(विज्ञान कथा)
सन् २९५४, अक्टोबर २९ — साँझ ३ः१५ बजे, नियो कान्तिपुर, नेपाल ।
नियो कान्तिपुर — पृथ्वीको काखमा फैलिएको एउटा अद्भूत नगर, जहाँ प्रकृति र विज्ञानले हातेमालो गरेका छन्, जहाँ आकाशले आफ्नै छालमा सपनाको नक्शा कोरेको छ । बिहानको पहिलो किरण जब सगरमाथाको टुप्पोमा छ्याङ छ्याङ झल्किन्छ, त्यसै क्षण नियो कान्तिपुरका हरेक रूखका पातहरू चिहाउँछन्—जसरी कुनै अन्तरिक्षी यानले सङ्केत पठाउँछ, जीवनको संकेत स्वरूप । सूर्यको उज्यालो यहाँ केवल तातो किरण होइन, विज्ञानको ऊर्जा हो, जसले पहाडका टाकुराबाट नदीका छालसम्म नयाँ चेतना भरिदिन्छ ।
त्यहाँका हावामा कुनै पृथ्वीजन्य महक मात्र छैन—त्यो त एउटा अज्ञात ग्रहको सासझैँ सुगन्धित छ । बिहानकालको हावा पातलै छ, तर त्यसमा माटो र नीलो ओजोनको हल्का कम्पन मिसिएको छ—मानौं आकाश र पृथ्वी बीच कुनै अदृश्य तरङ्गले निरन्तर संवाद चलिरहेको होस् । खोँचहरूबाट निस्कने कुहिरो अब धुलो होइन, बाष्पित तारा–धुलो हो, जसले सहरको छातामाथि आकाशीय झिलमिल बनाउँछ ।
त्यो ऊर्जा रातको बेला आकाश हेर्दा नक्षत्रहरू यहाँ पृथ्वीका मानिसहरूका लागि मात्रै चम्कँदैनन्—तिनीहरू अब मित्र तारामण्डलका संकेत हुन् । गीता ग्यालेक्सीको चकलेट–रङ्गी प्रकाश, पुस्टि ग्रहको हरियो किरण, र अत्रु ग्रहको हल्का निलो चमक—यी सबै मिलेर नियो कान्तिपुरको आकाशलाई जताततै झिलिमिली बनाइरहेका छन् । कहिलेकाहीँ कुनै हरियो उज्यालो घुम्दै आउँछ, मानौं कुनै उडन तस्तरीको छायाँ मात्र होइन, मानवीय चेतनाको भविष्यको संकेत हो ।
नीलमणिझैँ टल्किएका नदीहरू नियो कान्तिपुरका रक्त–नशा हुन् । ती पारदर्शी रङ्गका जलधाराहरूभित्र सूक्ष्म बायो–लुमिनस प्राणीहरू पौडिरहेका छन्—रात पर्दा ती चम्कन्छन्, जसरी सहरकै बाटाहरू फाइबर प्रकाशले चम्किन्छन् । वनहरूमा अहिले पनि हिउँको सुगन्ध, हरियालीको धड्कन र अनजान ग्रहका फूलहरूको सुगन्ध घुलिएको छ । चराहरू अब केवल पृथ्वीका होइनन्—कसैका पखेटा पारदर्शी छन्, कसैका स्वर धातुवत् छन्—मानौं अन्तरिक्षीय संगीत पृथ्वीमै बगिरहेको होस् ।
नियो कान्तिपुरको साँझ स्वप्निल हुन्छ । सूर्यास्तको समय सुनौलो नभई बैजनी हुन्छ—अज्ञात तत्त्वहरू मिलेर बनेको वातावरणले सूर्यको अन्तिम किरणलाई विचित्र ढङ्गले मोडिदिन्छ । त्यस बेला आकाशमा देखिने रेखाहरू—मानौं हजारौँ रिकापीहरूले खिचेका अदृश्य मार्ग हुन्, जहाँ समय र दूरीका सीमाहरू हराइरहेका छन् ।
अनि रात—नियो कान्तिपुरको रात भने अर्को ब्रह्माण्डकै कथा हो । यहाँ तारा चम्किँदैनन्, तिनले बोल्छन् । रेडियो–तरङ्गहरू सुनिँदैनन्, तिनले गुनगुन गर्छन् । सहरमाथि तैरिरहेको हल्का उज्यालो केवल बिजुली होइन—त्यो ब्रह्माण्डको धड्कन हो । यस धड्कनमा न त भय छ, न शंका—छ मात्र असीम उत्सुकता र विस्मयको शान्त झिलिमिली ।
नियो कान्तिपुरको प्रकृति केवल दृश्य होइन, अनुभव हो—एक यस्तो अनुभव जसले मानव चेतनाको सबै सीमाहरू पगालिदिन्छ । यहाँको हरेक हावा, पानी, फूल, तारा र आवाजले हामीलाई ती पुराना घटनाहरू सम्झाउँछन्—जब उडन तस्तरीहरूले आकाश चिरेर पृथ्वीमा पहिलो सन्देश पठाए, जब विज्ञानले प्रकृतिको मनमुटु छामेर आभास गरी सुनेर नयाँ युगको सूत्र फुक्यो ।
र अझ पनि यहाँको कुहिरोमुनि, पहाडको छायाँभित्र, र आकाशको गहिराइमा एउटा रहस्य बाँकी छ—जो सायद अर्को बिहान खुल्नेछ ।
गजधम्म आकाशले आज फेरि पृथ्वीको आँखा चुम्यो,
ताराहरूले ढकमक्क बादलको कानमा रहस्य फुक्यो ।
माटोको गन्धमा तारा–धुलो मिसिएको छ,
कसैले भनेछ—देवताहरू फर्किँदैछन्,
त्यो धड्कन, त्यो उज्यालो, विज्ञानको सास हो ।
नीलमणी नदीहरू अब केवल बग्दैनन्, बोल्छन्,
उनीहरूले आकाशका संकेतहरू पानीमा लेख्छन् ।
बोटका पातहरू रेडियो बनेका छन्,
रुखका जराबाट ब्रह्माण्डको भाषा बग्छ ।
मानव–मस्तिष्क अब केवल सोच्दैन, सुन्छ ।
ओहो नियो कान्तिपुर !
तिमी केवल सहर होइनौं—
सम्पुर्ण व्रह्माण्डीय एक अन्तरिक्ष गीत हौ,
जहाँ प्रत्येक घरको झ्यालबाट
हरेक चिहाइबाट अमृतपान गराउँछ
एरिदानी ग्रहको गुम्बजबाट हरियो प्रकाश पस्छ ।
यहाँ रात “अन्धकार” होइन—
तर अज्ञातको झिलिमिली प्रकाश हो ।
पुतलीसरि उडन तस्तरीहरू अब डर होइनन्,
ती त सपनाका बगैंचामा उत्रिएका फूल हुन् ।
माया सभ्यताको धुलो हावामा अझै तैरिरहेको छ,
अपकल्लुका आँखामा पृथ्वीको प्रतिबिम्ब देखिन्छ ।
विज्ञानले आज प्रकृतिलाई सम्झायो—
“म तिम्रो भाषा सिक्दैछु ।”
स्पन्दनका देवताहरू आकाशबाट झर्दैछन्,
लोमहर्षित भइकन धड्कन आत्मीय बनिरहन्छन्
तर यतिबेला मन्दिरमा होइन— प्रयोगशालामा ।
माइक्रोप्रोसेसरहरूले मन्त्र जपिरहेका छन्,
रेडियो–तरङ्गहरू प्रार्थना जस्ता छन् ।
मानव र अन्तरिक्षबीच आज संवादको द्वार खुलेको छ ।
नियो कान्तिपुरमा अब शांकलमा साँझ पर्दा
सूर्य पश्चिम होइन, अन्तरिक्षमा अस्ताउँछ ।
रातको पहिलो तारा झर्दा
एक वैज्ञानिकको नोटबुकमा नयाँ सूत्र जन्मिन्छ ।
अनि स्क्यानरमा हावा फुसफुसाउँछ—
“हामी एक्ला छैनौं, कहिल्यै थिएनौं
ब्रह्माण्ड खगोल एक गाउँ भइसकेको छ ।”
कसैले माटो छाम्यो—त्यो त स्पन्दित थियो,
कसैले आकाश हे¥यो—त्यो त संवेदनशील थियो ।
पृथ्वी अब केवल ग्रहोत्तर कण होइन,
एक विशाल सजीव हिरीलो चेतना हो ।
र हामी त्यसका मणि !
हामी त उसका अणुहरू,
उसका तृप्ती सपना,
उसका मन्द अनि मधुर स्वर हौं एटम परमाणु ।
अन्ततः सबै रहस्यहरू एकै वाक्यमा समेटिए—
“प्रकृति नै विज्ञान हो, र विज्ञान नै प्रार्थना ।”
नियो कान्तिपुरको कपासे कुहिरोभित्र
मानवताको नयाँ प्रभातिलो बिहान फुल्दैछ ।
र हावा महकताका साथ फेरि भन्छ—
“अब डर होइन, केवल जिज्ञासा बाँकी छ ।”
विज्ञानका रहस्य र प्रकृति गहिरो बिम्बमा प्रवेश गर्छन् — जहाँ विज्ञान र अध्यात्म, पृथ्वी र अन्तरिक्ष, मस्तिष्क र मनमुटु एउटै स्वरमा धड्कन्छन् ।
आकाशमा हल्का सुन्तलाभरिएको रङ्गको झिल्को थियो । सडकमा साइकल चलाउँदै गुनगुनाइरहेका थिए डा. रोहित गौतम, नियो सिटी यूनिभर्सिटीका खगोलशास्त्री ।
डा. रोहित (आफैंसँग): “आजको दिन कति शान्त... यस्तो मौसममा त ग्रहहरूको फोटो खिच्न मजा आउँछ ।”
तर एक्कासी उनको नजर माथि पुग्छ ।
ह्वाँस्स !
