मनको व्यथा आँखाबाट बगाएर गयौ
गयौ कि त मेरो माया अघाएर गयौ
मीठा कुरा गर्दा गर्दै अनायासै तिमी
भन अब कतातिर हराएर गयौ
सुख दुःख जिन्दगीका पीड़ाहरु पनि
सहन्छु म भन्थ्यौ आज डराएर गयौ
सन्देश केही अब उसो आउँदैन भन्दै
पिरतीको बाजी मलाई हराएर गयौ
हुन्छ यही वेदना नै मेरो लागि भयो
डिल्लीप्रसादलाई राजी गराएर गयौ