18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘जुरुक्क कर्णाली’ गीतको अध्ययन

कृति/समीक्षा नवीन पौड्याल October 30, 2025, 5:10 pm
नवीन पौड्याल
नवीन पौड्याल

विषयप्रवेश-
नेपालको कर्णाली नदीको ऑछेउछाउका प्रान्तलाई कर्णाली ऑक्षेत्र भिन्नछऑ। त्यसमा पनि गत २०१५ मा स्थापना भएको कर्णाली प्रदेश हो। यसको क्षेत्रफल २७, ९८४ वर्ग किमी रहेको छ। यसको उत्तरी र मध्यभाग प्रायः हिमाली भाग पर्दछ। कर्णाली प्रदेशका धेरैजसो बासन्दा खस समुदाय हुन्। यहाँ खसहरू ७२% आबादी रहेको छ। यसभित्र पनि खस नै भनिने छेत्री सबैभन्दा बड़ी एकल जाति हो। खस समूहमा पर्ने दलितहरूको आबादी २३ % रहेको छ। यस प्रदेशभित्र अन्य जनजाति १३% आबादी रहेको छ। त्यसमा पनि लगभग अधिकांश मगरहरू रहेका छन् तथा जसका १० % आवादी रहेको छ। माथिल्लो हिमाली भागमा केही तिब्बती समूहका मानिसहरू बस्ने गर्छन्। (www.wikipaedia.com)
गत केही महिनादेखि फेसबुक र युट्युबमा एउटा जोसिलो गीत निकै फैलिएको छ। यस गीतलाई धेरैले मन पराएको छन्। यो गीत काठमाडौमा आयोजित अरू गीतभन्दा भिन्नै लय, धुनमा रहेको गीतले निकै भाइरल हुन सक्यो। कर्णाली महोत्सवका अवसरमा प्रस्तुत गरिएको छ। यसका रचनाकार माधव चौलागाईं, सङ्गीतकार धीरेन्द्र प्रेमर्षी र गायन आस्था राउत र स्मारिका फुयाँल हुन्। यस गीतमा नाच्ने मूल नृत्याङ्गना मिथिला शर्मा हुन् । उनलाई अन्य नर्तकीहरूले सहयोग दिएका छन्। यो गीत जदौ कर्णाली ब्याण्डको रहेछ। यो गीत सुन्दै र नृत्य हेर्दै गएमा श्रोतामा जोस उत्साह र वीरताको भाव जाग्दछ। मन रमाउँछ। गीतमा क्रान्ति र विद्रोहको चेतना छ। गीतको मूल यस्तो छ-
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु
छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
अनन्त अन्धकारमा अवोध त्यो प्रवाहमा
अमोक्षमा जुनी-जुनी बिते नि दुष्ट राजमा
तथापि ज्यूँछु जिन्दगी म हौसला हुँ जोस हुँ
शिखर म चुम्छु दुर्गको म पाइला हुँ खोज हुँ
नमेटिने ननासिने अभेद्य हुँ अजेय हुँ
अपाडराज भूमि हुँ सपादलक्ष कर्णाली
अदम्य आँट-ओज ली जुरुक्क उठ्छ कर्णाली
सहस्र अश्वमा चढी म बन्छु विश्वगामिनी
पुगेँ गया पुगेँ कुमाउँदेखि त्रिशूली
डटेँ खटेँ लडेँ जितेँ सुकीर्ति फर्फराउँथ्यो
अपार आँटिलो थिएँ र बैरी थर्थराउँथ्यो
बतास बाज वेगमा खसानको कुना कुना
हिमालमा पहाडमा र भोटमा जहाँ तहाँ
म दुन्दुभी हुँ गुञ्जिने र मेघ हुँ म बर्सिने
म वीर पैकलो थलो सपादलक्ष कर्णाली
अदम्य आँट ओज ली जुरुक्क उठ्छ कर्णाली