उनले तीव्र ब्रेक लगाउँछन् — टायर कररर्र आवाज निकाल्छ । उनको आँखाअगाडि केही फिट टाढा सडक नै कुनै चम्किलो अण्डाकार वस्तुले ढाकेको थियो ।
डा. रोहित (अचम्म मान्दै): “यो... यान हो कि ? यो त धातुजस्तो देखिन्छ, तर... यन्त्र कतैबाट आएको होला ?”
वस्तु एकदम चुपचाप थियो — कुनै ध्वनि, कुनै कम्पन छैन तर केहि सेकेन्डमै त्यो वस्तु बिस्तारै माथि तैरिन्छ, चुम्बकीय तरङ्गजस्तो कम्पन फैलाउँछ र आँखा झिम्क्याउँनासाथ अदृश्य हुन्छ ।
छेउछेउका मानिसहरू चिच्याउँछन् ।
“देख्यौ ? त्यो उड्यो त !”
“फोटो खिच्न पाइएन !”
तर जब सबै दौडेर त्यहाँ पुग्छन् — न डाम, न खरानी, न धुलोको फरक । सडक फेरि पहिलेझैं खालि ।
एक हप्ता पछि — स्यारन्ते मार्ग ।
रातको ९ बजेको समयमा एक कार गुडिरहेको छ ।
ड्राइभर अरुण थापा, तीन वर्षको छोरा सँगै । अचानक उनको हात सिटको ह्यान्डलमा सुन्निन्छ । सारा शरीर बिजुलीको झट्काले हल्लिन्छ । कार आफैं रोकिएर बत्ती निभ्छ ।
अरुण (घाइते स्वरमा): “के भयो यो ? कार... स्टार्ट नै हुँदैन !”
छोरा रुन थाल्छ । त्यतिबेला अगाडि रातो उज्यालो फैलिन्छ — पहिले रातो, त्यसपछि सुन्तले, अनि सेतो ।
अरुण (आँखा ढाक्दै): “हे भगवान... यो के हो ?”
आँखा बन्द गर्छन् । जब फेरि खोल्छन् — सबै कुरा हराइसकेको हुन्छ । सडकमा न कुनै प्रकाश, न कुनै ध्वनि ।
.....................................................
दुई वर्ष अघि — सन् २९५२, जुलाई ११ । नियो ललितपुर, मङ्गलबुज ।
जंगलको छेउमा बाबु–छोरी हिँड्दै छन् ।
छोरीले देखाउँछे — “बाबा ! उता त्यो चम्किलो चक्का के हो ?”
बाबुले नजर दौडाउँछन् । त्यो त आठ मिटर व्यासको धातुको डिस्कजस्तो वस्तु । त्यसको छेउमा दुई जना साना प्राणी — करिब एक मिटर अग्ला, कालो चम्किने पोशाकमा । शरीरमा कुनै हतियार छैन, तर अनुहार नदेखिने मास्कले ढाकिएको ।
छोरी (हैरान हुँदै): “यी मान्छे हुन् कि... रोबोट ?”
बाबु (साँघुरो स्वरमा): “शायद... यो पृथ्वीको होइन ।”
त्यो क्षण ती दुबै प्राणीले उनीहरूलाई देख्छन् र तीव्र गतिमा “रिकापी” अर्थात् त्यस धातु–डिस्कभित्र पस्छन् । वस्तु झट्कामा चम्किन्छ र क्षणमै हराउँछ —हावा मात्रै बाँकी रहन्छ ।
डा. रोहितले पछि समाचार सुन्छन् — ती घटनाहरू एउटै प्रकारका थिए र उनी सोच्न थाल्छन्, “के यी यानहरू पृथ्वीका बाहिरी सभ्यताका दूत हुन् ? वा मानव भविष्यकै रूप, जो समय र प्रकाशसँग खेल्न सिकिसकेका छन् ?”
..........................................................................................
स्थानः नियो कान्तिपुर, “एड्भान्स्ड स्पेस रिसर्च सेन्टर” समयः सन् २९५४, नोभेम्बर २
डा. रोहितले आफ्नो ल्याबमा ह्वाइटबोर्डमा लेखिरहेका थिए — “U=F=O.”
माथि लेखियोः Unidentified Flying Object
डा. रोहित (छात्रहरूलाई): “साथीहरू, अहिले तपाईंहरूले संसारभरि चर्चामा सुन्नु भएको घटना यही हो — अपरिचित उड्ने वस्तु, अर्थात् युएफओ । यो केवल कल्पना होइन, यसमा विज्ञान लुकेको छ ।”
सह–शोधकर्ता डा. युरेकाः “सर, यी ‘फ्लाइङ ससर’हरू हाम्रा रडारमा नदेखिने तर मानवी आँखाले देखिने किन हुन्छन् ? यो त असम्भवजस्तो लाग्छ ।”
डा. रोहितः “ठ्याक्कै त्यही प्रश्नले मलाई रातभर सुत्न दिँदैन । हामीले अनुसन्धान गर्दा देख्यौं — ती वस्तुहरूले ‘फोटोनिक म्याग्नेटिक फिल्ड’ प्रयोग गर्छन् । त्यो फिल्डले प्रकाशलाई आफैँमा मोडिदिन्छ, जसले गर्दा तिनीहरू अदृश्य हुन सक्छन् ।”
छात्र अर्जुनः “तर सर, के ती यानहरू पृथ्वीबाहिरका प्राणीका हुन् त ?”
डा. युरेका (गम्भीर हुँदै): “संभावना धेरै छ । पृथ्वीको वातावरणमा यति उच्च ऊर्जा क्षेत्र बनाउन हाम्रो प्रविधिले अझै सक्षम छैन ।”
त्यसैबेला ल्याबको ठूलो होलोग्राफिक स्क्रिनमा आपतकालीन सूचना चम्किन्छ — “æALERTM Unknown signal detected from Himalayan orbit=”
सबैजना एकाएक सर्तक हुन्छन् । स्क्रिनमा तरङ्गहरू देखिन्छन्, तर त्यसमा केही बोधगम्य ध्वनि पनि छ ।
कम्प्युटर भ्वाइस (रोबोटिक टोनमा): “...Nion–Kantipur... Contact... २९५४... Save the line या blue...”
डा. रोहित (अचम्ममा): “यो त हामीकैको शहरको नाम बोल्यो ! अनि... ‘Save the line या blue’ भन्नुको अर्थ के होला ?”
डा. युरेकाः “शायद उनीहरूले हामीलाई चेतावनी दिइरहेका छन । ‘ब्लू लाइन’ — त्यो त पृथ्वीको ओजोन तह हो, जसले जीवनको रक्षा गर्छ !”
डा. रोहित गहिरो सास फेर्छन् । “यदि ती ‘उड्ने रिकापी’ हरू वास्तवमै पृथ्वीका बाहिरका हुन् भने,शायद उनीहरू आक्रमणका लागि होइन, चेतावनीका लागि आएका हुन् । हामी आफैं पृथ्वी नष्ट गर्दैछौं — र उनीहरू... हाम्रै भविष्यबाट आएका सन्देशक हुनसक्छन् ।”
सबै मौन रहन्छन् । सिसाबाट बाहिर हेर्दा आकाशमा फेरि त्यही सुन्तलाभरिएको चमक झल्किन्छ ।
कसैले प्रश्न गर्छ —“फेरि आयो... त्यो नै यान हो ?”
डा. रोहित मुस्कुराउँछन् —“हो, यो कथाको अन्त्य होइन — यो त सुरुवात मात्रै हो ।”
.......................................................................................
स्थानः नियो ललितपुर — “उड्ने रिकापी अनुसन्धान संस्थान (UFORSI)” समयः सन् २९५५, जनवरी १२
आकाशबाट घाम संस्थानको पारदर्शी गुम्बजबाट छिर्छ । डा. रोहित र डा. विजय ह्वाइटबोर्ड अगाडि नक्सा र तस्बिरहरूको बीचमा बसेका छन् । स्क्रिनमा पृथ्वीको वरिपरि रहेका “æUFO sightings” को डेटाम्याप झल्किरहेको छ ।
डा. विजयः “रोहित, हेर न— पछिल्लो तीन महिनामा मात्र ४७ नयाँ केसहरू भेटिएका छन् । हिमालयदेखि प्रशान्त महासागरसम्म एउटै पैटर्न !”
डा. रोहित (गम्भीर हुँदै): “यी यानहरू केवल हाम्रा आकाशमा घुमिरहेका छैनन्, विजय । हामीसँग पुराना तथ्य पनि जोडिएका छन्— २९४७ मा अमेजनका व्यापारी केनेथ अर्नोल्डले पहिलो ‘रिकापी’ नियो कान्तिपुरमा देखेको रेकर्ड छ । त्योभन्दा अघि पनि पोल्याण्ड र स्पेनमा यस्तै घटनाहरू ।”
डा. युरेका (डेटा स्क्रिन हेरिरहँदै): “यो हेर्नुहोस्— सन् २९५७ मा जापानका माछाले देखेका दुई धातुका यानहरू समुद्रमा खसेका थिए तर त्यो क्षेत्रको म्याग्नेटिक तरंग अझै असामान्य छ । जस्तो कि केही अज्ञात ऊर्जा स्रोत त्यहाँ सक्रिय छ ।”
डा. विजय (रोमाञ्चित स्वरमा): “त्यो त हामीले ‘प्लाज्मा–ग्र्याभिटी इन्जिन’ भनिएको सिद्धान्तसँग मेल खान्छ ! यी यानहरू गुरुत्त्वाकर्षणलाई आफैं मोड्न सक्ने प्रविधि प्रयोग गर्छन् ।”
डा. रोहित गहिरो सास फेर्छन् । उनका हातमा एउटा पुरानो नोटबुक छ — त्यसमा वैज्ञानिक सम्राट अल्बर्ट आइन्स्टाइनको उद्धरण टाँसिएको छः æMaybe ancient visitors were the architects of human civilization=”
डा. रोहित (धेरै मन्द स्वरमा): “आइन्स्टाइनले यो कुरा दुई सय वर्षअघि भनेका थिए । के सम्भव छ कि हाम्रो सभ्यता अर्कै ग्रहका आगन्तुकहरूले सुरु गरेका हुन् ।?”
