18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

होसमा जोश

कविता भोज अर्याल September 14, 2025, 4:10 pm
भोज अर्याल
भोज अर्याल

होस ! तिमी सँग धेरै रहेछ जोश
जोशमा तिमी नगुमाउककंनु आफ्नो होस
होस तिमीसँग भएको सवै
अब मलाई नै देऊ
तिमी मेरै साथले गर्दा
माथि माथि गएका हौ
तिमीले अझैसम्म खै
आफूलाइ के ठानेका छौ ?
तिमी बरु मसँगै नबस्नु
तर आउँदाजाँदा त यसो पस्नु
सक्छौ भने तिमी बरु
अब मेरा खुट्टा अरु धेरै घस्नु ।

मलाई तिम्रो धेरै नै माया लाग्छ
तर लाग्यो भनेर
तिमीले दुई चार पैसा सम्झेको खै ?
फेरी आउँदा त तिमीले
अलि केही भएमा
मेरो हातमा हाल्देऊ न है
तिमीबाट अरु कुनै आश छैन
अहिले त तिमीले मेरो कुरा
राम्रो सँग बुझ्यौ नि हैन ?

जब तिमी मलाई भेट्न आउँछौ
तिमीलाइ सम्झेर रुन मन लाग्छ
जब तिमी बिर्सेर
मेरो नजरबाट टाढा टाढा जान्छौ
तब तिम्रो
सिरानीको खोल धुन मन लाग्छ
जब तिमी हुने खाने हुन्छौ
मलाई त किन हो किन
चिड्चिड् पसिना मात्र आउाछ
जब तिमी हुँदा खाने हुन्छौ
मेरो पेटमा बतास छिर्छ
अनि काउकुती नै लाग्छ
आज तिमी कहाँ छौ छौ
तर, मेरो मनले
सिधै तिम्रो चाल पाउँछ ।

तिमी हड्डी घोटेर गड्डी फलाउँछौ
गड्डी आफूले मात्र चलाउँछौ
चिसो तातो कहिले काहीँ
सँगै बसेर खान मन त थियो
तर, तिमी सधै किन अलमलाउँछौ ?
तिमी धेरै नै मरिहत्ते गर्छौ
यदि तिम्रो ढाड नै खुस्कियो भने
बाँकी जीवन कसरी चलाउँछौ ?

पिउन पाउँदा पुरै भाँडो नै रित्तो पारेर
भुँडी नै बाहिर हुत्ताएर
किन एक्लै एक्लै बाटोमा ढलमलाउँछौ
पिउन मन भए घर मै बस
तिमी पिएर जिल्ल पर्दै
टिल्ल परेर
बाहिरतिर घुम्न कहिल्यै नजाऊ ।

घरमै बसेर खाऊ वा पिऊ कुनै गुनासो छैन
अब त तिमीले
मेरो कुरा राम्रोसँग बुझ्यौ नि हैन ?
होस अब धेरै ननिकाल्नु जोश
तिमी कहीँ कतै मर्छौ कि भनेर
मलाई खुबै डर लाग्छ
किन कि तिमी
मेरो आफ्नो मान्छे हौ
मेरै अगाडि तिमी
ताते ताते गर्दै हिड्थ्यौ
अहिले किन निकाल्न तम्सिदै छौ
धेरै ठुलो जोश
होस ! तिमी मेरो आफ्नो मान्छे हौ
जोशमा पनि कहिल्यै नगुमाउँनु
तिमीले आफ्नो होस ।

क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।