कोलकाता तिमी चलाक छौ, बाचाल छौ
तिमी लुपहोल खोज्न माहिर छौ।
तिमी श्रेष्ठताको ग्रन्थिले भरपूर छौ।
तिमी विद्यामा सचेत हौ
तिमी तर धेरै कम्युनल छौ
तिमीले आफुबाहेक अरूलाई मान्छे गन्दैनौ
तिमीमा चाकरीवृत्ति बढी छ
तिमीभन्दा अरू पनि ठुलो संसार छ
तिमी त अहिलेसम्म १९११ मा नै छौ
तिम्रो मोलभाव दिनदिनै घटिरहेको छ
तिमी पहिलेनै आधुनिक भइकेका थियौ।
तर अघि बढ्न सकेका छैनौ।
तिमी त स्वार्थकेन्द्रित बाबु हौ।
तिमी त कानुन जान्ने कारिन्दा हौ।
तिमी डाड़ु पुन्युँ हौ।
तिमीले पस्केर दिएकामा अरूले सदा हात थापिरहन पर्छ।
तिम्रो आदेश सुन्न अरू आतुर हुनुपर्छ।
तिमी रातदिन गर्मी झेलिरहेका छौ
तिमी दिनहुँ कोलाहलसित भिडिरहेका छौ।
सुस्तरी आवाज सुन्दैनौ तिमी
तिमीलाई बोलाउन चिच्याहट चाहिन्छ
तिमीलाई भेट्न सकिन्न
स्वार्थमा, चाकरीमा र आडम्बरमा।
तिमी सर्वश्रेष्ठ हौ अरू होइनन्
तिमी नै विद्वान हौ अरू लठुवा हुन्
तिमी सर्वेसर्वा हौ, अरू काजेर मानुष हुन्।