डा. युरेकाः “तपाईंको सोधाइ निकै गम्भीर छ, सर । अर्को ग्रहका अन्तरिक्ष–मानवहरूले पृथ्वीमा जीवनको बीउ रोपेका हुन् भन्ने परिकल्पना अब केवल मिथ होइन— त्यो हाम्रो ‘जिनेटिक कोड’ भित्र लुकेको संकेत हुनसक्छ ।”
त्यसबेला संस्थानको रेडार चेतावनी बज्छ —“Object detected — ७२km south–west या Nio–Lalitpur.”
सबैजना दौडेर स्क्रिनतिर । त्यहाँ एक “सिगार–आकारको वस्तु” बिस्तारै उड्दै छ, त्यो डा. विजयले भर्खरै देखेको उही वस्तु !
डा. विजय (उत्तेजित हुँदै): “त्यो नै हो ।! मैले यही देखेको थिएँ — बसजत्रै अग्लो, हजारौं वाटको बिजुलीझैं चम्किलो !”
डा. रोहितः “क्यामेरा फोकस गर ! यसको ऊर्जा पैटर्न र गति मापन गर !”
स्क्रिनमा तीव्र चमक फैलिन्छ । वस्तुले केही सेकेन्ड पृथ्वीको सतहभन्दा केही मिटरमात्र माथि उड्छ —त्यसपछि चम्किलो ब्लू पल्स निकाल्दै आकाशमा हराउँछ ।
डा. युरेका (चकित हुँदै): “यो गुरुत्त्वाकर्षणको नियमभन्दा बाहिरको गति हो ! यदि हामीले यसको ऊर्जा सूत्र बुझ्यौं भने, मानवजाति नै अन्तरिक्ष यात्राको नयाँ युगमा प्रवेश गर्छ ।”
डा. रोहितः “तर, के हामी तयार छौं ? शायद उनीहरू हामीलाई परीक्षण गर्दैछन् — कि हामी आफ्नै ग्रह जोगाउन सक्षम छौं कि छैनौं भनेर ।”
त्यसै क्षण होलोग्राफिक स्क्रिनमा एउटा ध्वनि फेरि सुन्छ — “Nio... Kantipur... blue line... connect...”
डा. रोहितले आँखा ठूला पार्छन् — “यो त अघिल्लो सन्देशकै निरन्तरता हो ! ‘Connect the blue line’ — के यो पृथ्वी र उनीहरूको ग्रहबीचको सन्देश हो ?”
सबै मौन ।
स्क्रिनमा ताराहरू टिमटिमाउँछन् । डा. विजय बिस्तारै भन्छन् — “शायद हामी इतिहासको सबैभन्दा ठूलो खोजको ढोकामा उभिएका छौं, जहाँ देवता र अन्तरिक्ष–मानव एउटै हुन् ।”
आकाशमा फेरि चमक देखिन्छ —
......................................................................................
समयः सन् २९५५, अगस्त २१, साँझ ७ः०० स्थानः नेपालको केन्टुकी क्षेत्र — केली गाउँ
साँझको सुन्तलाभरिएको उज्यालोमा बाख्रा घर फर्किँदै थिए । १२ वर्षको विली सटन पालेको भालेसँग खेल्दै थियो, जब आकस्मिक रूपमा उसले देख्यो — आकाशको पूर्व किनारामा एउटा चम्चाजस्तो चम्किलो यान बिस्तारै तल झर्दै थियो ।
विली (चिच्याउँदै): “माम ! हेर्नुस् ! उता उड्ने रिकापी आयो !”
घरभित्रका सबै हाँसे । “फेरि तेरो कल्पना !” बुबा जोसेफले भने ।
तर केही मिनेटमै, विलीको आँगनमा बिजुली चम्किएझैं उज्यालो फैलियो । धेरै नजिक, चार फिट जति अग्लो एउटा आकृति देखाप¥यो — घन–टाउके, लामो हात, पहेँलो बिजुलीझैं आँखा, र शरीरभरि चम्किलो धातुजस्तो पोशाक ।
विली (डराउँदै): “ड्याड... त्यो त जन्तु होइन, मान्छे पनि होइन !”
त्यो प्राणीले लामा औंलाजस्ता हात उनीहरूतिर तन्कायो । हातको अग्रभागबाट हल्का नीलो प्रकाश निस्कियो — जस्तो कुनै स्क्यानर चालु भएको होस् ।
माता सटनः “हे भगवान् ! यो त हामीमाथि हान्दैछ !”
जोसेफले तुरुन्त बन्दुक निकालेर गोली चलाए ।
धडाक्क ! धडाक्क !
गोली आवाज त भयो, तर प्राणी ढलेन । बरु झल्किएर अलिकति कम्पन भयो, अनि उस्तै फुर्तिलो चालमा भाग्यो — बगिरहेको बिजुलीको लहरझैं ।
विली (चिच्याउँदै): “त्यो उता छततिर गयो ! रुखमाथि अर्को पनि !”
तिनीहरू दौडिए । बाहिर निस्कँदा अझ तीन जना देखिए — एक झ्यालमाथि, अर्को रुखको हाँगामा, तेस्रो छानामाथि । ती सबैले नीलो–हरियो उज्यालो झल्काइरहेका थिए ।
जोसेफः “सबै तयारीमा ! गोली चलाऊ !”
गोली–बारुदको वर्षा भयो, राति ११ बजेसम्म तर कुनै आवाज, चिच्याहट वा रक्तचिन्ह छैन । त्यो रात गोली मात्र चलेको थियो — र उज्यालो मात्र देखिएको ।
भोलिपल्ट बिहान, पुलिस अधिकारीहरू आए — इन्स्पेक्टर धारणा तामाङ र टेक्निकल अफिसर डा. युरेका (नियो कान्तिपुरबाट पठाइएकी) ।
इन्स्पेक्टर धारणाः “यहाँ त कुनै प्रमाण छैन— न पदचिन्ह, न हतियार, न धुलो ।”
डा. युरेका (लेजर–स्क्यानर चलाउँदै): “तर म्याग्नेटिक फील्ड ३.२ टेस्ला मापन भयो— यो सामान्य पृथ्वीको गुरुत्वाकर्षणभन्दा बाहिरको ऊर्जा संकेत हो ।”
त्यसैबेला प्रहरी सिपाहीले चिच्याउँछ— “सर ! हेर्नुस्, त्यो आकाशमा !”
सबैजना माथि हेर्छन्— दुईवटा उड्ने रिकापी आकाशमा एकअर्कालाई प्रदक्षिणा गर्दै उडिरहेका छन्,
सुई–सुई आवाज निकाल्दै, अनि क्षणमै हराउँछन् ।
डा. युरेका (गहिरो स्वरमा): “अब त निश्चित भयो— यी प्राणीहरू भुईमा खुट्टा टेकेर हिँड्दैनन् । उनीहरू गुरुत्त्वाकर्षणभन्दा केही इञ्चमाथि ‘क्वान्टम लिफ्ट’मा तैरिरहेका छन् । त्यसैले कुनै पदचिन्ह नपरेको हो ।”
इन्स्पेक्टर धारणाः “तर उनीहरूको उद्देश्य के हो ? हमला गर्न आए कि संकेत दिन ?”
डा. युरेकाः “शायद हामीमाथि परीक्षण भइरहेको छ — हाम्रो आचरण, हाम्रो प्रतिक्रिया, हाम्रो डर... सबै रेकर्ड गर्दै ।”
त्यो बेलै डा. रोहितको होलोग्राम स्क्रिनमा प्रोजेक्ट हुन्छ— “युरेका, तिनीहरू ‘ब्लू लाइन’ सन्देशका प्राणी हुन सक्छन् । हामीले अब प्रत्यक्ष सम्पर्कको तयारी गर्नैपर्छ ।”
डा. युरेका बिस्तारै भन्छिन्—“शायद यो पृथ्वीको रक्षा वा विनाशको अन्तिम चेतावनी हो ।”
आकाश फेरि झिलिमिली हुन्छ ।
उता, विली घरको छतमा उभिएको छ । आकाशतिर हेर्दै उसले बिस्तारै फुसफुसाउँछ— “तिमीहरू को हौ ? देवता हौ कि... भविष्यका हामी नै ?”
आकाश टल्किन्छ । नीलो उज्यालो एकछिन चम्किन्छ ।
......................................................................
दृश्यः नियो कान्तिपुर विश्वविद्यालय, अन्तरिक्ष अनुसन्धान केन्द्र
शीतल काँचका झ्यालबाट सौर्य विकिरणको सुनौलो छायाँ ओर्लिरहेको छ । कम्प्युटर स्क्रिनमा हजारौँ ग्रहहरूको आँकडा चम्किरहेको छ । डॉ. भिक्टोर खरेल, खगोलशास्त्री, आफ्नो टेबलमा हल्का मुस्कानका साथ बोल्दै छिन् ।
भिक्टोरः “तिमीहरूले सोचेका हौला — यी ‘फ्लाइङ ससर्स’ आखिर कहाँबाट आउँछन् ? तर सोच्नुस्, हाम्रो आकाशगंगामा मात्रै कम्तीमा दशलाख ग्रहहरू छन्, जहाँ जीवनको सम्भावना छ । हामी पृथ्वीवासी मात्र सभ्य छौं भन्ने दाबी — त्यो त अब पुरानो मिथकजस्तै भयो ।”
छात्र अर्जुनः “तर म्याडम, के साँच्चै ती ग्रहमा प्राणीहरू छन् ? अनि उनीहरू हाम्रोभन्दा अग्लो सभ्यता भएका हुन् भन्ने कसरी भन्न सकिन्छ ?”
भिक्टोर (गम्भीर हुँदै): “हामीले पृथ्वीबाट रकेट यान पठायौं — चन्द्रमा, मंगल, टाइटनसम्म पनि पुग्यौं । त्यस्तै उनीहरूले पनि — आफ्नो ‘सर्वदिशात्मक अन्तरिक्ष यान’ प्रयोग गरेर हाम्रो ग्रहको अध्ययन गर्न आएका हुनसक्छन् । ती ‘उड्ने रिकापीहरू’ त्यही प्रविधिको नमूना हुन् ।”
अन्य अनुसन्धानकर्ता नम्रताः “तर हामीले त अझै उनीहरूको कुनै ठोस प्रमाण पाएका छैनौं नि ?”