छ काख काँधको भरी अमूर्त मूर्त सम्पदा
म वासना हुँ कस्तुरी सुवास बन्छु सर्वदा
म रीति हुँ रिवाज हुँ म वाणी हुँ म अर्थ हुँ
समस्त दुःख बिर्सन म योग्य हुँ समर्थ छुँ
म बोल्दछु पडेलीमा, माडु मस्टो मैडोमा
म गीत भाव भावना सङ्गीत साध्य साधना
म सूर न्याउल्या बनी म खेल्दो देउडा दरी
भुओ भैलो धारु घाँटु बिसुँवा चैतेली भरी
म फुक्छु उच्च नाद यो तरङ्ग शङ्खनादको
म सभ्यता हुँ विश्वको सपादलक्ष कर्णाली
अदम्य आँट ओज ली जुरुक्क उठ्छ कर्णाली
यतिखेर यो गीतले निकै लोकप्रियता पाएको छ। दुई गायिका आस्था रावत र स्मारिका फुयेंलका प्रभावशाली अभिनयसहितको गायन तथा कुशल नर्तक मिथिला शर्माको भावानुरूप नृत्यले गीतलाई झै प्रभावशाली भएको छ। गीतको अवधी लगभग तीन मिनट सैंतालिस सेकेन्ड जतिको रहेको छ। गायिकाद्वयको गायनमा जोस, स्वरमा मधुरता, पौरूषपरक अभिव्यक्तिले स्रोता मन्त्रमुग्ध बन्दछन्।
क. गीतको मूल भाव-
यस गीतलाई वीररसमूलक मान्न सकिन्छ। कर्णाली क्षेत्रको गायनको मूल भाव पाइन्छ। यसमा रहेको गीत सुन्दै गए शिव ताण्डव धुनलाई मान्न सकिन्छ। वीररसयुक्त यस गीतमा खस जातिको जोसिलो मनोभाव, स्वकथन, सांस्कृतिक चेतना, वीरताबोध, राजनैतिक चेतना, आदिलाई समेट्न सकेको छ। गीत गायनले पनि स्रोताको सुषुप्त अवस्थामा रहेको उत्साहको स्थायी भावलाई व्युँझाएर वीररस जगाइदिन्छ। गीतमा मूलतः तीन अर्थका स्तर रहेका छन्- उत्साहमूलक जातीय स्वाभिमान, इतिहास चेतना, सांस्कृतिक चेतना । कर्णाली स्थानको आत्मजीवनीपरक रहे पनि यसले खस जातिको स्वाभिमानलाई सङ्केत गर्दछ। यसभित्र इतिहास चेतना प्रखर रूपमा पाइन्छ। यसका साथै यसमा सांस्कृतिक चेतना पाइन्छ। गीतमा खस रीतिरिवाज, संस्कृति लोकगीत, लोकनृत्यादिमा पनि कर्णालीको अस्तित्वलाई अऑक्षुण्म राख्न सक्षम भएको भन्ने भाव व्यक्त गरिएको छ। श्रम, मेहनत, सांस्कृतिक पुनर्जागरणको सङ्घर्ष गरेर जीवन र कर्णालीलाई जोगाउँनु छ भन्ने सन्देश दिइएको पाइन्छ।
ख. इतिहासपरक अध्ययन –
प्रस्तुत गीतमा इतिहासका केही पक्षहरू पनि समावेश छन्। यसमा रहेका केही शब्दहरूले खसहरूको इतिहासलाई जनाउँदछ। सपादलक्ष अपाडराज भूमि, खसान, आदि शब्दहरूले केही सङ्केत गरेको पाइन्छ। सपादलक्ष्य भनेको सवालाख पर्वत हो जहाँ अघि खसहरूको मूल थलो रही त्यहाँ राज्यशासन गरेका थिए। चल्ल र मल्ल जस्ता खस राजाहरूले त्यो सपादलक्ष खस सामाज्यको शासन गर्थे। खसहरूको राजधानी सिँजा थियो । अहिलेको कुमाउँ गड़वाल र पश्चिम नेपाल सबै मिलाएर सपादलक्ष्य भनिन्थ्यो। खसहरू वीर पराक्रमी