संसार पीड़ित छ
तर म असहाय छु
किनकि म केहि फरक पार्न सक्दिनँ|
गर्न सक्नेले गर्न नचाहेको कुरा
गर्न चाहेर पनि म गर्न सक्दिनँ|
खुट्टामा गोली लागेको लङ्गड़ो कुकुर
अज्ञात दिशातिर बाटो तर्छ
करुणा अब कसैमा छैन,
पखेटा काटिएको एउटा परेवा
खाल्डोमा खस्छ
उद्धार गर्न कोहि चाहँदैन,
खाना नभएर दु:खी आमाहरु बच्चा मार्न खोज्छन्
किनकि खाना बाँड्नेहरु थुपार्न व्यस्त छन्।
ढोंगी गर्वले एउटा राष्ट्रले अर्को राष्ट्रलाई आक्रमण गर्छ
किनकि आपसी सहयोग अनि सह-अस्तित्वमाथि
अब कसैलाई विश्वास छैन|
विकासमा, नागरिकमा, प्रजातन्त्रमा
अपार समर्पणको कमीले गर्दा
अब उसो कसैको आस्था छैन|
कोहि भाग्छन् किनभने बस्नु श्राप भएको छ
किनकि बलियाले सधैं
असहायहरूलाई दमन गरेका छन्।
केही भौंतारिएर बस्छन्
बेमेल राजनीतिक इच्छाशक्तिले उखेलिएपछि|
कुनै विमानमा आकाशबीच आगो लाग्छ
किनकि केही नियमहरू
मानवीय अवधारणाका विपरित छन्|
चेतनाका केही माछाहरू
धाराको उल्टो चढ्न वाद्य हुन्छन्
किनकि सहज धारा छेकिएको छ|
अनि म हेरि मात्र रहन्छु
किनकि म केही गर्न सक्दिनँ
र यसरी एक दुःखी व्यक्तिको बनोट तयार हुन्छ|
गान्तोक, सिक्किम