भिक्टोरः “साँचो हो । तर ‘प्रमाण नपाइनु’ नै ‘उपस्थित नहुनु’ होइन । केही यस्ता प्रत्यक्षदर्शीहरू छन् जसले ती यानहरूलाई देखेका छन् — र तिनै यानभित्र ‘अपरिचित प्राणीहरू’ पनि देखेका छन् । त्यो घटनालाई अब हामी ‘आँखा धोका’ भनेर टार्न सक्दैनौं ।”
अर्जुन (उत्साहित हुँदै): “यदि ती प्राणीहरू साँच्चै छन् भने — के उनीहरू हामीसँग सम्पर्क गर्न चाहन्छन् ? कि हामीमाथि अनुसन्धान गर्दैछन् ?”
भिक्टोरः “त्यो नै हाम्रो नयाँ प्रोजेक्ट ‘Project Interlink’ को उद्देश्य हो ।
हामी एक यस्ता सिग्नल तयार गर्दैछौं, जुन ब्रह्माण्डका टाढाका बुद्धिमान प्राणीहरूले पनि पढ्न सक्छन् । सायद... उनीहरू पनि यही सोच्दै होलान् — ‘यी पृथ्वीवासी आखिर के हुन् ?’ ”
स्क्रिनमा सौर्य प्रणालीको होलोग्राम विस्तारै फैलिन्छ । त्यो क्षण— एकाएक, कम्प्युटरको एलार्म बज्छ ।
नम्रता (आत्तिँदै): “म्याडम ! हाम्रो डिप–स्पेस स्क्यानरले नयाँ संकेत पत्ता लगाएको छ— पृथ्वीबाट २.७ प्रकाशवर्ष टाढा !”
भिक्टोर मुस्कुराउँछिन् । “शायद... जवाफ तिनीहरूकै तर्फबाट आएको हो ।”
.............................................................................
दृश्य १ – नियो ललितपुर, दिउँसो १ बजे
बिली र लिना खेतको छेउमा बसिरहेका थिए । सूर्यको ताप हल्का थियो, चराहरू चिरबिराइरहेका थिए । अचानक—“श्श्श्श्श्श्श्श्श्श...”
आकाशबाट आगोको मुस्लो जस्तै केही झर्दै आएको आवाज आयो । धरती नै हल्लाएजस्तो भयो ।
लिना (आँखा ढाक्दै): “बिली ! त्यो के हो ? बिजुली झरेको त होइन ?”
बिली (अचम्ममा): “न... त्यो त... उड्ने रिकापी हो !”
सामुन्ने खेतमा चाँदीजस्तो चम्किलो यान बिस्तारै अवतरण भयो । त्यसको ढोका जस्तै भाग खुल्यो र भित्रबाट ७ फिट अग्लो, चाँदीको पोशाक र कालो टनल्किएको टाटो भएको प्राणी बाहिर निस्कियो । टाउकामा हेलमेट, हातमा चम्किलो उपकरण ।
बिली र लिना दुवै डरले थर्थर काँप्दै भागे र तुरुन्तै फोन गरे — “पुलिस ! हाम्रो खेतमा कुनै अनौठो चीज अवतरण भयो !”
तर जब प्रहरी पुगे, त्यहाँ केही थिएन — न कुनै यान, न कुनै चिनो । घाँसमा मात्र हल्का डढेको वृताकार दाग बाँकी थियो ।
..................................................................
दृश्य २ – नियो भक्तपुर, ह्याभर फर्डवेस्ट, बेलुकाको बाटोे
किशोर विद्यार्थी स्टिफन टायलर घर फर्कँदै थियो । अचानक उसमाथि घामजस्तै उज्यालो खनियो ।
स्टिफन (आँखा मिच्दै): “यो... यो त घाम होइन ! आकाशमा के...?”
माथि हेर्दा — लगभग ५० फिट चौडा रिकापी, चम्किलो र गोलाकार । थप केही पलमै त्यो भुईँमा बस्यो । त्यसबाट एउटा आकृति निस्कियो — गाला खपटे, जीउभरि हाडका रेखाहरू स्पष्ट, आँखामा माछाजस्तो गोलो पुतली ।
स्टिफन (सास फेर्न नसकी): “हे भगवान्... यो त मानव होइन !”
त्यो प्राणी केही सेकेन्ड उभियो, मानौं उसको अध्ययन गर्दै थियो, अनि एक्कासि हरायो । टायलर बेहोस भयो । जब होशमा आयो, उसको वरिपरि सबै मानिसहरू जम्मा भइसकेका थिए — तर त्यो रिकापीको अंश मात्र पनि बाँकी थिएन ।
.................................
दृश्य ३ – नियो कान्तिपुर विश्वविद्यालय, अनुसन्धान कक्ष
डॉ. भिक्टोर र उनकी टोलीले अब विश्वभरका यी घटनाहरू एकसाथ तुलना गर्न थालेका छन् ।
भिक्टोरः “सन् २९४७ मा ग्रिन फिल्ड कलेज वरिपरि पनि यस्तै यान देखिएको थियो । वार्ने बाटिस्टाले भनेका छन्— त्यसमा छ जना यात्री थिए ।”
नम्रताः “त्यो त मानौं कुनै अन्तरिक्ष भ्रमण दलजस्तै भयो !”
भिक्टोर (गम्भीर स्वरमा): “हो, अनि २९५२ मा जर्मनीको हेल्सव्याकमा पनि दुई यात्रु सहितको यान देखियो । यी सबै घटनाहरू एक दशकको अन्तरालमा क्रमशः देखिएका हुन् । यसको अर्थ— उनीहरू निरीक्षण गर्दैछन् । पृथ्वीको नक्सा, हाम्रो वातावरण, हाम्रो भाषा... सबै बुझ्दै ।”
अर्जुन (उत्साहित): “तर म्याडम, यदि उनीहरू वास्तवमै बुद्धिमान प्राणी हुन्, के उनीहरूले हामीसँग सम्पर्क गर्न खोजिरहेका हुन् ?”
भिक्टोरः “सायद ! तर हामीले सायद उनीहरूको संसारमा कहिल्यै कल्पना नगरेको कुरा देख्न लागेको छौं ।”
त्यही बेला अनुसन्धान केन्द्रको मोनिटरमा अचानक एक नयाँ संकेत झल्किन्छ — एक त्रिआयामी आकृति, मानौं कुनै अज्ञात प्राणीको नक्साजस्तै ।
भिक्टोर चुप लाग्छिन्, अनि भन्छिन्— “हामीले खोजेको उत्तर... सायद अब उनीहरूले नै पठाएका छन् ।”
.................................................................
दृश्य १ – कन्सास गाउँ, नेपाल – रात १०ः३० बजे
शान्त रात थियो । आकाशमा तारा टल्किरहेका थिए । अलेक्जेन्डर हेल्मिटनको कुकुर ब्रुनो लगातार भुकिरहेको थियो ।
अलेक्जेन्डर (ढोका खोलेर): “ब्रुनो ! के भयो त ? किन यस्तो गर्जिएको ?”
त्यो क्षण... आकाशमा एउटा अत्यन्त चम्किलो, सिगार आकारको वस्तु बिस्तारै पृथ्वीतिर झर्दै थियो । साथै वातावरणमा हल्का गुञ्जन — “वूंऊऊऊ...”
अलेक्जेन्डर (आत्तिँदै): “हे भगवान् ! यो त उड्ने रिकापी हो !”
छिमेकीहरू पनि आएकै थिए । सबैको नजर आकाशमा । त्यो यान भुईँदेखि करिब ३० फिटमाथि अडियो । पारदर्शी भित्ताभित्र देखिन्थे— छ जना आकृति । मानौं उनीहरू आपसमा कुरा गर्दै थिए, कुनै अनौठो लयमा बोल्दै । त्यो स्वर न त मानवीय थियो, न पशुजस्तो — तर चुम्बकीय तरङ्गको जस्तो कम्पनयुक्त ।
छिमेकी मायाः “के ती मानिस हुन् ?”
अलेक्जेन्डरः “न... ती कुनै पनि प्राणी होइनन् जुन मैले यसअघि देखेको थिएँ ।”
अचानक, यानबाट रातो रेखा झल्कियो —एक किसिमको किरण, जसले आँखा नै पोल्ने गरी चम्कायो । त्यो रेखा सीधै अलेक्जेन्डरहरूतिर प्रहार भयो । सबै जना चिच्याउँदै घरभित्र पसे ।
त्यसैबेला, गोठतिर बाछाको कराउने आवाज गुञ्जियो— “माआँआँआँ...”
उनीहरू दौडिँदै गए र देखे— बाछाको घाँटीमा रातो धातुको डोरी बाँधिएको थियो, जुन यानबाट तल झुण्डिएको थियो । डोरी बिस्तारै तानिँदै यानतिर तन्किँदै थियो ।
अलेक्जेन्डर (हतारिँदै): “डोरी काट ! छिटो !”
तर असफल । डोरी मानौं चुम्बकीय शक्तिले बाँधिएको थियो । अन्ततः उनीहरूले बाछाको दाम्लो नै फुकाए, तर त्यो बाछो हावामा उचालियो र यानसँगै उत्तरपश्चिम दिशातिर हरायो । मात्र त्यही उज्यालो बाँकी रह्यो— रातको नीलो आकाशमा एक बिन्दु बन्छ र मेटिन्छ ।
............................................
दृश्य २ – क्लोहोमा राजमार्ग, नेपाल – २६ जुलाई, २९५२
सिड युव्याक आफ्नो कार चलाइरहेका थिए । अचानक, कारको इञ्जिन बन्द भयो । सबैतिर अन्धकार । रेडियोले “श्श्श्श्श्श्श” मात्रै भन्यो ।
सिड (हतारिँदै): “के भयो यो ? इन्धन त छ नि !”
