18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘आकाश ओढेको डोल्पो’ नियात्रा एक विवेचना

कृति/समीक्षा सदानन्द अभागी September 19, 2025, 2:24 pm
सदानन्द अभागी
सदानन्द अभागी

कुनै बेला फलामको घोडाको संज्ञा पाएको आभागी आजकल भने गलित करकलाको डाँठ जस्तै गलागिलित्त परेको महसुस गर्दछ । कृषिबाट अनिवार्य अवकास पाएको जागिरे भएको कारणले होला प्राय कृषि बजारमा जानभने छाडेको छैन । कृषिबजारबाट फोन आयो । मिटिङ छ भनेपछि जानै प¥यो । कृषि बजारमा पुग्ने बित्तिकै बजारकी व्यवस्थापकले सोधि हाल्नु भयो –‘भवानी खतिवडालाई चिन्नु हुन्छ सर ? कृषि विभागबाट आउनु भएको थियो । हजुरलाई फोन गरेको फोन लागेन । उनीहरूले पनि हजुरको बारेमा सोधेनन् ।’ मैले सुनीरहे । व्यवस्थापकको भनाई सकिएपछि नाम त सुनेकै हो तर भन्न सक्दिन मैले जवाफ दिएँ । उहाँ तपाइँ जस्तै लेखक हुनु हुँदोरहेछ भन्दै मलाई ‘आकाश ओढेको डोल्पो’ शीर्षकको कृति निकालेर दिनु भयो ।अग्र आवरण हेरें पहाडको बीचमा ताल छ । यही होला शे–फोक्सुण्डोलात । पछिल्लो आवरणलाई हेरें । प्राय सबैले आफ्नो परिचय दिएका हुन्छन् तर यहाँ त चर्चित व्यक्तित्व भुवनहरि सिग्देल, प्रतीक, ढकाल र महेश पौड्यालका भवानीप्रति लेखिएका साहित्यिक अभिव्यक्ति रहेछन् । यी तीनै जनाले भवानीका सहासिक यात्रा, लेखन शैली शब्दचयन आदिमा मुक्तकण्ठले प्रशंसा गरेका छोटा तर अति मिठा टिप्पणी पाएँ । कितापका भित्री भाग सरसर्ती पल्टाएँ कृतिको प्रकाशन पेज टर्नर प्रा.लि. बागबजार काठमाडौले गरेको रहेछ । भाषा सम्पादन भुवन खतिवडाले गर्नु भएको र मूल्य रु ४७५.०० राखिएको रहेछ । पछिल्लो आवरणको भित्री भागमा मेरा नजर पर्छन् । यहाँ भवानी खतीवडाको सानो परिचय दिएको पाएँ ।भवानीको जन्म स्थान उदयपुर गढी–८, नेपाल टार , उदयपुर रहेछ । उनको नेपाल सरकारको निजामती सेवामा संलग्नता रहेछ । अध्ययनको हिसाबमा बिएड, एलएलवि, एमए र कृषि डिप्लोमाका डिग्री हाँसिल गर्नु भएको रहेछ । उहाँका दुई कृति ‘घाम भन्दा पहिले –२०७८ र चारखोलाको आँगनीमा –२०७९ बजारमा आइसकेका रहेछन् ।‘आकाश ओढेको डोल्पो’तेस्रो कृति मैले आज अध्ययन गर्न थालेको छु ।राम्रा काम गरेपछि उच्चकोटीकै पुरस्कार प्राप्त हुन्छन् । भवानी, लक्ष्मीप्रसाद देवकोट काव्यिक पुरस्कार– २०७६, साहित्यपोष्ट उत्तम कृति पुरस्कार –२०७८ र कवि शिरोमणि लेखनाथ पुरस्कार –२०८० बाट अभिनन्दित भै सकेकी छन् ।

२११ पृष्ठको यसकृतिमा १६ उपशीर्षक छन् ।पहिलो उपशीर्षक छ बाटो लागेपछि । यस यात्रामा जुफाल जहाजबाट जाने सोच भएको र जहाज स्थागित भएकोले बसबाट जाने निधो लिनु । भवानी, प्रभा,रञ्जु र सरस्वती यात्रामा सहभागी हुनु । बसले एक घण्टा अबेर गर्नु २०७८ साल कार्तिक १ गते चारबजे कलंकीबाट बसले बाटो लिनु र जुगडीमा खाना खाएर गन्तव्यतिर बस लाग्नु । यसमा समयको ख्याल सबैले गर्नु पर्ने, देशका चिन्तनका कुराहरू आएका छन् र प्रकृतिको वर्णन मीठो रूपमा गरिएको छ ।

हेल्लो ड्रागन फल–कार्तिक २ गते विहान लुम्बिनी गेटहुँदै घनवन बुद्धभूमि क्याम्पसमा नजर डुलाउँदै झापाको मेची बहुमुखी क्याम्पसका अतितको झझल्को बल्झिदै शिवराज नगर पालिका, वाणगङ्गा नगर पालिका, वरिपरिका परिवेश हेर्दै, भालुवाङ हुँदै ठूला ढुङ्गामा एकीकृत जनक्रान्ति जिन्दावाद, नेकपा पढदै,‘आफै चोइटिएर धुजा धुजा हुँदासम्म पनि एकीकृत लेख्नचाँहि किन छाडदैनन् हँ ?’ प्रस्न राख्दै , निजामति कर्मचारी सङ्गठन दाङको स्वागतबोर्डबाट स्वागत लिदै, सङ्गठनका साथीहरूको नाम स्मरण गर्दै, खेतबारीका हरियाली अवलोक गर्दै, कुन्ता खोला नाघदै, कालाकोटेको बाक्लो बस्ती पुग्र्दै, भालुवाङमा गुड्न थाल्नु यहाँ आउँदा स्वर्गद्वारी देवस्थलको याद आउनु, भुवनहरी सिग्देलले लेखेका तिवारीको घर यतै हुनु पर्ने र भेट्ने इच्छा जाग्नु , भालुवाङको दाहिनेबाट रोल्पा र प्युठान जाने बाटो छुट्टिन्छ र यिनीहरू लमहीतिर लाग्नु, चिया खानु ,अर्जुन खोला हुँदै वनको सुन्दरता हेर्दै,बेलदमार चिटिक्कको गाउँ र कालिका देवीको मन्दिर हुँदै, कुइरपानी, बबैनदी झिगनी नामको बस्ती हुँदै दाङ पुग्नु र यहाँको सुन्दरतालाई उदयपुरसँग दाज्नु । यस नियात्राले २०५६मुङ्सिर आठ गते नेपाली सेनाका गुल्मपतिसहित १४ जना सैनिकबलाई माओवालीले एकै चिहान बनाएको कुरा,कानुनविद सुवास आचार्यको जन्मथलो, भिमार्जुन आचार्य संविधान विद र अर्जुन मिलन सङ्गीतमर्मज्ञको जन्म थलोको कुरा,तुलसीपुरm बेलझण्डीमा अवस्थित संस्कृत विश्वविद्यालय, ड्रागनफलको बगैंचा , ड्रागनफलकोबारेमा सरस्वतीलाई जानकारी गराउनु, ड्रागनफल२५० वर्ष अघि मेक्सिकोको वनमा फेला परेको र २०५७ सालमा पशु चित्सिक डा. जगन्नाथ राइले नेपाल भित्र्याका कुराहरूको साथमा यो शीर्षक समाप्त हुन्छ । बाटोमा पर्ने खेतीपाती, बस्तीहरू त्यहाँका प्रकृति सम्पदालाई नबिराई समाबेस गरिएको छ ।

