19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल वसन्त थापा December 14, 2008, 4:00 am

कोहो ? त्यो दिलको हकदार सानु ।

भेट्यौ की अर्कै दिलदार सानु ।।

आफ्नो भनु त तर्कन खोज्छ्यौ ।

स्पष्ट छैननी आधार सानु ।।

लुटायौ यौवन छुटायौ माया ।

के दिउँ तिम्लाई उपहार सानु ।।

सुख र सयलमा हुर्कियौ तिमी ।

छैननी महल सानदार सानु ।।

शिशिर होइनौ 'बसन्त' तिमी ।

"जीवन" को दिलको बहार सानु ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।