त्यो क्षण —उपरबाट तेजोमय प्रकाशको मुस्लो खस्यो । त्यो फ्लाइङ रिकापी सीधा उनको कारमाथि झुन्डियो । त्यसको हावाको मुस्लोले कार हल्लियो, सडकबाट छेउमा ढल्न लाग्यो । सिडको मुटु धड्कियो । कारको छतबाट मानौं कुनै अदृश्य शक्तिले तान्ने प्रयास भइरहेको थियो ।
सिड (कम्पाउँदै): “म... म उठ्दैछु !”
तर केही सेकेन्डपछि, यान हल्लियो, मानौं प्रयास असफल भयो, र पूर्वतिर तीव्र गतिमा उडेर हरायो । सिड कारभित्र थरथर काँप्दै बसे ।
घडीमा हेर्यो — १०ः४७ तर जब प्रहरी पुगे, उनको घडी १०ः४२ मा अडिएको थियो ।
पुलिस अधिकारीः “हामीले पाँच मिनेटमा यहाँ आइपुग्यौँ तर तपाईंको घडी पाँच मिनेट पछाडि किन अडिएको ?”
सिड चुप रहे । बाहिरको हावा चिस्सिएको थियो । मानौं समय नै केही बेरका लागि थमिएको थियो ।
.........................................
दृश्य ३ – नियो ललितपुर, अनुसन्धान केन्द्र
डा. भिक्टोर र डा. विजयले यी दुबै घटनाको विश्लेषण गरिरहेका छन् ।
डा. भिक्टोरः “यी अपहरण प्रयासहरू अब केवल कल्पना रहेनन् । यी यानहरू, सम्भवतः, पृथ्वीको जीवमण्डलको परीक्षण गर्दैछन् — र सायद हाम्रो जैविक ढाँचाको अध्ययन ।”
डा. विजयः “तर उनीहरूले किन जनावर र सवारीहरूमा रुचि देखाउँछन् ?”
डा. भिक्टोरः “सायद परीक्षणका लागि । हामीले जस्तै उनीहरूले पनि अध्ययन गर्छन् — तर फरक नै दृष्टिकोणबाट ।”
त्योबेला स्क्रीनमा अर्को संकेत चम्कियो —यो नै स्थान, कन्सास गाउँको आकाशमा, फेरि नयाँ गतिविधि देखिएको रिपोर्ट ।
डा. भिक्टोरले बिस्तारै भनिन्—“सावधान रहनुहोस्...अब उनीहरू फर्किंदै छन् ।”
......................................................................
दृश्य १ – नियो कान्तिपुर अन्तरिक्ष अनुसन्धान केन्द्र – साँझ ७ः४५
डा. भिक्टोर र डा. विजय अनुसन्धान कक्षभित्र टेबुलमाथि थुप्रिएका रिपोर्टहरू हेर्दै थिए । हातमा कफीको मग, आँखामा चिन्ता र उत्सुकता दुवै मिसिएको थियो ।
डा. विजयः “हामीसँग प्रत्यक्ष प्रमाण छैन, तर यी सबै घटनाहरू — कन्सास, क्लोहोमा, नियो ललितपुर —सबैमा समानता छ । एउटै प्रकारको ध्वनि तरङ्ग, एउटै प्रकाश र एकै किसिमको आकृति ।”
डा. भिक्टोर (गहिरो सास तान्दै): “त्यसैले म भन्छु, यिनलाई पूर्ण रूपमा नकार्न सकिँदैन । केवल प्रमाण नभएकोले सत्य अस्वीकार हुँदैन ।”
त्यसैबेला, स्क्रिनमा पुरानो रिपोर्ट खुल्छ — “ह्याभर–फिल्ड घटना : सात फिट अग्लो प्राणी, चाँदीजस्तो पहिरन ।”
डा. विजय (उच्चारण गर्दै): “त्यो... त्यही आकृति जुन बिली र लिनाले खेतमा देखेका थिए, होइन ?”
डा. भिक्टोरः “ठ्याक्कै ! र त्यो आकृतिको विवरण अन्य देशका प्रत्यक्षदर्शीहरूसँग पनि मिल्छ ।”
त्यो आकृति — सात फिट अग्लो, चाँदीजस्तो चम्किलो पहिरन, हेलमेट, र अनुहारमा कालो टाटो, मानौं कुनै अन्तरिक्ष जीव होइन, अन्तरिक्ष इन्जिनियर नै थियो ।
....................................................
दृश्य २ – समाचार सम्मेलन, नेपाल अन्तरिक्ष परिषद्
पत्रकारहरू भरिएका थिए । फ्ल्यासबल्बहरू चम्किरहेका ।
एक पत्रकार उभिन्छ —
पत्रकारः “डा. भिक्टोर, तपाईंहरूका रिपोर्टहरू कति विश्वसनीय हुन् ? वैज्ञानिक प्रमाण त छैन, अनि सरकारहरू किन मौन छन् ?”
डा. भिक्टोर (शान्त स्वरमा): “हामी प्रमाण खोज्दैछौं तर यस्ता घटनाहरूको सबै तथ्य सार्वजनिक गर्न सजिलो छैन । नेपाल र भारत दुबै देशले केही डेटा गोप्य राखेका छन् — त्यो डेटा, सम्भवतः, हाम्रो समयभन्दा पनि अघि पुगेको प्रविधिको झल्को दिन सक्छ ।”
सभामा सन्नाटा छाउँछ ।
एक अर्का पत्रकारले सोध्छ —“के तपाईं भन्न खोज्दै हुनुहुन्छ — यी यान र प्राणीहरू वास्तवमै अन्य ग्रहबाट आएका हुन् ?”
डा. भिक्टोर (अर्को स्लाइड देखाउँदै): “हामीले तीन सम्भावना मानेका छौँ — पहिलो, यी यानहरू हाम्रो पृथ्वीमै बनेका हुन्, कुनै अति गोप्य सैन्य परियोजनाका अंश । दोस्रो, यी अन्तरिक्ष यानहरू अन्य ग्रहबाट आएका हुन् । तेस्रो, यी समय–यात्रासँग सम्बन्धित प्रविधिको प्रयोग हुन् तर कुन सत्य हो — अहिले भन्न सकिँदैन ।”
सबै पत्रकार स्तब्ध !
यति भनिसकेपछि डा. भिक्टोर मुस्कुराउँदै थप्छिन्— “तर एउटा कुरा चाहिँ पक्का छ — यी सबै कुरा वाहियात छैनन् ।”
............................................
दृश्य ३ – नियो ललितपुरको रात – अनुसन्धान प्रयोगशाला
डा. विजय एक्लै कम्प्युटर स्क्रीनतिर हेरिरहेका छन् । सिग्नल रेकर्डिङ सुनिँदैछ — “वूंऊऊऊ... ट्जÞजÞÞ...” त्यो आवाज मानौं कुनै बुद्धिमान् सन्देशको लय हो । त्यसैबेला उनले आकाशतिर हेर्छन् —दूरबीनमा एउटा चम्किलो चाँदीजस्तो बिन्दु, जो स्थिर छैन, तर एक किसिमको संकेत पैटर्नमा नाचिरहेको छ ।
डा. विजय (सुसेलेर बोल्छन्): “डा. भिक्टोर, तपाईंले ठीक भन्नुभयो... अब यो दन्त्यकथा होइन । उनीहरू फर्किंदै छन् — फेरि ।”
आकाशमा तीखो प्रकाश झल्किन्छ । मानौं कसैले पर्दा फुकाल्दैछ — र त्यो रहस्य अब मानव इतिहासको नयाँ पृष्ठमा रूपान्तरित हुन लागेको छ ।
..................................................................
दृश्य १ – अन्तरिक्ष अनुसन्धान परिषद्, नियो कान्तिपुर
डा. भिक्टोर र डा. विजयको कार्यालयमा असामान्य हलचल थियो । विदेशी रिपोर्टहरू र नक्साहरू टेबुलमा फैलिएका थिए ।
डा. विजय (नक्सा देखाउँदै): “हेरौं यो रिपोर्ट, डा. आर. एफ. सेनसेवावरले २५ जुन २९४७ मा देखेको घटनास्थल — ठ्याक्कै यही भू–अक्षांशमा, जुन हाम्रो पृथ्वीको पुरानो माया सभ्यताको केन्द्रसँग मिल्छ ।”
डा. भिक्टोरः “र यो अर्को केस... भोलिपल्ट डा. लियो ओरिगकले देखेको उज्यालो वस्तु — तीन दिनभित्र चार फरक–फरक प्रत्यक्षदर्शीले एकै प्रकारको रिकापी देखेका छन् ।”
डा. विजय (उत्साहित हुँदै): “यसले एउटा कुरा प्रमाणित गर्छ — यो कुनै संयोग होइन । यो क्षेत्र... एक प्रकारको ‘ऊर्जा केन्द्र’ हो ।”
डा. भिक्टोर (मुस्कुराउँदै): “शायद त्यसैले त वैज्ञानिकहरू भन्छन् — माया सभ्यता पृथ्वीमा जन्मिएको होइन, अन्तरिक्षबाट झरेको सभ्यता हो ।”
...................................
दृश्य २ – कन्सास, न्यू म्याक्सिको (नेपालको पुरानो अनुसन्धान चौकी) – रात
गाढा रातमा, दूरबीनले देखाइरहेको आकाश एक किसिमले जीवित जस्तो लाग्थ्यो । पृथ्वीका तरङ्गहरू, ध्वनि र उज्यालो बीच विचित्र सम्बन्ध देखिन्थ्यो । डा. विजय र डा. भिक्टोर त्यस चौकीमा पुगेका थिए, जहाँ पहिले मेजर जर्ज विल्क्स र श्रीमती डन विल्मोरले उड्ने रिकापी नजिकैबाट देखेका थिए । त्यहाँ अहिले पनि हल्का विद्युत् झिल्को फैलिएको थियो । साधारण चट्टानको भित्री सतहमा कसैले नदेखेका पुरातन चिन्हहरू झल्किरहेका थिए — घुमाउरा ज्यामितीय आकृतिहरू, जसले आकाशको तारामण्डलसँग सटीक मिलान गर्थे ।
डा. भिक्टोर (फुसफुसाउँदै): “यी चिन्हहरू... माया–संस्कृतिका छन् तर हेर्नुहोस् — यी मध्ये केही अक्षरहरू हाम्रो डीएनए कोडसँग मिल्छन् !”