चक्का चढेर भीरमाथि – यस शीषर्मकमा सिउँडी खेती, सिउडीसँग नातो जोडिएका अग्रगामी किसान लोकन्द्र विष्ट , विक्रम सम्बत १९९५मा हीरा गिरीले बर्माबाट १ बोट कफी ल्याएर गुल्मीको आँपचौरमा रोपेको कुरा, ८० वर्ष भित्र कफी ४२ जिल्लामा फैलिएको र वि.सं. २०७८ सालमा मात्रै ३१ करोड बराबरको कफी निर्यात भएको धारणा यहाँ आएको छ । देशमा हाल भै रहेका क्रान्तिसँग व्यङ्ग कस्तै असली क्रान्ति भनेको कृषिमा भइरहेको क्रान्ति हो भन्नु, बिजौरी बजार, बाट तुलसीपुर घोराही, गणेशपुर,लाहुरेचोक, राम्रीको सुन्दरताले मनै लोभ्याउने, यहाँबाट सल्यान जिल्लाले स्वागत गर्नु, डर लाग्दो पहिरो जस्का १६ ओटा कुइनेटा पारगर्नु पर्ने, अदुवाबाली अनुससन्धान केन्द्र, कृषि उपज बजार सङ्कलन केन्द्र, कपुरबोट, वनस्पति उद्यानकेन्द्र मूलपानी, जडीबुटी सञ्कलनकेन्द्र, लच्किएका सुन्तला, हलुवावेद, अलैंची, १६४१ मिटर उच्चाइमा स्थापित यो उद्यान रामायणमा बर्णित अशोकबाटिका नै हो भन्ने धारणा भवानीले राख्नु । प्रिन्स होटेलमा खाना खानु, कपुरबोटका जनता खाएपीएजस्ता रातापीरा, शोलावाङ,अरिगालेफेदी, सल्लेरी वन,सल्ले खोला, लुहाम, शङ्खमूल,भोटेचौर बस्ती, लान्ती बजार, नजिकैको गुफा शान्तिनगर, श्रीनगर नामको गाउँ भेटिनु आदि ठाउँको वरिपरिको खेतीपाती, प्रकृतिक वर्णन दिलखोलेर गरिएको छ ।

झरीदेखि झरीसम्म – श्रीनगरको विन्दुबाट बसले रुकुम पश्चिम जाने बाटो समायो, पशुअस्पताल रुकुम पश्चिमका ज्ञानुशर्माले फोनगरेर कार्यालयको अतिथि गृहमा बासको व्यवस्था गरेको जानकारी गराउनु, कृषि विकास कार्यालयका महेश चन्द र ज्ञानु शर्माले फोन गरि जानकारी लिइरहेका हुन्थे । शीतलपाटी पुग्नु, भट्टेखोलो,बरला बजार,मेखला बजार,थारमारे बाघचौर खरीबोट, रारचौर बाङ्गेलाकुरी, सीम्खोल्ी नामको सानो बजार, जलेखर्क, खौलाबजार नामको बस्तीमा पुगेपछि रुकुम पश्चिमको बाटो छुट्टिनु,झुलनेटा र खारनेटा नामको बस्ति भेटिनु, सिम्रुतुले बजार, वैरागीठाँटी साँखखोलाको पुलमा पुग्दा साँझ पर्नु ,साँखखोलाको नयाँ निर्मितपुल निर्माणाधिन अवस्थामा भत्किएको देखिनु, सोलावाङ बजार, बोहोरा गाउँ,सेरी गाउँ,बागबजार, शहीद गेट आदि स्थान हुँदै तथा वरपरका प्रकृतिका सुन्दरता अवलोकन गराउँदै रातको ठीक ८.३० बजे रुकुमपश्चिमको खलङ्गा बजार पुग्नु, पशुसेवा कार्यालयका कार्यलय सहायक वीरबहादुर रोकाया लिन आउनु ,ज्ञानु शर्माले फोन गरेर स्वागत भन्दै भोली विहान भेट्ने जानकारी गराउनु, भवानी लगायत पशुसेपा कार्यालयको अतिथि गृह्यमा झोला विसाउनु। यस शीर्षकमा पनि प्रकृतिवर्णन र गाडीबाट अवलोकन गरिएका स्थानको तुलनात्मक वर्णन मीठो प्रस्तुतिका साथ गरिएको छ ।

मुसीबज्यैको मुसीकोट –
२०७८ कर्तिक ३ गते विहान व्युझिएर भवानीले सिस्नेहिमाल लगायतका प्राकृतिक सौन्दर्यमा रमाउन लाग्दा ज्ञानु शर्मा र महेश चन्दको आगमन हुन्छ । भवानीले ज्ञानुशर्मा र महेशसँग आफ्ना सहयात्रीहरूलाई परिचय गराउनु ज्ञानु शर्माल कार्यकक्षमा लानु, कार्यक्रम र प्रगतिका कुरा गर्नु, कार्यालयको छतमा लगेर खलङ्गाको सेरोफेरो देखाउनु । कार्यालय परिसर, ल्याबेरेटरी, पशुउपचार स्थल, डालेघाँस नर्सरी स्थल देखाउनु, कम्पोष्टमलको लागि एउटा लैनो भैंसी किन्नु,दूधको बिक्रीबाट उठेको राजश्व ६ महिना भित्रै भैसीको मूल्य उठायो, कम्पोष्ट किन्न नपर्दा बजेट जोगियो, डालेघाँस बिरुवा विक्री गर्दा गत वर्ष भन्दा २५ प्रतिशत राजश्वमा बृद्धि भएको जानकारी गराउनु ।भवानी ज्ञानु शर्माको काममा निकै प्रभाबित हुनु, उत्कृष्ट पुरस्कार पाउनु पर्ने धारणा राख्नु , महेशसँग जिप चढेर सल्ले विमानस्थलसहित सदरमुकामको मूलबजार घुम्नु ,२५ रुपियाँ तिरेर मुसीकोट दरबार हेर्न जानु, ‘भरिएको पाथी जस्तै थुम्कोलाई मुसीकोट दरबार भनिदो रहेछ । थलीमा मुसीबज्यैको भव्य शालिक, शालिकलाई हेर्दा एकदमै रमणीय डाँडाँमा सुनौलो रङको छातामुनि सुन्दर प्रतिमारूपी ‘मुसी’ देख्नु, । ठूला ठूला गाजले आँखा,चेप्टो अनुहार झुम्के बुलाकी लगाएको बान्किलो नाक मोनालिसाको चर्चित तस्वीर झै मुस्कान फक्रिन लागेका सुन्तला केस्रे ओठ । कम्पनीमालाले सजिएको गला ।’ भवानीले राम्रो वर्णन गर्नु भएको छ । मुसीको प्रतिमा नजिकै ठूलो ढुङ्गो तल बँदेल गुफा, मुसीडाँडाको थाप्लामाथि सरस्वती मन्दिर र मन्दिरकै आडामा भ्यू–टावरको अवलोकन र दरबारको चौकीदारकी पत्नी कृष्णासँग दरबारसम्बन्धी जानकारी लिन चाहानु र कृष्णाले मुसीकोटे राजाको दरबार कुप्रीकोट भन्ने ठाउँमा रहेको, राजाले बँदेल पालेका र बँदेल भागेर यही गुफामा आएको राजाले हराएको बँदेल खोजेर ल्याउने आदेश दिनु । मुसी सालका पात टिप्नजाँदा बँदेल भेट्नु र दरबारमा लगिदिनु, पुन भाग्नु र सोही ओडारमा आउनु, मुसील लगीदिनु, यसरी बँदेल तीन तीन पटक भागेर गएपछि राजाले मुसीलाई त्यहाँको विवरण माग्नु, मुसीले सबै हेर्दा डाँडाको थाप्लोमा देवीको मूर्ति फेला पार्नु र राजालाई सबै जानकारी गराउनु राजा आएर हेर्नु र दरबार त्यही बनाउनु र राजधानी सार्नु , मुसीलाई बक्सिस, माग्न भन्नु मुसीले आपूmले पत्तालगाएको ठाउँमा दरबार बनेकोमा खुसीलाग्यो बक्सिस चाँहिदैन भन्दा राजाले बक्सिस लिनै पर्छ भनेपछि दरबारको नाम मेरै नाममा राखियोस् भन्दै बिन्ति चढाएपछि दरबारको नाम मुसीकोट राखिएको जानकारी पाउनु । मुसीको यो अमरत्व बक्सिसलाई मनन गर्दै भवानी खतिवडाले धादिङकी माइली सर्किनीलाई सम्झनु जस्ले जुद्धशमशेरलाई ३ महिनासम्म पानी नपर्नुको कारणमा यसरी जनाएकी थिइन्–
‘राजाले छाडे राजपाट गर्न बाहुनले छाडे वेद
अड्डाले छोड्यो नियाँ र निसाफ बर्सिन छाडे मेघ ।’ महेशले मुसीकोटको डाँडाको थाप्लोबाट देखिने सबै स्थलको अवलोकन गराउनु, सरकारी कार्यालय चिनाउनु, २०६१ साल चैत्र २५मा खारास्थित सैन्यअड्डामा भएको माओवादीको भिषण आक्रमणमा ३०० जना नेपाली एकै चिहान भएको स्थान औल्याउनु, भवानीले भोजपुरमा भोगेका संतस्त्रका क्षणहरू र कालीकोटको पिलीको घटना, सोलुको सल्लेरीको घटना र बाँदरमुढेको स्मरण गर्नु, महेशले आफ्नै थातथलो र घरसम्म चिनाउनु, सानीभेरी र मुसीकोटबाट विदा हुँदै तरकारीबीउ उत्पादन केन्द्र पुग्नु, महेशकी जीवन सङ्गिनी सुशीला शाह यहाँ कार्यरत हुनु, कार्यलय प्रमुख किशोरमानसँग कार्य प्रगति को जानकारी पाउनु, खलङ्गाको भाइरल झोलुङ्गे पुल कभर्टहल आदि अवलोकन गर्दै थालीबाट खलङ्गाको अवलोकन, खाना खानु, वीरबहादुरलाई टिप्स दिनु,महेशसँगै सल्लेबजार पुग्नु्, राडी बजार जाने सुमोमा चढेर महेशसँग विदाहुनु, सुमो पातुखोला हुँदै हिड्नु, छिन्खेत बजारमा सुमो रोकिनु, अघि जाँदा पहिरोमा पुग्नु, पहिरोको हिलामा पैदल हिड्न पर्नु ,पार्सिबाङकी हीरा बाठामगर राडीबजारमा कार्यरत दुई जना शिक्षक पनि यात्रामा साथ भएकाले बातचित गर्दै हिड्नु, सोर्फु ताल, शे–फक्सुण्डो तालभन्दा पनि राम्रो ताल भएको जानकारी पाउनु, सुने छहरी गाउँ, बासथला गाउँ, भेरी पारिका गाउँ जाजरकोट,जाजरकोटको जानकारी पाउने वित्तिकै अन्तर्जातीय विवाहका २०७७ जेठ १० गते मारिएका नवराज विश्वकर्मा र ६ जनाको स्मरण गर्नु,आत्मा शान्तिको कामना गर्नु, सुमोले राडीजिउलाको सन्दिमा होटेलमा पुर्याउनु र आजको बास सोही होटेलमा हुनु ।

