्। हाम्रो समाजमा कर्म गीत र नृत्यगीत गरी मूल दुई प्रकारका गीत हुन्छन्। धान रोप्दा, दाइँ गर्दा, धान वा कोजो माड्, नयाँ सड़क निर्माण गर्दा ढ्वाङ ले भुइँ पेल्दा पनि सोही आनुसारको गीत गाइन्छ। नारीहरूले रत्यौली खेल्दा उन्मुक्त भइ उल्लासभाव व्यक्त गर्छन्। गीतको धुनमा काम गर्दा थकान पनि त्यति लाग्दैन। यसैले नाचिराक गाइराख रामरहुस गरराथ भन्ने उल्लासपूर्ण धारणा पनि हाम्रो संस्कृतिको एउटा वैशिष्ट्य हो।
३. सौन्दर्य चेतना
सौन्दर्य चेतना हाम्रो संस्कृतिको एउटा प्रमुख विशेषता हो। हाम्रा हरेक क्रियाकलाप व्यवहार आदिमा सौन्दर्य आफैंआफ झल्किन्छ। हामीले प्रयोग गर्ने चीजबीजमा केही न केही सौन्दर्य रहेको हुन्छ। धान चामल मकै, कोदो इत्यादि राख्ने डालो थुन्से, भकारी, कोठो इत्यादिका पीँधतिर चोयाले कलात्मक तरिकाले बुनिएको हुन्छ। काठद्वारा निर्मित हर्पे, ठेकी, चौंठो, माली, मदानी इत्यादि वस्तुहरूमा पनि राम्रा राम्रा बुट्टाले सजिएको हुन्छ। काट्ने हतियार खुकुरी कट्टी, बञ्चरो इत्यादिमा पनि बुट्टा भरे सुन्दरता बढाइएको हुन्छ। चुँलेसीको टुप्पामा बुलाकीजस्तो राखिएको हुन्छ जसले सब्जी काट्दा छिट्रिङछिद्रिङ गरेर एकप्रकारको आनन्द दिन्छ।
यही सौन्दर्य चेतनाले प्रेरित भएर हामी चिटिक्क, कलात्मक सुन्दर कुरा म नन पराउँछौं। यही तत्वले डोर्याएर हामी घर पनि चिटिक्क परेको, रङ्ग ककमेरो पेको मन पराउँछौं। बरू घर झुप्रो नै किन नहोस्। घरको आँगनको डिलमा ढकमक्क फूल फुलाइएको हुन्छ। हामी प्रायः जसो आर्थिक रूपमा निम्न वर्गीय नै छौँ तर सुन्दरताको निम्ति हामीलाई पैसा चाहिदैन। हामीसित भएकै चीजबीजलाई नै कोरीबाटी, सिङ्गार गरेर बुट्टा भरेरर सुन्दर बनाउँछौं। राड़ी पाखी कल्त्मक रूपले बुनिन्छ। हामी दशैंतिर राम्रा राम्रा र नयाँ लुगा लगाएर निधारमा रातो टिका झल्काउँछौं।
गाउँ बस्तीतिर धानको रोपाइँ गर्दा हामी खलेगराको बीचमा एक मुठा घधानको बीउससँघ फूल पनि राख्छौम। धानको कुनिउँ पनि कलात्मक रूपमा गाग्राको आकृतिको बनाउँछौं कुनिउँको टुप्पामा फूलको गुच्छा पनि सिउरिन्छौं। लिङ्गेपिङको टुप्पामा पनि फूल राख्दछौं। धेरैका घरमा मूलढोकाको अघि फुलबुट्टा पनि भरिएको पाइन्छ। यी जम्मै हाम्रा संस्कृतिंमा रहेको सौन्दर्य चेतना हो।
४. धार्मिक उदारवादी-
खसको मूलमा धार्मिक उदारता पाइन्छ। भारतीय अन्य सम्प्रदायको तुलनामा हामी बढ़ी धार्मिक उदारवादी छौं। कुनै धर्मविशेषप्रति हाम्रो कट्टरता छैन। छैन। हाम्रा आदिगुरू गोरखनाथ पनि कुनै घधर्मका कट्टर थिएनन्। पहिले खस जाति पनि उदार थिए। गौतमबुद्धको बौद्ध धर्मको लहर चलेपछि कोही बौद्धमार्गी भए, भारतबाट वैदिक आर्यहरूको प्रभावले आर्येली धर्म पनि अपनाएका थिए। आजकल हामी माझ हिन्दु बौद्ध, खृस्तान सराबरी छन्। यसबाहेक विभिन्न धार्मिक सम्प्रदाय पनि हाम्रामा प्रशस्तै छन्। हामी कुनै प्रकारको नयाँ सम्प्रदाय पनि स्वीकारी हाल्न पुग्छौं। यो हाम्रो धार्मिक उदारता हो।
५. खानपीनमा मौलिकता