डा. विजयः “तपाईं के भन्न खोज्दै हुनुहुन्छ... माया सभ्यता र मानव आनुवंशिक संरचनाबीच प्रत्यक्ष सम्बन्ध थियो ?”
डा. भिक्टोर (गम्भीर स्वरमा): “शायद उनीहरू... हामी नै थिएनौं । वा, हामी... उनीहरूको सन्तति हौं ।”
.......................................
दृश्य ३ – अनुसन्धानको गोप्य बैठक, नेपाल र भारतका वैज्ञानिक टोलीबीच
टेबलको बीचमा होलोग्राफिक नक्शा प्रक्षेपित थियो — नेपालको लुम्बिनी क्षेत्रदेखि लिएर मेक्सिकोको युकातानसम्म सीधा रेखा जस्तो ऊर्जा रेखा देखिन्थ्यो ।
भारतीय वैज्ञानिक डा. जुबेडाः “यो रेखा... एक किसिमको ‘ग्रिड’ हो । माया सभ्यताको मन्दिर, नेपालको पुरातन स्तूपहरू — सबै यसै रेखामा छन् । शायद यही कारणले यी क्षेत्रहरूमा उड्ने रिकापी बढी देखिन्छ ।”
डा. भिक्टोरः “त्यसको अर्थ — यो पृथ्वीका प्राचीन ‘अन्तरिक्ष प्रवेश–बिन्दुहरू’ मध्ये एक हो ?”
सबै मौन ।
होलोग्राममा ऊर्जा रेखा अझ तेजस्मान भएर चम्किन थाल्छ ।
डा. विजय (मुटु धड्काउँदै): “हामी अहिले माया सभ्यताको मात्र होइन, मानव सभ्यताको मूल उद्गमबिन्दुमा उभिएका छौं ।”
............................................
दृश्य ४ – आकाशको सन्देश
त्यही रात, जब टोली कन्सासको तीर्थस्थलमा नापजोख गरिरहेकै बेला, आकाशमा अचानक एक गोलाकार उज्यालो वस्तु देखा पर्छ । त्यो ठ्याक्कै पुरानो विवरणजस्तै — चाँदीजस्तो चमक, मधुर गुञ्जन, अनि वृत्ताकार गति । त्यो यान एकछिन स्थिर रहन्छ — मानौं निरीक्षण गर्दैछ — अनि बिस्तारै त्यो स्थानको माथि एक प्रकाश–वर्तुल खिचेर हराउँछ ।
डा. भिक्टोर र डा. विजय एक–अर्कातिर हेर्छन् ।
डा. विजय (श्वास सम्हाल्दै): “अब यो क्षेत्र... केवल पुरातात्त्विक स्थल होइन । यो अन्तरिक्षीय तीर्थस्थल हो ।”
.................................................................................
दृश्य १ – न्यू म्याक्सिको, ८ जुलाई, २९४७
उज्यालो दिउँसो थियो । सूर्यको तेजोमय किरणले पृथ्वीको सतह तताएको थियो । त्यही बेला — उड्ने रिकापी अचानक आकाशबाट झर्दै, खेतमा ठोक्कियो । धरती काँप्यो, धुलो–धुवाँ फैलियो । स्थानीय किसान, श्रीमती बेनेट, खेतमा धान झार्दै थिइन् । उनी डराएकी, तर अचम्मित पनि ।
श्रीमती बेनेट (आश्चर्यचकित स्वरमा): “त्यो... त्यो रिकापी ठ्याक्कै भुईमा खस्दा बज्रिनासाथ ध्वस्त भयो । त्यहाँ केही साना प्राणीहरू, मृत, फैलिएका थिए । मेरो आँखै अगाडि भयो ।”
उनी भित्र भित्रै हल्लिइन् ।
................................
दृश्य २ – गोप्य सैनिक अड्डा
घटनाको सूचना मिल्दै गर्दा नेपाली गुप्तचर विभाग तत्काल हस्तक्षेप ग¥यो । सैन्य टोलीले स्थान घेराबन्दी गरे ।
सैनिक अधिकारी (कडा स्वरमा): “सक्ने पत्रकारहरूलाई तुरुन्त रोक्नुहोस् । यो केवल मौसमको अध्ययनका लागि बेलुन फुटेको घटना हो भन्ने रिपोर्ट तयार पार्नू ।”
पत्रकारहरू र स्थानीय जनतालाई विशेष दवाब दिइयो तर केही प्रत्यक्षदर्शीहरू — सैनिक र नागरिक दुवै — घटना नजिकै गएर देखेका थिए ।
प्रत्यक्षदर्शी सैनिकः “हामीले देख्यौं — भग्नावशेष तुरुन्तै सैनिकहरूको अखडातिर कुदाइयो । तिनीहरूले सारा डेटा र अवशेष लिए ।”
..............
दृश्य ३ – अनुसन्धान केन्द्र, नियो कान्तिपुर
डा. भिक्टोर र डा. विजय रिपोर्ट हेर्दै थिए ।
डा. विजय (गम्भीर स्वरमा): “यदि यो बेलुन थियो भने, किन स्थानीय प्रत्यक्षदर्शीहरूले साना मृत प्राणीहरू देखेका ?”
डा. भिक्टोर (धेरै सोचेर): “यो केवल दुर्घटना होइन । यो घटनाले एउटा ठूलो रहस्य उजागर गर्छ —यी उड्ने रिकापी केवल यान होइनन्, यी यानसँगै आएका अज्ञात प्राणीहरू पनि पृथ्वीमा पुगेका थिए ।”
डा. विजयः “र सबै गोप्य राखिएको छ । सरकारी निकायहरूले जनता र पत्रकारलाई भ्रममा राखेका छन् ।”
डा. भिक्टोरः “यसरी छुपाइएको तथ्यले संकेत गर्छ — उड्ने रिकापी र तिनका यात्रीहरू हाम्रो विज्ञान र समाजभन्दा धेरै अगाडि छन् । हामीले पत्ता लगाउनुपर्ने कुरा केवल यानको नभई, यी प्राणीहरूको उद्देश्य र प्रविधि पनि हो ।”
...............
दृश्य ४ – भविष्यको संकेत
आकाशमा हल्का धुलोझैं चम्किलो प्रकाश झल्कियो । मानौं रिकापीको भग्नावशेषमा अझै अज्ञात ऊर्जा बाँचिरहेको थियो ।
डा. विजयले टेबुलमाथि लेखिएका नोटहरू हेर्दै भन्यो— “यो केवल सुरुवात हो । यदि हामीले यिनलाई अध्ययन नगर्ने हो भने, पृथ्वी र मानव सभ्यतामाथि हुने प्रभाव बुझ्न ढिला हुनेछ ।”
डा. भिक्टोरले टाउको हल्लाउँदै थपिन्— “त्यसैले अब केवल अवलोकन होइन । हामीले सक्रिय अनुसन्धान, सम्भव भए प्रत्यक्ष सम्पर्क पनि गर्नुपर्छ । यही घटनाले मानव–अन्तरिक्ष भेटघाटको ढोका खोल्छ ।”
उड्ने रिकापीको वास्तविकता खुल्दैछ, अज्ञात प्राणीहरूको अस्तित्त्व पुष्टि हुँदैछ, र मानव–अन्तरिक्ष सम्बन्धको गोप्य रहस्य उजागर भइरहेको छ ।
.........................................................
दृश्य १ – सेन्ट अगस्टियान मैदान, २९४७, जुलाई
साँझको सुनौलो प्रकाशमा, उड्ने रिकापीको ध्वस्त अवशेष मैदानमा फैलिएको थियो । स्प्रिङफिल्ड नाम गरेका अन्वेषक त्यहाँ पुगेका थिए । उनको दृष्टि अग्लो तनाव र उत्सुकताले भरिएको थियो ।
स्प्रिङफिल्ड (आश्चर्यचकित स्वरमा): “यो... यो असम्भव छ । ध्वस्त यानभित्र, एउटा जीवित प्राणी छ ! तर त्यसैसँगै — १६ वटा मृत शरीर पनि छन् ।”
अनि उनले जिज्ञासु रूपमा अवशेष नजिक गएर अवलोकन गरे ।
स्प्रिङफिल्ड (मनभित्र सोच्दै): “यी प्राणीहरू केवल यानका यात्री होइनन् । उनीहरूको शारीरिक संरचना र प्रविधि हाम्रो कुनै विज्ञानसँग मेल खाँदैन । यो संकेत गर्छ — अन्य ग्रहका उन्नत सभ्यता हामीसँग प्रत्यक्ष सम्पर्क राख्दैछ ।”
.........................
दृश्य २ – नियो कान्तिपुर, गुप्तचर विभाग
यो घटना तुरुन्तै नेपाली गुप्तचर विभागको ध्यानमा आयो । तिनीहरूले स्थानलाई घेराबन्दी गरे र सञ्चार माध्यमलाई पूर्ण नियन्त्रणमा लिए ।
गुप्तचर अधिकारीः “जनसाधारणलाई यो घटना ‘मौसमको बेलुन फुटेको’ भनेर बुझाउनू । कसैले थप नखोजोस् ।”
तर प्रत्यक्षदर्शी र अन्वेषकहरूको दाबीले सत्य रोक्न सकेन । गोप्य कागजातहरू अझै पनि विभागको सुरक्षित तहमा छन् ।
अन्तरिक्ष अनुसन्धान टोली (डा. भिक्टोर र डा. विजय) भिडियो कन्फरेन्समा)ः “यदि हामीले यी अवशेष र जीवित प्राणीहरूको विश्लेषण नगरे, मानव–अन्तरिक्ष सम्बन्धको वास्तविक इतिहास कहिल्यै पत्ता लाग्ने छैन ।”
......................