भेरीको तिरैतिर– २०७८कार्तिक ४ गते बिहान चारबजे उठनु, राडीजिउलालाई छोड्दै भेरीको झोलुङ्गेपुल तरेर जाजरकोट जिल्लाको बगराबजार पुगेर बुटौल र पोखराका ८ जना सहित सुमोमा चढ्नु, खगेनकोट गाउँ पुग्नु , मैदे बाक्लो गाउँमा पुग्नु, त्यपछि तात्रागाड, सानो गाउँ, दूधेखोला, रम्दा नाउँको ठूलो गाउँ,जहाँ प्लाष्टिक टनेलभित्र कतै गोलभेँडा,काउली,बन्दा, मेवाका बोट, केरा बगान अवलोकन गर्दै डोली जिउला गाउँमा पुग्नु ,सुमोले चौखा बजार पु¥यायर ओराल्नु, छरीबगर ठूलो बस्ती सूर्योदय माध्यमिक विद्यालयको दुइतले भवन, उसुमखोला तरेर दामाचौर प्रवेश, ८०० रुपियाँ तिरेर सुमो चढ्नु, सुमोमा राखेको ब्रोइलर कुखुराको गन्धले सताउनु, ढाँरथलाको उकालोमा सुमोको टायर पड्कनु, त्रिवेणी पुगेपछि सुमो रोकिनु र खाना खान थाल्नु यो शीर्षक यही सकिनु । स्थान विशेषको नाममात्र यहाँ जोडे पनि प्राकृतिक सौन्दर्यताको वेतोड वर्णन यहाँ अध्ययन गर्न पाइन्छ ।
ज्वालामुखीको पहिरो मुनी – साथीहरूले खाना खानु, भवानीले झोलुङ्गेपुल तरेर भेरी पारिसम्म पुग्नु, भेरी र जगदुल्लाको सङ्गम भेट्नु, खदाङ्का खड्गबहादुर नेपाली भेट्नु, उनीबाट भेरीपारि डोल्पा जिल्लाका दुई पालिका मुड्केचुला र जगदुल्ला रहेको जानकारी पाउनु ,सुमो चिण्डेबगर गएर रोकिनु, पहिरो झर्नु यो पहिरो झर्नुको कारण ज्वालामुखीको कारणले हो अरे, केही क्षण रोकिएपछि ड्राइभरले पहिरो पार लगाइ दिए । ठूलो बस्ती भएको खदाङ पुग्नु, वारिको खदाङ रुकुम पट्टीको र पारिको खदाङ डोल्पातिरको, खदाङमा सुमो भेट्नु, प्रहरी पोष्टमा नाम लेखाएरमात्र सुमोमा चढ्ने जानकरी ड्राइभरले गराउनु र पोष्टमा नाम लेखाउनको कारण जान्दा उपल्लोडोल्पा गएकाहरूमा केही हराएको हुँदा फर्के नफर्केको अभिलेख राख्न र डोल्पामा दुर्लभ जडीबुटी वन्यजन्तुको अवैध धन्दा रोक्नको लागि भएको जानकारी पाउनु र खदाङ्गाउँ पैदलै छिचोल्नु, लाहा गाउँको पत्ता लगाउनु, र सोमो चढ्नु, त्रिपुरासुन्दरी नगर पालिकाको बगर भन्ने ठाउँमा सुमोे रोकिनु, आधिघण्टा हिड्नु पर्ने कुरा लालीले बताउनु, सुमो स्टपमा पुग्नु, सुमोलाई सोधनी गर्नु, छ बजेपछि प्रशासनले चलाउन दिंदैन भन्ने जानकारी पाउनु , प्रमुख जिल्ला अधिकारी माधव ढकाललाई फोन गर्नु अनुमति लिनु, दुनै नआई शूलीगार्ड राष्ट्रिय निकुञ्जको कार्यालयमा ओर्लनु भन्ने र वार्डेन गोपाल खनाललाई बासको लागि भनिएको कुरा जानकारी पाउनु । शूलीगार्डमा आएर सुमो रोकिनु गेटमा भएका कर्मचारीलाई आवासको कुरा सोधेर झोलुङ्गे पुल तर्नु दुइजना कर्मचारी भेटहुनु, आवासमा उनीहरूले पु¥याई दिनु र वार्डेन गोपाल खनालले स्वागतार्थ उभिनु भएको र खाना खान होटेलमा जान जानकारी गराउनु र होटेलमा जाँदा बाटोमा सर्प भेटिनु ,होटेल मालिकले आइमालाई सर्पले हेपेको भन्दा नराम्रो लाग्नु तर विवाद नगर्नु । खाना खाएर बिस्तरामा लागेपछि यो शीर्षक समाप्त हुन्छ ।