थिए। आफ्नै खस भाषा, खस सांस्कृतिक परम्परा रहेको थियो। त्यसै राज्यका राजालाई अपाड़राज भनिन्थ्यो। ऑअपाड़को अर्थ अपार शक्तिशाली भन्ने अर्थ लाग्छ। यी शक्तिशाली वीर राजा र तिनका वीर सिपाहींले खुबै वीरतापूर्वक लडेर विभिन्न राज्य जितेका थिए। यसमा अन्य केही सङ्केतहरू छन्। आजभन्दा हजारदेखि बाइसी चौबीसी राज्यको उदयदेखि पृथिवीनारायण शाहको बेलासम्म खस राज्य थियो। खसहरूको पराक्रमको इतिहास छ। खस सामाज्यको उत्थान रह पतन भइरहेको इतिहास पाइन्छ।
ग. सांस्कृतिक अध्ययन-
सामान्य रूपमा प्रकृतिसित मानवीय स्वभाव, जीवनशैली, धर्म विश्वास, परम्परा, आचरण आदिमा आवद्ध कुरा नै संस्कृति हो। नेपाली वृहत शब्दकोशअनुसार संस्कृति भन्नाले धेरै समयदेखि देशकालसापेक्ष भई, आन्तीरक वैचारिक, तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको र आचारविचार रहनसहन, आदिका माध्यमले कुनै राष्ट्र समाज आति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तनमनन, भौतिक अभिव्यक्तिसमेतको समूह वा साधन। मानवका व्यवहारमा प्रयोग हुने आउने विधि, व्यवहार, वस्तु र परिधान, खाद्यवस्तु, आवास, र श्रम, व्यापार उपभोग्य वस्तुको उत्पादन र तिनको वितरण तथा उपयोग र आचार व्यवहार, जीवन भोगका तौर तरिका, जीवन यात्रा र आचार शैली लगायतका पक्षहरू संस्कृतिका उदाहरण हुन्। (राजेन्द्र सुवेदी, सांस्कृतिक अध्ययन र नेपाली साहित्य, पृष्ठ २०३) ।
संस्कृतिको अर्थ अझ व्यापक हुँदै गएको छ। यसभित्र साहित्य, कला, सङ्गीत, चित्रकला, मूर्तिकला, चिन्तन, सौन्दर्य शास्त्र आदि सबै सबै समावेश भएका हुन्छन्। यसको अध्ययनको फाँट अझ बढ्दो छ। नेपाली साहित्यिक कृतिहरूको सांस्कृतिक अध्ययन गर्न सकिन्छ।
यस गीतमा केही खस सांस्कृतिक अवशेषहरूको सङ्केत पाइन्छ। अहिलेसम्म पनि पश्चिम नेपालतिरका केही नेपाली लोकगीतहरू जस्तै चाँचरी, पैकेलो, पडेली, भुओ, भैलो, पाँडु आदिको उल्लेख भएको छ। यसमा लोकगीतपरक र लोकसंस्कृतिपरक अध्ययन गर्न सकिन्छ। खसहरू नेपाल र भारतको वर्तमानको मानचित्रभित्रका कुमाउँ, गड़वाल, पश्चिम नेपालतिरका जिल्लाहरूमा बोसबास गर्दथे। खसहरू वीर थिए। पहाड़ी भूभागमा बस्तथे। आफ्नै सांस्कृतिक परम्परा रहेको थियो। मस्टो पूजा गर्दथे। मस्टो, संसारी माई, सिमेभूमे आदिजस्ता देवीदेवताहरू हाम्रै वरिपरि हुन्छन्, तिनलाई रिझाउनु पर्दछ। ती स्थानीय देवीदेवतालाई रिझाएर राख्नसके घर, परिवार, कुल र सन्ततिहरूलाई फलिफाप हुन्छ। त्यसैगरी ती देवी देवतालाई कथंकाल रीतिभाँती नमानेर बिच्काए घर परिवारमा ऑश्राप लागछ र दशा लागछ भन्ने मान्यता छ। खसहरूको मूल धर्मका केही अवशेषका रूपमा अहिले पनि पालन गरिन्छ। गोठधुप, किरातहरूको जस्तै खसहरूमा पनि उधौली उभौली पूजा हुन्छ।
