19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रोक्नुपर्छ, रोक्नुहुँदैन

कविता ताराप्रसाद पोखरेल October 7, 2025, 8:53 am
ताराप्रसाद पोखरेल
ताराप्रसाद पोखरेल

बसेर सिँहासनमा
शान्तिको ढोल पिटेर
क्रान्तिको मार्ग रोक्नका लागि योजना बनाउन
उनीहरू व्यस्त थिए
र भन्दै थिए
रोक्नुपर्छ, रोक्नुहुँदैन ।
सिँहासन र महासिँहासनबाट
रोक्नुपर्छ र रोक्नुहुँदैनको वहस
चलिरहेकै थियो
समय आयो र क्रान्ति भयो
क्रान्ति मात्र होइन ध्वंश पनि भयो
सिँहासन डगमगाउँदै थियो
तर ऊ थाम्न खोज्दै थियो
र अझ पनि भन्दै थियो
रोक्नुपर्छ, रोक्नुहुँदैन ।
समयको भेल टाउकोमा बजारियो
ऊ ढल्यो
ऊ मात्र ढलेन सारा ढलायो पनि
आपूmसँगै रोक्नुपर्छ भन्ने ढलायो
रोक्नुहुँदैन भन्ने ढलायो
र पनि ढल्ने र ढालहुने
भन्दै थिए
रोक्नुपर्छ, रोक्नुहुँदैन ।

पोखरा, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।