फैलेको पानी र खुम्चेको स्याउ– कार्तिक ५ गते प्रभाकर गेष्टहाउसमा चिया पिएर यात्रा शुरुहुन्छ । यहाँको प्राकृतिक सौन्दर्यले भवानीलाइ निकै प्रभावित पार्दछ । कतै कालीदासका धारणा, कतै आफ्नै धारणा कविता मार्पmत प्रस्तुत भएका छन् ।कतै नियात्राकार गीता रेग्मी र कतै कृष्ण धरावासी यात्रालाई आफ्ना यात्रासँग तुलना गर्दै खलरूपी सुन्दर एक गाउँमा पुग्नु, ७ घर, ढुङ्गाकै छानो भएका, गाउँको बीचमा एउटा चौतारो,चौतारोमा फलामे बेञ्च बेञ्चमा एकजना वृद्ध शिरको टोपी र दुबै कान छोपिने गरी जमरा सिउरेर बसिरहेका सँग भेट हुन्छ । परिचयमा पदमबहादुर मगर भन्छन् । उनले जमरा लगाई दिन्छन् र सँगै जान्छन् र कागने गाउँ पुग्नु पदमबाकी बुहारीले चलाएको होटेलमा लगेर खानाखाने आग्रह गर्दछन् । ढिडो खाने भनेपछि ढिडो तयार हुन्छ पदम बहादुरका इष्ट त्रिपुरकोटका मानबहादुर रोकायले तीन छोराछोरी दुनैमा राखेर क्याम्पस पढाई राखेका र तिनको खर्चको लागि उपल्लो डोल्पामा खुर्सानी बेच्न गएको भनेर परिचय हुन्छ । अस्मिताले आफ्नो बुढो पनि काठमाडौमा भएको जानकारी गराउँछे । अस्मिताले भन्छे– एउटा छोरो जन्मेको थ्यो । त्यो पनि सानैमा मरिगयो । त्यसपछि बुढाले छोडिगयो । ’ यस विषयमा भवानीको समूहलाई चिन्तित बनाउँछ । कागनेमा पुगेर फोक्सुण्डो खोलो तर्नु, विजयशाल पुग्नु, गाँजा र अग्ला अग्ला ढुङ्गा देख्नु साथै फोक्सुण्डोको फैलावटलाई हेर्नु, भवानीले यस विषयमा कविता कोर्नु –
झुटा नौला नौला प्रगति गरियो रे भुवनमा
हवेली बाटो रे अति भडकिला कुञ्ज वनमा
घमण्डी हे मान्छे प्रकृति तँ बना हेर्दछु नयाँ
हिमाली फोक्सुण्डो लु न त रचिदे त्यो शहरमा ।
पृष्ठ ११६
वनको बाटो छेउछाउका अग्ला ढुङ्गामा बुद्धका सुन्दर चित्रहरू कुँदिएका छन् अनि लेखिएका छन् –‘ॐमणिपद्मे हुँ र ॐ मात्रिमुहे साले दू’। यो बाहेक भवानीले अरू पढ्न नजान्नु । वनक्षेत्र पारगरेपछि गाउँ भेटिनु आँखे खोला देखिनु, यहींबाट ठूलीभेरी नगरपालिकाको सीमा समाप्त भएको र फोक्सुण्डो गाउँपालिकाको सीमा आरम्भ भएको जानकारी पाउनु, होटेलमा पस्नु स्वदेशी पाहुनाले खाना खाँदै गरेका र तिनीहरूले खाना खाए पछि चिनजान हुनु । २०१९सालका सांसद लक्ष्मीशरण शर्मा न्यौपानेले धौलागिरी अञ्चलको घोल्पो जिल्लालाई कर्णाली अञ्चलको डोल्पा जिल्ला बनाई दुनैलाई सदर मुकाम बनाएकाकी नातिनी सुस्मितासँग परिचय हुनु । डोकोमा स्याउ राखेको देख्दै रोगी जस्ता लागे पनि १० रुका दरले १० दाना किन्नु र भवानीले बगैचा हेर्नु र काँटछाँट गर्न र मलजल गर्न सिकाउनु, आफूले पनि सिकाएको काम गर्नु र अरुलाई पनि सिकाउनु भन्नु र नाम सोध्नु किसानले म पोरखबहादुर शाहा भन्ने जानकारी दिएपछि भवानी साथी भेट्न जानु ।

चुच्चो जोडने चरीहरू– पोरखबहादुर शाह खोलाको डिलसम्म आउनु र फर्कनु, वनको सुन्दरता हेर्दै, होचो काठेपुल तर्दै, निकै ठाडो उकालो चढ्दै, कलात्मक देउराली पुग्दै, पूर्व र यो कलात्मक देउरालीको भिन्नता केलाउँदै ,मरेका आफन्तको नाममा बनाएको जानकारी लिंदै, साधारण र लामा झाँक्री, धामीको बिसौनीमा फरक पाउँदै, लामा धामीकोमा लुङ्ता र छोत्तर टाँगेको र मरेर जानेको नाम पनि लेखिएको हुने, उकालो सकिने बित्तिकै सानो फाँटमा सानो गाउँ र सूचनाले जनायो ‘छेप्का’ गाउँ, न्यु वेलकम होटेलमा बास बस्नु , होटेल मालिक्नी बालकुमारी उसको श्रीमान सलमानको परिचयलिनु छोरालाई दार्जिलिङमा पढाएको र छोरीलाई गाउँमै पढाएको जानकारी पाउनु ,होटेलमा बस्ने ठाउँ नभएको देख्नु,२०७८ कार्तिक ६ गते बिहान चारबजे उठेर हिडनु, बाटोमा एक जोडा चरीले चुचो जोडेर रासलीला गरेको देख्नु, यस विषयमा कालिदास र देवकोटाका पात्रकाहरूलाई स्मरण गर्दै सेडाकको टि हाउस नामको छाप्रोम ७ बजे पुग्नु, तालमा पुग्नको लागि १२ बजे अघि झर्ना पुग्नु पर्ने जानकारी पाउनु, पशु खेद्ने पछि बाट र मान्छे खेद्ने अघिबाट भन्ने योजना बनाएर हिडनु ।
भेलपुरी जोडी –सेडाक भन्ने टिहाउसको छाप्रोबाट भवानीको समूह हिडछ । बुटवलको टोली पनि भेटिनु, भेलपुरी नानी हिडन नसके अवस्था केटा साथीले चाँडै हिडने भनेको भावानीले सुन्नु, बोलाउने वालाको नाम पनि भेलपुरी, दुवैले एमबीए पढेका, पढाइ सकेर जागिर खाएर सँगै सँगै जीवन विताउने निर्णयमा पुगेकाहरूसँगै सँगै हिड्नु, रामवाण गुल्मको सूचनापाटीमा आफ्ना सामान चेक गरेरमात्र अघि बढ्ने सूचना पढ्नु , जाँचक फेला नपर्नु, अघि बढ्नु , दुई घण्टामा स्यानो बस्ती ¥याचीमा पुग्नु, त्यहाँबाट सुन्डो भन्ने ठाउँमा पुग्नु,एउटा झुप्रोमा खाना खानुहोस् बसेको पैसा तिर्नु पर्दैन भनेर लेखेको देख्नु, अगाडी बढ्नु, बागराल पुग्नु ,४÷५ काठेघरमा होटेलका होर्डिङबोर्ड झुण्ड्याएको देख्नु ,यार्सागुब्मा सङ्कलन सम्बन्धी सूचना पढ्नु, ३१३४ मिटरको उच्चाइमा रहेको झर्नाहोटेल नामले परिचित बस्ती(चुनुवार)मा पुग्नु,चुनुवारको स्वास्थ चौकी देख्नु,यहाँ ५०÷५५ वर्षे साहुनी र १६÷१७ वर्षे किशोरीले पकाएको खाना खानु, त्यहाँबाट ११ बजे उकालो लाग्नु, पालम नामको बस्तीमा पुग्नु,पालमको चौतारीमा बिश्राम लिनु, नाङ्गो पहाड देख्दा मुस्ताको स्मरण हुनु, डाँडाको थुम्कोमा दुई केटा फेला पर्नु र यिनीहरूले पहिला रेखी गाउँबाट अपर डोल्पा गइने जानकारी गराउनु र यहाँको गरिबीको यथार्थ जनाउनु ,पहाडको थाप्लोमा बिसौनीमा जाजरकोटे विमल रोकाय र सन्देश चन्द भेटिनु, उनीहरूले बेजोडको झर्ना भेटिने र पौने घण्टा जतिमा लातमै पुग्ने जानकारी गराउनु, भवानीले बाटोको सुविधामा डोल्पाको गरिबी हट्ने र ‘उही प्रतीक ढकालको शब्दमा भन्ने हो भने , शेर्पाहरू पनि आखिर हिँडेर मात्रै चुचुरोमा पुग्छन् नि, होइन र ?’ शब्दको स्मरण गर्नु ।