हाम्रो नेपाली संस्कृतिमा खानपीनको आफ्नै विशेषता छ। हामी मूलतः पहाड़ी मबलका हुनाले खानपीन पनि पहाड़ सुहाउँदा छन्। पहाड़तिर धान मकै कोदो, गहुँष फापर इत्यादि मुख्य रूपमा फल्दछन्। गरीबहरूले केही नपाए पनि कोटोको ढिँड़ो र रोटी खान पाउँछन्। हाम्रा आफ्ना पेवा खानेकुराहरूमध्ये सेलरोटी, अनारसा, ढकने, दुधरोटी, पुवा, मालपुवा, चाम्रे, गुन्द्रुक सिन्की किनेमा इत्यादि हुन्। यी चिजहरू पहाड परिवेशअनुसारका छन्। खानामा बढी गुलियो हुँदैन बरू अनृमिलो पिरो, हुन्छ। अमिलो जाँड़, गुन्द्रुक, सिन्की स्वाद मानेर खान्छौं। मासु खाने चलन पनि हामीमा बढी नै छ। कतै परदेशमा गुन्द्रुक सिन्की पाइयो भने हामीलाई हर्ष लाग्छ।
६. पार्वत्यपन
हाम्रो व्यवहार, चलन, रीतिरिवाज इत्यादिमा पार्वत्यपन स्ष्ट रूपमा झल्किन आउँछ। अघि नै भनियो, हामी मूलतः पहाड़ी जाति हौं। हामी घाँस वा दाउराको भारी बोकेर उकालोमा हिँड़ेर माथि डाड़ामा पुग्दा बिसाएर सुसेल्दै खुइ शुइ गर्छौं। पार्वत्य क्षेत्रमा बढ़ी जाड़ो हुनाले हाम्रा लुगाफाटा बाक्ला र न्ना हुन्छन्। पत्रैपत्र भएको दौरासुरूवाल, नारीका चौबन्दी चोलो हाम्रो जातीय पोषाक हुन्। शिरको ढाका टोपी हिमालको प्रतीक हो। हाम्रा डालो, थुन्सेको पीँधमा खुट्टी हुन्छन्। लोहोटाको फेदमा बैठक हुन्छ जसले गर्दा लोहोटा लड़न पाउँदैन। हाम्रो गीतमा पनि उकाली ओराली र देउराली शब्द प्रायः सुन्न पाइन्च। जीवनको उकाली-ओराली भन्नाले सुख-दुःख बुझ्छौं। हाम्रो मुलुक नै पहाड़ी हुनाले यातायात सुविधादेखि हामी वञ्चित छौं। परिश्रम पनि ज्यादा गर्नुपर्दछ। बिहेमा बजाइने शहनाइ र ट्याम्को, मादल बाँसुरी इत्यादि बाजा गाजा पनि पहाड़ सुहाउँदा बज्ठन्। वल्लो डाड़ाँदेखि पल्लो डाड़ामा समेत घन्काइ सुनिन्छ। यसकारण पार्वत्यपन पनि हाम्रो संस्कृतिको एउटा विशिष्टता र मौलिकता हो।
७. आदिमता र प्रकृति उन्मुखता
खस-किरात संस्कृतिमा कतिपय आदिम प्रवृत्ति पाइन्छन्। समयका फेरमा परेर सभ्यताले हामीलाई जत्तिनै आधुनिकताले डोर्याए पनि हाम्रा अझ पनि कतिपय आदि प्रवृत्ति यथावत् छन्। यसैले पनि हाम्रो संस्कृतिलाई बचाएर राखेको छ भन्न सकछौं। आदिम प्रवृत्ति भन्नाले प्राकृतिकता, जङ्गलीपन बुझ्न सकिन्छ। दशैंमा टिका थाप्दा मकै जौं आदि जमरा शिरभरि लाउंछौंष बिहेको जग्गेमा पैयुँको सेउला, सिमली सेउला, केराको थाम इत्यिदि पनि राखिन्छन्। पहिले खस र किरातहरूको बिहे जङ्गलमा गरिन्थ्यो। त्यही जङ्गलकै प्रतीक मानेर अहिले पनि बिहेको जग्गेमा हरिययो सेउला राखिएको हो। हाम्रा कतिपय घरमा काँचो मासु भान्साघरको ठिक चुल्हा अगेनाको माथि सुकाइराककेको हुन्छ। यी सबै आदिमताका प्रतीक हुन्, जो हत्तपत्त मेटिँदैनन्।
८. कर्मठता-