घ. यस गीतमा प्रयुक्त केही विशेष शब्द र तिनका अर्थ-
यस गीतमा रहेका केही शब्द मानक नेपाली र केही स्थानीय बोलीमा प्रचलित वा स्थानीय भेद अनुरूप रहेका छन्। कर्णाली प्रदेशमा प्रचलित भाषिकामा रहेका हुनाले केही शब्द हाम्रा निम्ति अर्थबोधमा कठिनाइ पर्ने खालका छन्। यसमा रहेका केही शब्द र शब्दावलीहरूका अर्थहरू यसरी खोतल्न सकिन्छ। मान्ठ - मान्छे, जुर्मुराउँछु- जोसिलो भएर उठ्नु, अश्व-घोडा, आँत- अन्तःकरण, शरीरको भित्री भाग, तप्त-तातो, अग्नि भर्भराउऩु- मानसिक जोस, अबोध प्रवाह- निर्बाध रूपमा बहनु, अमोक्ष- मोक्ष प्राप्त हुन नसक्ने, दुष्ट राज-, दुर्ग-किल्ला, अभेद्य- भेदन गर्न नसकिने, अजेय-जित्ने नसकिने, अपाड़राज- अपारराज खस राजा, अजस्र- धेरै, विश्वगामिनी- विश्वविजेता, सपादलक्ष-सवालाख पहाड़ क्षेत्र र गाउँ, सुकीर्ति- प्रसिद्धी, बैरी- दुश्मन, खसान- खस राज्य, भोट- वर्तमान तिब्बत, दुन्दुभी- युद्ध भएका बज्ने जोसपूर्ण नगराजस्तो बाजा, पैकेलो- लोकगीतको एक प्रकार, अमूर्त मूर्त सम्पद- देखिने र नदेखिने सम्पत्ति, कस्तुरी सुवास- कस्तुरी मृगको बासना, पड़ेली- लोकगीतको एउटा प्रकार, मस्टो- खसहरूको कुल देवता, माडु- मस्टोको एक किसिम, मैडो- मस्टो एक किसिम, साध्य-साधना- उद्देश्य र त्यससम्म जाने उपाय अवलम्बन, देउडा- लोकगीतको एउटा प्रकार, दरी, भुओ, भैलो, धारु, घाँटु, बिसुँवा, चैतेली- यी केही खसेनी लोकगीतका प्रकारहरू, उच्चनाद, शङ्खनाद- युद्ध आरम्भको आदि । यसमा रहेका शब्दहरूको अर्थको गहिराईमा डुब्दै गए प्राचीन खस संस्कृति र इतिहासभित्र डुब्न बाध्य बन्दछ।

उपसंहार-
कर्णाली उत्सवमा प्रस्तुत गरिएको जुरूक्क कर्णाली गीतमा खस सऑभ्यता संस्कृति इतिहास आदिको वर्णन र संकेतन गरिएको गीत बनेको छ। यसमा जोसपूर्ण भावाभिव्यक्ति र अभिनयात्मक प्रस्तुति रहेको छ। यसमा खससम्बन्धित विभिन्न पक्षबारे उल्लेख गरेका छन्। यसमा प्राचीन खसका लोकगीतका प्रकार, सांस्कृतिक आभाष, जिजीविषामूलक स्वर, जोसपूर्ण कथन, जुर्मुराउने भावना, आदि विभिन्न पक्षहरूले गर्दा यो गीत निकै लोकप्रिय भएको छ। यस गीतभित्र विभिन्न इतिहासभित्रका विभिन्न पक्ष, सांस्कृतिक अध्ययनका पाठ- अन्तर्पाठ, आदिबारे अऑध्ययन गर्न सकिने ठाउँ रहेका छन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।