फोक्सुण्डोको ‘‘शे’’रमाइलो –पालमबाट हिडेको डेड घण्टामा उच्चाइमा पुग्नु,स्वागतद्वार राता, नीला र पहेंला लुङ्ता द्वारा सिंगार गरिएकोबाट स्वागत पाउनु, रोमन्चित हुनु र भर्तृहरिको नीतिशतकलाई सम्झनु ,उकालो चढ्नु, अग्लो भिरमा सुन्दर र विशाल १६७ मिटर अग्लो शूलीगाड झर्ना देख्नु ,निकै आकर्षक हुनु, मुगु, कालीकोट, जुम्लाका प्राकृतिक सम्पदाहरू र दैलेखका प्राकृतिक ज्वाला,सुर्खेतको बुलबुले ताल, राराको स्मरण गर्नु, अघि बढ्नु, पहेंलो रङ्को बोर्डमा ध्भिि अयmभ तय ग्उउभच मयउिब च्ष्नmय ९घटघछ m० र अव १० मिनटमा शे–फक्सुण्डो ताल पुगिने, काङ्लापास जानिहो भने १६ घण्टा र शे–गुम्मा जानेहो भने २० घण्टा लाग्ने सूचना पढ्नु र रिग्मो पुग्नु । यहाँको प्राकृतिक सौन्दर्यलाई दिलफुकाएर वर्णन गरिएको छ –‘यसको शाश्वत र अकल्पनीय सुन्दरतालाई न आँखाले ठम्याउन सक्छन् न संसारका कुनै पनि क्यामेराले उतार्न नै सक्छन् ।’ भवानीले यहाँ आउन सक्षमताको लागि माता अम्विका देवीप्रति शिर नुगाउँछिन् र पिता डिल्लीप्रसाद खतिवडाप्रति चिरऋणी छु भन्छिन् र पिताको आत्माको चिरशान्तिको कामना गर्छिन् । यो खुसीको क्षणमा छोरी आस्था, छोरो आदित्यराज, जीवनसाथी शुक्रप्रसाद भट्टराई र घरका सबै परिवारलाई सम्झनु हर्षका आँसु बगाउनु । डाक्टर हर्क गुरुङको कृति ‘मैले देखेको नेपालमा’ मा रिग्मोमा १३ घर भएको लेखिएकोमा हाल १०० घरको हाराहारी भएको धारण यहाँ आएको छ । छेवाङ लामाको लामा होटेलमा बास बस्नु, छेवाङका ३ बहिनी जेठी याङजोङ –(आनी) कान्छी जिम्पा(काठमाडौमा विएसडब्लु पढ्दै) माइली भीमा आमाकी सहयोगी ।

शे–फक्सुण्डो उत्पत्तिको बारेमा जान्ने जिज्ञाशामा एउटी राक्षस्नी एक बटुको पानी र एक बटुको तेल लिएर बासबस्न आउनु बास नपाउनु र रिसाएर त्यो पानी त्यही पोखि दिनु यसैबाट पानी बढ्दै यो तालको र्मिाण हुनु ताल नजिकैका लामाहरूले बास दिनु तर दुःख दिन्छे कि भनेर मारिदिएको घटना छ । भवानीले राराको तालको कुरा महादेव रारामा बास बस्न आउँदा बास नपाएर कमण्डलुको पानी खनाएकोले रारा बनेको कुरा, प्रथम जगद्गुरु (अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य)ले भवानीलाई भनेको कुरामा भोलेनाथ एकदिन भैरबसँग रिसाउनु । भैरव कसैलाई नभनी हिड्नु, कैलाशबाट टाढा हुँदै जाँदा रिस शान्त हुनु र रिग्मोमा शिवजीको आराधना गर्नु शिवजीले दर्शन दिनु र वरमाग्न भन्नु भैरवले शिवजीको जटाबाट गङ्गाका सहस्रधारा खसाली दिन र त्यही जलबाट नित्य अभिषेक गर्दै हजुरको आराधनामा बस्न पाउँ भन्ने वरदान माग्नु, शिवजीले जटाबाट धारा बगाइ दिनु र भैरवी कुण्डको निर्माण हुनु, भैरवी कुण्डबाट निस्केको पानीलाई भैरवी गंगा भनिनु । यसको वर्णन स्कन्द पुराणको हिमवत्खण्डअन्तरगत ४६ औं अध्यायको ६३ औं श्लोकमा उल्लेख गरिएको छ भनिएको छ । भवानीले जगत गुरुको कार्यमाथि प्रकाशपार्दै भन्नु हुन्छ –‘महाकाली क्षेत्र अन्तरगत झम्केनी धाममा तपाइँको सत्प्रयासले उभिदै गरेको नेपाल आमाको १७५ फिट अग्लो अष्टधातुको मूर्तिमा भोलीको उज्यालो नेपाल देखि रहेको छु ।’ जाजरकोटको कुशेगाउँपालिकाबाट ७ जना कर्मचारी आउनु छेवाङले भवानीलाई काठमाण्डौ कर्मचारी भन्ने जानकारी पाएपछि हुम्लाको सिडियो साहाव (गणेश आचार्य) यहाँ सपरिवार आउँदा लौरो हराउनु भएको र मैले उक्त लौरो खोजीदिएको हुँदा उक्त लौरो लगिदिने आग्रह गर्नु, ३२ वर्षे डा. सुदीप ‘क्रान्ति’ नामक उपन्यासका लेखकको मृत्युलाई सम्झेर आमा सरस्वती रोइरहनु, चितवनका आठ जना युवाहरूले नेपाल जस्तो सुन्दर ठाउँ कतै छैन भनेको भवानीले सुन्नु ,दोहोरी गीत गाउनु नाच्नु, छेवाङ्सँग रिग्मोमा अरू हेर्नलायक ठाउँको भवानीले सोधनी गर्नु र तालको पल्लो किनारमा बोन धर्मको पुरानो गुम्बा हर्न पर्ने जानकारी पाउनु । भवानीमा कौतुहलता बढ्छ र बोन धर्म र बौद्ध धर्ममा रहेको भिन्नता जान्न चाहनु र बोन धर्मले ‘समयक्रममा पृथ्वीमा १००८ बुद्धको जन्म हुन्छन् । ती सबै बुद्धहरूले आआफ्नो हिसाबले बौद्ध परम्पराका दर्शनहरू प्रतिपादन गर्छन् ।’ १००८ बुद्धमध्ये आजभन्दा १८००० वर्ष अधि आठौ बुद्धको रूपमा तेन्वो श्रेनाव मिवो जन्मनु भएको र उनले बोन धर्मको माध्यमबाट आफ्नो कृति फैलाउनु भएको धारणा आएको छ । बोनधर्मका देवता भनेकै प्रकृति हुन् भनिएको छ र बौद्ध धर्म र बोन धर्मको भिन्नतामा बौद्धधर्मवालाले ‘ॐ मणिपद्मे हुँ जपछन् र बोनधर्म मान्नेवालाले ‘ॐ मात्रिमुहे साले दू’ जप्छन्, भन्ने धारणा कृतिमा आए पनि यी दुई धर्ममा धेरै भिन्नता देखिन्छन् । बौद्ध लामा टेतोन छेवाङ छुल्ठिमले पन्ध्रौ शताव्दीमा पाल शेनतेन थासुङ छेलिङ् गुम्बा बनाएका र हाल बोन बुद्धिष्ट महासङ्घ र रिग्मोबासी मिलेर यो गुम्बामा गुरु तेन्पो श्रेनाम मिवोको ५ फिट अग्लो मूर्ति निर्माण र गुम्बको मर्मत सम्भार गर्न लागेको यो हेर्न पर्ने जानकारी भवानीले पाउँछिइन् । तालका अनेक चालहरू– २०७८ साल कार्तिक ७ गते ब्रह्ममुहुर्तमा उठनु राराको तालले रङ्ग परिवर्तन गरेको स्मरण गनुर्, शे–फोक्सुण्डोमा सूर्यको रश्मि पुग्नु अगावै पुग्नु हिजो हेरेको नीलो पना आज तेलपना धारण गरेको देख्नु, यस अवस्थामा भवानी बरिष्ठ साहित्यकार भुवन हरी सिग्देलले यात्रा किसिम किसिमका नियात्रा कृतिमा वर्णन गरिएको रसुवाको भैरव कुण्डको कालो र विशाल जलसंसारलाई स्मरण गर्दै शे–फक्सुण्डोको रङ्ग फेरेको हेर्न व्यग्र रहेकी धारणा आएको छ ।जलतरङ्ग उम्रदै फैलदै गरिरहेका र सूर्गको किरण जहाँ जहाँ परेका छन् त्यहाँ त्यहाँ नीलो रङ्ग र सूर्यको किरण नपरेको स्थानमा पानीको रङ्ग कालो नै रह्यो, तर केन्द्रभागमा सुनौला रङका लहर उम्रिदै र फैलिदै जानु , तालको किनार तर्फको पानी निख्खर सेतो रङमा परिणत हुनु, एउटै तालभित्र एकै समयमा एउटै तालमा पानीको रङ चार किसिमको देख्न पाइएको र हावासँग लहरिदै जाँदा सबै रङ नीलाहँुदै गएको देख्न पाउनु । कुसे गाउँपालिका साथीहरू आएर स्पिकरमा गीत गाएर नाच्न थाल्नु, भवानीका साथी पनि अनुरोधमा नाचमा सहभागी हुनु, पानीको निकासमा पुग्नु र यो ताल काञ्जिरोवा हिमाल र दर्जनौ हिमलेकहरूको पवित्र रसायनबाट निर्माण भएको ठहर गर्नु । पानीको निकास भएको ठाउँमा काठको साँघु भएको र साँघु तरेपछि ताल भव्य देखिनु, पाटन भन्दा पल्तिर पाल शेनतेन थासुङ छेलिङ गुम्बा रहेको , गुम्बा पुग्नु भन्दा पहिला गोरेटो माथि सैनिक कार्यालय, क्याराभान सिनेमाको छायाङ्कन भएको स्थान, पाँच घण्टा व्यतित गर्नु , खाना खानु विदा हुनु, स्याङ्जु बैजीसँग भेटहुनु यहाँ ओखती नपाएमा दुख हुने पैसाको खाँचो छैन सबै राम्रो छ भन्ने कुरा सुनाउनु, रिग्मो महिला समूहले तालको सफाइ गर्नु,तालमा फोहोर गर्न नपाइने गरे आर्मीले समातेर लैजाने, जानकारी पाउनु । अपर डोल्पा जान नसकेको कुराहरू रञ्जु र भवानी खतिवडाले चलाउनु र हिमालपारी पुगेपछिका लेखकदेखि धेरै कृतिकारका नाम स्मृतिमा आउनु, भेलुङचउरको मोहनीमय वन शुलीगाड झरना गाउँसित र तापिरिचा विद्यामन्दिरसँग विदा माग्दै तल झर्नु ।