कर्मशीलता पनि हाम्रो खस किरात संस्कृति हो। मूल रूपमा हामी कर्मठ र परिश्रमी जाती हौं। हामी पहाड़को उकालीमा पनि चुँइक्क भारी बोकेर सुरूसुरू हिँड़्न सक्छौं। हाम्रोतिर गोरूगाड़ी साइकल रिक्सा वा अन्य यान वाहन त्यति चल्दैनन्। भौगोलिक वातावरण नै कठोर हाले हामीले कठोर कर्म गर्नुपर्छ। घरमा गाइ-गोरु, बाख्रा पालेर बस्थछौं। खेतमा हलो जोतेर अन्नादि उमार्छौं। कुनै अवसर कड़ा काम गर्दा कर्मगीतका सहायताले सजिलै सम्पन्न गर्छौं। हाम्रा चाड़-पर्वहरू कामको थकानदेखि बिर्साउने र नयाँ जोस जाँगर दिलाउने साधन हुन्। काम गर्ने बानी परेका कतिपय खस किरातका सन्तानहरू मधेस खण्डमा पनि उत्तिकै र उस्तै प्रकारले काम गर्दछन्। नारीहरू पनि पुरूषसरह कठोर शारीरिक काम गर्दछन्। यसैले कर्मशीलता पनि हाम्रो संस्कृतिको एउटा विशेषता हो।
९. कुलदेवता पूजन
वैदिक आर्यहरूको प्रभावमा आएर हिन्दू नेपालीहरूका घरमा वैदिक कर्मकाण्ड भए पनि आफ्नो कुलदेवताको पूजा वा कुल पूजा गर्न छाडेको छैन। हाम्रो विश्वासअनुसर यी कुलदेवताहरू हाम्रै वरिपरी हुन्छन्। तिनलाई रिझाए मात्र घरमा सुब्बेफाब्बे हुन्छ। तिनलाई नराम्रो गरे घरमा दुख पीर आइपर्दछ। देवाली पूजा, नयाँ पूजा, गोठ धुप, लुकुवा इत्यादि आफ्ना मौलिक कर्मकाण्ड पनि गरिन्छ। हाम्रो जातैपछिका र कतिपय जातका थरैपछिका आफना आफ्ना कुलदेवता हुन्छन्। लिम्बुहरूको साकेनी बुढ़ी बजूको पूजा, ढकाल बाहुनका संसारी माइ वा उँधौली भळौली, राईहरूको साकेवा साकेला, बाहुन छेत्रीको मष्टो देवताको पूजा इत्यादि हाम्रो अतिरिक्त रीतिथिति हुन्। लामापुरोहितबाहेक तामाङका बोन्पोहरूले पनि पूजा गरिदिन्छन्। फेदाङबा, बिजुवा किरातका कुलपुरोहित हुन्। खस जातिको घरको धानको दाइँमा बाँसका मेहेलाई भुमेदेवताको प्रतीक मानिन्छ र भूमेदेवताको नाममा सबैभन्दा पहिले छुट्याइको धानको भागलाई ‘भूमेपाथी’ भनिन्छ। कुनै पनि फलेको अन्न फसल न्यागी अथवा नयाँ नबुझाइ वा नचड़ाइ खाने दस्तुर छैन। मिठा मिठा खानेकुरा पकाएको दिन तुलसीका देवता, अग्नि देवता र कुलदेवता चढ़ाइने गरिन्छ। भूतप्रेतको विश्वास गरी धामी झाँक्री पनि उपचारकका रूपमा चलाइन्छ। त्यसकारण कुल पूजा पनि हाम्रो संस्कृतिको एउटा वैशिष्ट्य हो।
१०. सामूहिक चेतना
हाम्रो संस्कृतिमा सामूहिक भावना पनि तीब्र रूपमा हुन्छ। गाउँ-घरमा मराउ परेको छ भने सुन्नेबित्तिकै चिनेका-जानेका तथा आफन्तहरू आइपुग्छन्। त्यस्ताबाट प्रत्येक घरबाट एकजना मलामी पनि जाने चलन छ। कसैका घरमा बिहामा पनि आफन्त र गाउँघर सबैतिर जतिसक्दो धेरैजनालाई निम्तो गर्ने चलन छ। देवीपूजा, संसारी पूजा, पुराण आदि सार्वजनिक रूपमा गरिन्छन्। देवाली पूजा पनि सम्बन्धित जात र थरका मानिस मिलेर गर्छन्। धाननाच, बेठी आदिमा पनि सामुहिकताको भावना हुन्छ। गाउँ-घरमा मिलेर सभा गर्ने, मेला, खेला र मनोरञ्जन आदि मिलेर काम गर्ने पनि हामीमा प्रबल रूपमा पाइन्छ।
एउटा जातिलाई अन्य जातीबाट पृथक तुल्याउने मूलत्त्व नै वास्तवमा संस्कृति हो। नेपाली संस्कृतिको मौलिकताले गर्दा नै हामीमा जातीयताबोध हुँदछ। हाम्रो चिन्री पनि माथिका उल्लेख गरिएका मौलिकताहरूवे दिँदछ। हाम्रा पुर्खाको समयको संस्कृति र अहिले हामीमाझ विद्यमान रहेको संस्कृतिमा केही भिन्नता त अवश्य होलान् तर मूलरूपमा एउटै रहेको छ।
कालिम्पोङ