19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राकेश कार्की December 14, 2008, 3:59 am
राकेश कार्की
राकेश कार्की

रिक्तता र तिक्तताको गजल पस्किरहेछु म

चुँडिन लाग्या झोलुँगे पुल झैँ खस्किरहेछु म

आँखाहरु एकटक छन् लाग्दै लाग्दैन निन्द्रा

नदेखेको सपनासँग पनि झस्किरहेछु म

हिडदा हिडदै जिवनको चौबाटोमा अल्मलिएर

धोका पाएको मुटु जस्तै चस्किरहेछु म

होमिईसकेका बाध्यताका सम्झौताहरुमा

सहमति नै बिना दस्तखत बनि धस्किरहेछु म

सबैथोक गुमाएर गुमाउनु मै रमाएर

होश नभएको बहुला झैँ मस्किरहेछु म

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।