र्याचीको रैबार – सम्झना होटेलमा दुनैबाट आएका एकहुल युवक भेट हुनु, कागने गाउँका एकजना बुढा बाले मेरा चारजना छोरी माथी गएका हिड्न सके या सकेनन् विमार परेकी भेटे सम्झेको भनिदिनु है भनेका थिए भन्ने समचार पाउनु, ¥याची पुग्नु र पाहुना घर होटेलमा बास बस्नु । होटेलवाला भीम गुरुङ र उनकी श्रीमतीलाई भवानीले स्याउखेती व्यवस्थापन सम्बन्धी जानकारी गराउनु । यिनका एक छोरा र एक छोरी दुनै बसेर पढेको जानकारी लिनु खाना खानु अनि सुत्नु ।

यार्सा चियर्स –२०७८ कार्तिक ८ गते बिहान उठ्नु, भीम दम्पतीले विदा गर्नु, छेक्का पुग्नु, न्यू वेलकम होटेलकी बालकुमारीसँग भेट हु्नु ,यहाँबाट विदा हुनु र छमकुनी होटेलमा पुग्नु, अस्मितासँग भेटहुनु र अस्मिताले पदम बालाई खवर गर्नु पदम बा आउनु,अस्मिताको श्रीमान उनलाई छाडेर ७ वर्षसम्म बाहिर बसेकोमा अस्मिताको बिचार जान्न रञ्जु र भवानी भान्सामा छिर्नु र अस्मिताको र श्रीमान बीचको सम्बन्ध बारेमा जानकारी लिनु, दुबैको सम्बन्ध घनिष्ट रहेकोले अस्मिताले मायामार्न नसक्ने र उसको श्रीमानले पनि माया मार्न नसक्ने धारणा पोख्नु, फापरको रोटी र तरकारी खानु र पदम बाले काठमाण्डौ आउने र सबै छोरीलाई भेट्ने धारणा राख्नु त्यहाँबाट विदा हुनु, खलरुपी गाउँ काट्नु, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय शूलीगाड पुग्नु, वार्डेन गोपाल खनाल सँग भेटहुनु, उनले जलपानको व्यवस्था गर्नु , सुझावको आग्रह गर्नु ,भवानीले पनि बाटोमा फालिएका पलाष्टिकको व्यवस्थापन र दोबाटोहरूमा पदयात्री अलमल नपर्ने खालका संकेत बोर्ड राख्ने सुझाव दिनु र दुनैतिर लाग्नु । धर्मशालाको प्राङ्गणमा पुग्नु, धर्मशालाको बोर्डमा ओखलढुङ्गा निवासी डा. उदयबहादुर कार्कीकी छोरी एलिना कार्कीको मिति २०५१ साल असार १४ गतेका दिन २ वर्ष ५ महिनाको उमेरमा दुनैमा मृत्यु भएको विवरण लेखिएको पढ्नु, अघि बढ्नु स्वास्थ आयुर्वेद केन्द्र भेट्नु,भेरीपारि ठूलो बस्ती देखिनु, मोवाइलले टावर देखाउनु शरद लामालाई फोन गर्नु,कार्यालय सहायक लिन आउनु र कृषि विकास कार्यालय पुग्नु, जहाजको टिकटको लागि प्रमुख जिल्ला अधिकारीसँग अनुरोध गर्ने कुरा लामाले भन्नु, प्रजिअ वेदनिधि अधिकारीसँग भवानीको चिनजान भएकोले भेट गर्न जानु, हवाई टिकटको लागि अनुरोध गर्नु, प्रजिअले स्टेसन मेनेजरसँग कुरा गर्नु र दुई फ्लाइट भयो भने दुई जनालाई भोली नै पठाउने भन्ने कुरा हुनु । जुफाल एयरपोर्टमा ६ बजे नै पठाउने कुरा हुनु र दुई जनालाई प्रजिअकै गाडीले पु¥याइ दिने कुरा भयो । भोलीको खाना प्रजिअकोमै हुने भयो ।जिल्ला कृषि विकास कार्यालयमा खाना खाने र बास बस्ने काम भयो ।