दृश्य ३ – ध्वस्त यानको अवशेष नजिक
स्प्रिङफिल्डले धुलो र ध्वंसका बीच एउटा चम्किलो उपकरण भेटे । यो उपकरण केवल मानव–प्रविधिसँग मेल खाँदैन, बल्कि त्यसमा उन्नत ऊर्जा–सङ्केत र सञ्चार प्रणालीको स्पष्ट संकेत थियो ।
स्प्रिङफिल्ड (उत्साहित स्वरमा): “यदि हामी यसलाई सक्रिय बनाउने उपाय पत्ता लगायौं भने — हामी अन्तरिक्षयात्रीहरूसँग प्रत्यक्ष संवाद गर्न सक्छौं ।”
त्यसैबेला, केही दूरीमा धुलोभित्र हल्का प्रकाश झल्कियो मानौं उड्ने रिकापीले अझै आफ्नो ऊर्जा प्रणाली सक्रिय राखेको थियो ।
....................
दृश्य ४ – अनुसन्धानको गहन विश्लेषण
डा. भिक्टोर र डा. विजय रिपोर्ट पढ्दै थिए ।
डा. भिक्टोरः “हामीले यस घटनाबाट स्पष्ट देख्यौं — उड्ने रिकापी केवल यान होइनन्, उनीहरूमा जीवित प्राणीहरू, उन्नत प्रविधि, र सञ्चार क्षमता पनि छन् । नेपाल र अन्य मुलुकले यसलाई गोप्य राखेको कारण — यो पृथ्वीमा हाम्रो स्थान र अन्तरिक्ष–संपर्क दुवैसँग सम्बन्धित छ ।”
डा. विजय (गम्भीर स्वरमा): “यदि हामीले यस रहस्यलाई अन्वेषण नगरे, भविष्यमा हुने मानवअन्तरिक्ष भेटघाट र सम्भावित आक्रमणको समय र प्रविधि बुझ्न ढिला हुनेछ ।”
....................
दृश्य ५ – आकाशमा संकेत
ध्वस्त यानको माथि हल्का उज्यालो बिन्दु चम्कियो । साँझको हावासँग त्यो बिन्दु गतिशील देखिन्थ्यो ।
डा. भिक्टोरः “यो संकेत हो । उनीहरूले हामीलाई अवलोकन गरिरहेका छन् । हाम्रो खोज र अनुसन्धान अब केवल ऐतिहासिक होइन, भविष्य–सुरक्षा र सम्पर्कसँग सम्बन्धित छ ।”
डा. विजयः “यसैले अब हामीले रिस्क लिनुपर्छ । प्रत्यक्ष अनुसन्धान, उपकरण विश्लेषण, र सम्भावित संवाद — यही हाम्रो अर्को कदम हो ।”
उड्ने रिकापी र अन्तरिक्षयात्रीहरूको प्रत्यक्ष प्रभाव उजागर भएको छ, मृत र जीवित प्राणीहरूको मिश्रणले वैज्ञानिक र गोप्य रहस्य झन् गाढा बनाएको छ, र मानव–अन्तरिक्ष सम्भावित भविष्य भेटघाटको संकेत दिइएको छ ।
..........................................................................
अन्तरिक्ष संवादको प्रारम्भ
रोजबेल दुर्घटनापछि दशकौँ बितिसक्दा पनि “उड्ने रिकापी” र “अपरिचित अन्तरिक्ष प्राणी” का रहस्यहरू अझै फुक्न सकेका थिएनन् तर संसारका वैज्ञानिकहरूले हार मानेनन् । उनीहरू विश्वास गर्थे— यो मौन अन्तरिक्षमा कतै न कतै कुनै बुद्धिमान सभ्यता अवश्य छ, जसले हामीलाई चुपचाप नियालिरहेको छ ।
खगोलविद् एडिंगटन र लेखक वाल्टर सुलिभानका तर्कहरूले संसारभर नयाँ जिज्ञासा जगाइदिएको थियो । यदि आकाशगङ्गामा करोडौँ ग्रहहरूमा जीवन छ भने, तिनीहरूसँग सम्पर्क सम्भव किन नहोस् ? यही सोचका साथ विश्वका प्रमुख वैज्ञानिकहरू “कमेटी अन स्पेस रिसर्च” अन्तर्गत एक साझा अभियानमा जुटे— अन्तरिक्ष प्राणीहरूसँग संवाद गर्न सक्ने प्रविधि विकास गर्ने ।
डा. राइटरको नेतृत्त्वमा विकास भएको ‘माइक्रोप्रोसेसर बेस्ड अटोमेटिक सेती केटा–एक्युइजिशन सिस्टम’ (ASETA) संसारकै पहिलो यस्तो संयन्त्र थियो जसले अन्तरिक्षबाट आउने सूक्ष्म रेडियो संकेतहरू स्वचालित रूपमा विश्लेषण गर्न सक्थ्यो । यसले केही रहस्यमय तरंगहरू पत्ता लगाइसकेको थियो— विशेषगरी “ताउ सेती” र “एरिदानी” तारामण्डलतर्फबाट । संकेतहरू नियमित तालमा आउँथे, मानौँ कसैले विशेष किसिमको कोड पठाइरहेको हो ।
यसैबीच, नियो कान्तिपुर रिसर्च सेन्टरले “प्रोजेक्ट सायल्कोप्स” अन्तर्गत निर्माण गरेको विशाल रेडियो टेलिस्कोपले पनि त्यही दिशाबाट समान संकेतहरू पत्ता लगायो । नासाका वैज्ञानिकहरूका अनुसार, ती संकेतहरूको पुनरावृत्ति कुनै प्राकृतिक रेडियो तरंग होइन— बरु नियोजित प्रसारण जस्तो लाग्थ्यो ।
अब वैज्ञानिकहरूको लक्ष्य थियो— त्यस रहस्यमय तरंगलाई बुझ्ने “भाषा” फोड्नु । संसारका अन्य विभिन्न अनुसन्धान संस्थानहरू (रुसी, अमेरिकी, जापानी, भारतीय र युरोपेली) ले पनि संयुक्त रूपमा नयाँ गणितीय कोड तयार गर्दै थिए, जसले अन्तरिक्ष प्राणीहरूको संकेत बुझ्न मद्दत पु¥याउने थियो ।
नेपालमा पनि अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापनाको प्रस्ताव आयो । त्रिभुवन विश्वविद्यालयका युवा वैज्ञानिकहरूको एउटा टोलीले त्यो योजना अध्ययन गर्न थाले— के हाम्रो देश पनि अन्तरिक्षसँगको संवादमा सहभागी हुन सक्ला ?
वैज्ञानिकहरू उत्साहित थिए— “यदि सबै कुरा योजनाअनुसार भयो भने, सन् २६६७ सम्म हामीले पहिलो अन्तरिक्ष प्राणीको आवाज सुन्न सक्छौं,”
डा. राइटरले भनेका थिए, “अनि त्यसपछि पृथ्वी र अन्तरिक्षबीच संवादको नयाँ युग सुरु हुनेछ ।”
र, पृथ्वीका रेडियो स्टेशनहरूमा पहिलो पटक प्रसारित भयो एउटा घोषणा— “सन्देश पठाइयो... ताउ सेतीतर्फ । अब प्रतीक्षा छ — जवाफको ।”
....................................................................
“उद्घाटित रहस्यहरू”
विश्वका वैज्ञानिक र पत्रकारहरूले यतिसम्म गोप्य राखिएका रहस्यहरू केही उजागर गर्न थाले ।
अवकाशप्राप्त वरिष्ठ अनुसन्धानकर्ता महावीर सन्दूक मोटे का अनुसार—
महावीर सन्दूके मोटे (पत्रकारसँग): “न्यू म्याक्सिकोमा दुर्घटनाग्रस्त उड्ने रिकापी र अन्तरिक्ष मानवहरूको परीक्षण हाल राइट प्याटर्सन अनुसन्धान केन्द्र मा भइरहेको छ । सुरक्षित रूपमा राखिएका लाशहरूको संख्या अहिले ३० पुगेको छ ।”
त्यस घटनास्थलमा ६ जना मृत यात्रीहरू भेटिएका थिए, जसलाई नेपाली वायुसेनाले फार्मेल्डिहाइड सोल्युशनमा सुरक्षित राखेको कुरा पनि प्रकाशमा आएको थियो । यो पहिलो पटक थियो जब पृथ्वीवासीले अन्तरिक्षयात्रीहरूको वास्तविक शरीर संरचना र जैविक विवरण हेर्न पाएका थिए ।
पत्रकार (उत्सुकतापूर्वक): “के यी लाशहरूको परीक्षणले कुनै नयाँ जानकारी दिन सक्छ ?”
महावीर सन्दूके मोटेः “अवश्य । हाम्रो पहिलो निष्कर्ष— यी प्राणीहरू हाम्रो कुनै जैविक प्रणालीसँग मेल खाँदैनन् । उनीहरूको हड्डीको संरचना, स्नायु प्रणाली, र कोशिकाको अनौठो बनोटले देखाउँछ— यी पूर्ण रूपमा पृथ्वी बाहिरको जीवन रूप हुन् । साथै, केही उपकरणहरू, लाशको नजिक फेला परेका, अत्यन्त उन्नत प्रविधि र संकेत प्रवाहका लागि प्रयोग भएका थिए । यसले पुष्टि गर्छ— उड्ने रिकापीहरू केवल यान होइनन्, यीसँग संचार, प्रविधि र जीवित प्राणीहरूको समुच्चय थियो ।”
अन्वेषकहरू र पत्रकारहरू बीचमा उत्सुकता उच्च थियो ।
कसैले भने— “यदि यी प्राणीहरूको भाषा र संकेत पत्ता लगाइयो भने, हामीले अन्तरिक्षसँग प्रत्यक्ष संवाद गर्न सक्छौं ।”
यस उद्घाटनले स्पष्ट पार्यो— उड्ने रिकापीहरू केवल रहस्यमय दृश्य होइनन्; उनीहरू अन्तरिक्ष सभ्यता र पृथ्वीबीचको पहिलो प्रत्यक्ष सम्पर्कको प्रमाण हुन् र, विश्वका वैज्ञानिकहरू अब योजना बनाउँदै थिए—
गोप्य परीक्षणहरू सार्वजनिक भएका छन्, अन्तरिक्षयात्रीहरूको शारीरिक तथ्यहरू र प्रविधि प्रकाशमा आएको छ, र भविष्यको संवादको सम्भावनाले रोमाञ्च थपेको छ ।
..................................................................