ती नौ थान पुतली –प्रभाजी र सरस्वती एयरपोर्ट जानु । रञ्जु र भवानी प्रजिअको निवासमा खाना खान जानु । जहाजको टिकट प्राप्त हुन नसकेपछि मोटरबाटै जाने निधो गर्नु र रुद्रे बुढा र चेतकुमार धरालाको हातमा खाजा खर्च दिएर बाटामा निस्किनु । शरदले गाडी चढाउनु र त्रिपुराकोट नगरपालिकामा हिराचन्द धराला भएकोले त्यहाँ पसेर जानेकुरा शरदले भन्नु, त्रिपुराकोटमा हिराचन्द धराला अरुकर्मचारीहरूले स्वागत गर्नु , बाला त्रिपुरा सुन्दरीको दर्शन गर्न जाँदा हिराचन्दले आफ्नो घर पनि देखाउनु,सुन्दरी नामको खोला तरेपछि हिमज्योति आधारभूत विद्यालयका विद्यार्थी भेटिनु चकलेट बाँडनु , हिराचन धराला कि श्रीमती मुना बोहोरासँग परिचय हुनु, थुम्का माथिको बाला त्रिपुरा सुन्दरी भव्य मन्दिरमा अग्ला अग्ला लिङ्गाहरू ध्वजाहरूले सजिसजाउ, ढुङ्गाकै गाह्रो रङ्गिन जस्ताका छाना भएको काईगाउँ, न्यौपानेहरूको बसाई, बाला त्रिपुरासुन्दरीको उत्पत्तीसँग न्यौपाने जोडिएर आउने कथा रोचक भएको कुरा हीराले कथा सुनाउन थाल्छन्– बि.सं. १११४मा त्रिपुराकोट गढीमा विक्रम शाही नामका राजाको दरबार थियो । राजाले यहीं बस्ने १४ घर विष्टहरूलाई काजी र भारादारको रूपमा भर्ना गरेका थिए । मन्दिर भएको ठाउँमा राजाको दरबार र दरबारको आडमा धानकुट्ने ओखल थियो ।विष्ट गाउँका महिलाहरूले धान कुट्दै जाँदा त्यस ओखलमा अनौठा क्रियाकलाप देखिन थालेछन् । कहिले ४माना धान कुट्दा ४ पाथी चामल आउने र कहिले ४पाथी धान कुट्ला ४माना चामल आउने हुन थाले छ । योकुरा राजाका कानमा परेछ र राजाले ओखल भएको ठाउँ खन्न लगाए छन् । विष्टहरूले दिनभरी खन्ने तर भोलल्टि आउँदा खाल्टो जस्ताको तस्तै हुने । राजाले रात दिन खन्न लगाएँ । ७ दिन ७ रात खन्दा अष्टलक्ष्मीको चित्र कुँदिएको तामाको थालीले छोपिएको तामाकै ओदान माथि बसाइएको घिउको कराही फेला परेछ । कोदालोले खन्दै गर्दा कोदालोले छोएर तामाको थाली भुँइमा खसेछ । खन्ने काजी वेहोस भएर भुँइमा लडेछन् र त्यो थाली भुँइमा खस्ना साथ घिउको कराहीबाट ९थान पुतली उत्पन्न भएछन् र भुरुरु उडेछन् । उडेका पुतली देवीको रूपमा परिणत भएर राना र विष्टलाई दर्शन दिएछन् । तीनै ९ओटी देवीमध्ये बाँकेकी बागेश्री, जुँलाकी कनका सुन्दरी,सल्यानकी खैरवाङ भगवती बैतडीकी रणसैनी त्रिपुरेश्वरी,बाजुराकी बडीमालिका शक्तिपीठको रूपमा स्थापित भएका र चारबहिनी देवी, बाला, त्रिपुरा र सुन्दरी चाँही यही स्थानमा बसेका र यिनलाई महालक्ष्मी, महाकाली र महासरस्वतीको रूपमा पूजा गरिदै आएको छ । स्वस्थानी महात्म्यमा सती देवीको ढाड पतन भई बाला त्रिपुरा सुन्दरीको पीठ स्थापना भएको कुरा उल्लेख छ । यस मन्दिरसँग अर्को अनौठो आस्थामा यस धामलाई वर्षाका देवता मेघको तपस्थली भनेर पनि विश्वास गरिन्छ र खडेरी परेको बेला मेघको पूजा गर्दा पानी पर्छ भन्ने जनविश्वास छ । अर्को जनश्रुतीमा विष्टले पूजा गर्दै आएकोमा विष्टलाई सपनामा देवीले मलाई क्षेत्रीले पूजा गर्ने हैन ब्राह्मणले पूजा गर्नु पर्छ भने पछि राजाले जुम्लाबाट न्यौपाने ब्राह्मणलाई ल्याइ पुजारी नियुक्त गरेछन् । यी कथा समाप्त हुँदा मन्दिरमा पुग्नु देवीको उत्पति स्थल, यज्ञकुण्ड, सन्ध्याआरातीमा बजाइने नगरा सहितका वाद्ययन्त्र र मूलमन्दिरको दर्शन गर्नु , मूलमन्दिरको पूर्वपट्टीको सत्तलबाट देखिने सम्पूर्ण दृश्यको अवलोकन गर्नु , हीराले काईगाउँका टीकादत्त न्यौपानेकोमा लिएर जानु ,आलु उसिनेका खानु, गाई आए पछि दूध लिएर घरमा लानु, आठजना पविारसँग चिनजान गराउनु दुखसुखका कुराकानी गर्नु गराउनु, कालीमार्सीको भात र दूध खानु, धामी आएर हीराको छोरालाई मन्साउनु, होटेलमा गएर सुत्नु ।

चीसो रात ः मीठो सम्झना – २०७८ कार्तिक १० गते अँधेरैमा छोडियो बडीबगरलाई, अँधेरैमा तरियो सुन्दरी खोला, अँधेरैमा नाघियो छलगाढ, सुमोपार्क पुग्नु, सुमोमा १२ बजे तल्लुबगर पुग्नु, बस फेला पार्नु, १७०० तिरेर बसको टिकट लिनु, बस तल्लुबगरबाट जाजरकोट हुँदै नेपालगञ्ज जाने जाकारी पाउनु ४ बजे बसले बाटो लिनु, स्थानीयव्यक्तिले बाटोमा अवरोध गर्नु,तात्रगाडमा ठूलीभेरीले देब्रैतिर छुट्टिनु ,छेडा पुग्नु,खाना खुवाउनु, विहान चार बजे नेपालगञ्ज बसपार्कमा ओर्लनु र राप्ति होटेलमा एउटा कोठा लिएर निदाउनु ।उठेपछि नेपाल गञ्जका कर्मचारी सङ्गठनका अग्रज दाजुहरू चिरञ्जीवि पाण्डे र कृष्ण थापालाई नेपालगञ्ज आएको जानकारी दिनु, २०७८ कार्तिक ११ गते चिरञ्जीवि पाण्डे र कृष्ण थापा भेट गर्न आउनु, बागेश्वरी मन्दिर पुग्नु, साहित्यकार मणिरत्नसँग भेट हुनु, बातचित गर्नु, नेपालगञ्जको रावडी पनि चाख्नु, नेपालगञ्ज बजार रिक्सा चढेर घुम्नु कृष्णले राँझा विमान स्थलमा गाडीबाट पु¥याइ विदा हुनु । सिमीकोटकी बृद्ध महिलाले ९ दिनदेखी जहाज कुरेर बसेका जानकारी लिनु, बुद्धएयरको जहाज आएर काठमाडौ पुग्नु, निजामति क्षेत्रको आधिकारिक टे«ड युनियनका अध्यक्षले पठाएको गाडीमा चढेर घरमा ओर्लेको धारणा सहित ११ दिनको यात्रा समाप्त हुन्छ । भवानीले यस यात्रालाई यसरी समाप्त गरेकी छन् –‘हीराचन्द्र धरालाले भान्जाभान्जीका लागि पठाइदिएको ओखर र नेपाल गञ्जमा आफैले किनेको रावडी चखाएर आस्था,आदित्य र शुक्रजीलाई पक्क पार्ने हो । ११ दिने यात्रावृतान्त सुनाएर मख्ख पार्ने हो । अनि सबै भन्दा ठूलो कामचाहीँ आकाश ओढेको डोल्पाको रैबार सुनाएर छक्क पार्ने हो । त्यसपछि चाइनन्जो यात्राको सम्पूर्ण थकाइ एकै रातमा मेटिने गरी क्यानाम झपक्कै निदाउने हो , आफ्नै ओछ्यानमा पल्टेर भनेर भन्देखुन्लाई ! हुर्रे , घरै पो आइपुगियो त ! हे हे । ’

यस कृतिको २१० पृष्ठमा गीता रेग्मी र अनिता कोइरालाका प्रतिकृया पनि समाबेस गरिएको छ । शे फोक्सुण्डोको दर्शनको बारेमा गीता रेग्मीका केही शब्दहरू– ‘दृष्टिविहीन राजा धृतराष्ट्रलाई सञ्जयले महाभारतको युद्धको प्रत्यक्ष प्रसारण सुनाए जस्तै लागि रहेको छ यो पुस्तक पढ्दै गर्दा मलाई अल्मलिएकी छु, फोक्शुण्डोको दर्शन म आफैले गरेकी हुँ या नियात्राकार भवानीले ?’

यसरी नै अनिता कोइरालाका केही शब्द –‘नियात्राकारको मन मस्तिष्क र पाइलामा डोल्पाको भूगोल , समाज, संस्कृति र प्रकृतिको अनुपम उपहार हेर्नका लागि अपार उत्साह, उमङ्ग र उर्जा समेटिएकोले यो यात्रा वर्णन एकदमै रोचक बनेको छ ।’

पात्र चयन – यस नियात्रामा मूल पात्र भवानी हुन् र उनको साथमा प्रभा, रञ्जु र सरस्वती काठमाडौदेखि डोल्पा पुगेर पुन काठमाडौ आउँदासम्म साथमा हुन्छन् । भवानीले सरा यात्रालाई कृतिको रूपमा प्रस्तुती गर्न सफल देखिन्छिन् । भवानी बहुआयमिक व्यक्तित्व हुन् । कृषि क्षेत्र बाहेक यिनको प्रवलता सामाजिक क्षेत्र –(कर्मचारी संगठन) , शैक्षिक क्षेत्र, पेशागत क्षेत्र, साहित्यिक क्षेत्र आदि सबैमा सवल देखिन्छ । यस नियात्रामा कार्यालय सहायकदेखि प्रमुख जिल्ला अधिकारीसम्म विविध क्षेत्रका कर्मचारी, होटेल व्यवसाई , तिनका परिवार, स्वदेशी तथा विदेशी पर्यटक, कृषक, बटुवा आदिलाई समेट्ने प्रयास गरिएको छ । महत्वपूर्ण पक्ष के हो भने नियात्रा लेखनमा भूमिकाहीन पात्रले पाना भर्न हुँदैन । यस कुरामा भवानी सचेत छन् । उनका समावेश गरिएका पात्रहरू सबै सकृय छन् ।

लेखन प्रस्तुति – पछिल्लो आवरण पृष्ठमा प्रतीक ढकालले लेख्नुहुन्छ –‘भवानी शब्दकी जादुगर हुन् । उनको लेखनीमा जताततै जादूगरीको सुन्दरता पोखिएको पाइन्छ ।’ भुवनहरी भन्छान् – ‘भाषामा जादू भर्ने कला त भवानीसँग सिके हुन्छ ।’मेरो अध्ययनमा उनको भाषा सरल सुबोध छ । उनी बीम्बमा रमाउँछिन्, शब्दलाई, सजाउँछिन् , प्रतीकलाई बोलाउँछिन् । यस कृतिमा आगन्तुक शब्दको प्रयोग पनि पाइन्छन कतै संस्कृतका श्लोक,कतै कविता, कतै मुक्तक पनि प्रयोग भएका छन् । ठाउँ ठाउँमा सूक्तिको प्रयोग भएको पाइन्छ जस्तै चितायो कि बितायो, देश चिन्नु आफैलाई चिन्नु हो, पौरखी भोकले मर्दैन अभावको रापले पिल्सिँदैन, हुतीहारा मात्र आफ्ना ग्लानिसँग रोयर मर्छन्, ढुङ्गो खोज्दा देउता मिले आदि । कतै दार्शनिक अभिव्यक्ति पाइन्छन् । स्थानीय भाषाको प्रयोग गरेर मीठास भरेको छ ।

भवानीको नजरमा फोक्सुण्डो –‘लागिरहेछ म एउटा स्वर्गभूमिमा उभिएकी छु र भोगीरहेछु , सुखको चरम आनन्द ।’ अपरडोल्पाको बारेमा उनी भन्छिन् –‘पर्यटकीय हिसावले लुकेको स्वर्ग रहेछ अपर डोल्पा । कृषि उत्पादन त के होला खै ?’ भवानीले यहाँको प्रकृतिको सौन्दर्यलाई अति उच्चाइको साथमा उठाएकी छन् । कतै कतै सामाजिक परिवेशलाई पनि कोट्याएकी छन् । यातायातको विकास हुनुपर्छ भनेकी छन् तर उनका यी स्वर्ग शब्द सुनेर एउटा भारी बोक्ने किशोरले अपर डोल्पाको यथार्थ चित्रण यसरी पोखेका छन् – ‘ हामी गरिपका लागि सोर्ग छोइना अपर डोल्पा । हामी भरियालाई दुख्ख मात्र हो यो ठाउँ ।अन्न फल्या नाइँ ।भारी बोकेर जीवन धान्या हुन् सबैले – ( पृष्ठ १४४)

परिवेश– यो नियात्राले स्थान परिवेशलाई हेर्दा काठमाडौ, चितवन, बुटबल,लुम्बिनी,कपिलबस्तु, भालुवाङ्, दाङका बिभिन्न स्थान (लमही,तुलसीपुर, घोराही), सल्यानका (बीउ बिजन, कृषि विकास कार्यालय, पशुविकास कार्यालय आदि), डोल्पा, शे–फोक्सुण्डो, अर्थात माथि लेखिएको नियात्रा सारमा उल्लेखित स्थानहरूको परिवेश, त्यहाँको प्रकृति सौन्दर्यता, आन्तरिक तथा विदेशी पर्यटक, आर्थिक परिवेश र सामाजिक परिवेशलाई सफलताको साथमा उठान गरिएको छ ।

यस कृतिले धेरै सन्देश दिन सफल देखिन्छ । स्थान विशेष, त्यहाँको प्राकृतिक सम्पदा,डोल्पासँग मिल्दाजुल्दा स्थान जस्तै मनाङ,मुस्ताङ जुम्ला आदि । उक्त ठाउँका बारेमा लेखिएका नियात्रा कृति अनि कृतिकार, कृषि, कृषकले लगाएका बाली व्यवस्थापन कसरी गर्ने, पात्रहरूको कामसहितको परिचय, यात्रागर्दा आइपर्ने कठिनाइ समयको अधिक सदुपयोग, यात्रा गर्ने ठाउँका साथीभाइहरूको सम्पर्क तथा भेटघाट आदिलाई समेटेर एउटा सुन्दर कृतिको सिर्जना भएको छ । भवानीले यात्रा स्थलमा पुगेर जुन स्वाद चाख्नु भयो मैले घर बसी बसी त्यो स्वाद चाख्न पाएकोमा उहाँलाई धन्यवाद सहित भावी जीवनको उज्यलताको कामना गर्दै विदा चाहान्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।