अज्ञात प्राणीका विविध रूप
अबसम्म प्राप्त प्रमाणहरूले स्पष्ट पारेका छन्— अन्तरिक्षका ती आगन्तुकहरू एउटै ग्रहका होइनन्, उनीहरू विविध ग्रहहरूबाट आएका हुन् र, तिनका रूप, बनोट र आकार–प्रकार पनि पृथ्वीको जैवीक कल्पनाभन्दा परका छन् ।
नेपालको “यू.एफ.ओ. शोध–चिकित्सक” टोलीले दुर्घटनाग्रस्त उड्ने रिकापीका मृत अन्तरिक्षयात्रीहरूको शव परीक्षण गरेपछि यस्तो तथ्याङ्क सार्वजनिक गरेको थियो— “यी प्राणीहरूको उचाइ साढे तीनदेखि चार फिटसम्म मात्र छ । मुखमा दाँत छैन, कान हुने ठाउँमा माछाका जस्तै दुई साना प्वाल छन् । हात असाध्यै लामो—घुँडामुनि पुग्ने; औंलाहरू तीखा र झिल्लीले जोडिएका ।”
शवको छालामा रौँको नामोनिशान थिएन, र, शरीरमा पहिरिएको चम्किलो छालाजस्तो वस्त्रले मानौँ पहिरन र शरीरबीच कुनै छुट्टै सीमा नै थिएन तर सबै प्राणी यस्ता थिएनन् ।
नियो ललितपुरका लीना, बिली र स्टिफन टायलरले रोजबेल र केली क्षेत्रमा देखेका अन्तरिक्षयात्रीहरू भने करीब सात फिट अग्ला, हेलमेट लगाएका, र रातो–नीलो धातु चम्किने पोशाकमा आवद्ध थिए । त्यस्तै न्यू म्याक्सिकोका इन्जिनियर वार्ने वानेटले देखेका प्राणीहरूको विवरण एकदमै फरक थियो “उनीहरूको टाउको असामान्य रूपमा ठूलो, शरीर सानो र गोलो, आँखा साना तर चम्किला, कान केवल टोड्का मात्र, र उचाइ तीन फीटभन्दा बढी थिएन ।”
उता फ्रान्स र जर्मनीमा देखिएका अन्तरिक्षयात्रीहरू फेरि नयाँ रूपका थिए— हरियो अनुहार, लामो कपाल, र सात फीटभन्दा अग्ला, मानौँ पृथ्वीका मानवजस्तै तर अर्को आयामको अनुहार लिएर आएका । सबभन्दा रोचक विवरण एउटा अवकाशप्राप्त सैनिक वैज्ञानिकले मृत्युपूर्व आफ्नो छोरालाई दिएका थिए । उनको अनुसार— “रोजबेलमा मैले देखेको जिउँदो अन्तरिक्षयात्री चार फीटभन्दा कम उचाइको थियो । टाउको ठूलो र गोलो, गर्दन पातलो, शरीर रौंरहित, कान नभएको, आँखा ठूला र कालो, र शरीरमा पहिरिएको चम्किलो छालाजस्तो पोशाक मानौँ उसको शरीरकै भाग थियो । जब सैनिकहरूले घेरेर लैजाँदै थिए, त्यो प्राणीले कुनै शब्द उच्चारण गरेन, तर उसको आँखाले एक किसिमको गहिरो सन्देश दिएको महसुस भयो ।”
यी सबै विवरणहरूबीचको मुख्य निष्कर्ष यस्तो थियो— यी अन्तरिक्षयात्रीहरू एउटै स्रोतका होइनन् । कसैको बनोट जलचरजस्तो, कसैको उभयचर, कसैको मानवीय, कसैको यान्त्रिक ।
वैज्ञानिक निष्कर्ष :
यी अन्तरिक्ष प्राणीहरू विभिन्न ग्रहका हुन्, र तिनको आगमन पृथ्वीको एक साझा बिन्दुमा— शायद मानव सभ्यता र अन्तरिक्ष सभ्यताबीचको पहिलो आदानप्रदान बिन्दु हो तर एउटा प्रश्न अझै बाँकी छ — यी आगन्तुकहरूको उद्देश्य के हो ? अन्वेषण, मैत्री–सन्देश, वा पृथ्वीको अध्ययन मात्र ? वा, यो त केवल अन्तरिक्ष सम्पर्कको आरम्भिक प्रस्तावना हो ?
नियो कान्तिपुर “संवाद र सम्पर्कको युग” तर्फ प्रवेश गर्न तयार भएको छ ।
...................................................................................
अज्ञात प्राणीहरूको तस्वीर
नेपालमा “उड्ने रिकापी” र अन्तरिक्षयात्रीको रहस्य केवल कथा–कथनमा सीमित थिएन । केही व्यक्तिहरूले त्यसलाई प्रत्यक्ष देखेका मात्र थिएनन्— दृश्य र छविमा कैद पनि गरेका थिए । वेरोन हाडा वान प्यापोन, नियो भक्तपुरका प्रसिद्ध फोटोग्राफर, एउटा साहसी घटनामा संलग्न थिए ।
उनी स्वयं भन्छन्— “मैले उड्ने रिकापी र त्यसमा सवार चार अन्तरिक्षयात्रीहरूको फोटो खिच्न सफल भएँ तर, मेरो जीवनकालमा मैले त्यो तस्वीर कसैलाई देखाइँन । मृत्यु पश्चात मात्र ती नेगेटिभहरू सुरक्षित राखिएको खाम खोल्ने अनुमति पाइयो ।”
उनले खिचेका ती छविहरूले देखाउँथे— अन्तरिक्षयात्रीहरू पहेंलो वर्णका, हात घुँडामुनिसम्म लामो, छालामा बालकहरू जस्तै कोमलता, टम्म–जीउ ढाक्ने कालो पोशाकमा आवद्ध तर, खाम आजसम्म हराइरहेको छ । फोटोग्राफरको मृत्युपछि पनि खोजबिन जारी छ, तर ती नेगेटिभहरूको कुनै प्रमाण पत्ता लागेन ।
त्यसैगरी, रोजवेल–दुर्घटनाको गहिरो अनुसन्धान गर्ने पत्रकारहरूले कसैले जीवित अन्तरिक्षयात्रीलाई नेपाली सैनिकहरूले नियन्त्रणमा लिएर सुरक्षित स्थानमा लैजाँदै गरेको तस्वीर फेला पारेको दाबी गरेका छन् ।
तर रहस्य अझै गाढा छ— जीवित अन्तरिक्षयात्रीको भाषा र संकेत के थियो ? ऊ कुन ग्रह वा लोकबाट आएको थियो ? र भविष्यमा हामीसँग प्रत्यक्ष संवाद सम्भव हुने हो कि होइन ? यी प्रश्नहरू अझै अनुत्तरित छन् । विश्वका वैज्ञानिक, पत्रकार र अनुसन्धानकर्ताहरू अझै त्यो अज्ञात प्राणीको वास्तविक स्वरूप, उद्देश्य र उत्पत्ति बुझ्ने प्रयासमा छन् ।
फोटोग्राफरको खाम र अवलोकनले देखाउँछ— उड्ने रिकापी र अन्तरिक्षयात्रीको रहस्य केवल दृश्य होइन, यो प्रतिक्रियाशील, जीवित र खोजको लागि चुनौतीपूर्ण सम्पर्कको प्रारम्भिक संकेत हो ।
प्रत्यक्ष प्रमाण र दृश्यहरू बाहिर आएका छन्, तर अन्तरिक्षयात्रीहरूको वास्तविक भाषा, ग्रह र उद्देश्य अझै रहस्यमै छन्, र भविष्यको सम्भावित संवाद र खोजप्रतिको उत्सुकता बनाइरहेको छ ।
......................................................
देवता वा अन्तरिक्षयात्री ?
मानव सभ्यताको इतिहास र उड्ने रिकापीहरूको रहस्य केवल आधुनिक युगमा मात्र सीमित छैन । प्राचीनकालमा पनि मानिसहरूले अनुभव गरेका र पूज्ने गरेका शक्तिशाली प्राणीहरू—शायद अन्तरिक्षबाट आएका आगन्तुक नै हुन् ।
सुमेरियनहरूले पूजा गर्ने “अपकल्लु” को स्वरूप र विज्ञानका अनुसन्धानले देखाएका अन्तरिक्षयात्रीहरूमा आश्चर्यजनक समानता पाइन्छ ।
प्रख्यात वैज्ञानिक सम्राट अल्बर्ट आइन्स्टाइन भन्छन्— “प्रागैतिहासिक कालमा अर्को ग्रहबाट आएका अन्तरिक्ष मानवहरूले नै पृथ्वीमा सभ्यताको विकास गरेका हुन् ।”
यो विचारमा नोबेल पुरस्कार विजेता डा. फ्रान्सिस क्रिक र डा. लेबी पनि सहमत छन् । उनका अनुसार जीवनको उत्पत्ति सर्वप्रथम अन्य ग्रहमा भएको थियो । त्यसैगरी लेखकहरू डानिकेन, रिचर्डस्, योंग लेविस र एल वियोन पनि यही धारणा राख्छन् । अझ, हरमन कान, एण्ड्र थोमस, क्रेग र श्रामल्याण्ड जस्ता अनुसन्धानकर्ताहरूले तोकिदिए— “हाम्रो पुरातन देवताहरू वास्तवमा अन्य ग्रहका अन्तरिक्षयात्री हुन् ।”
वैज्ञानिकहरूले देखाएका तथ्यहरू यस्तो संकेत गर्छन्— हजारौं वर्षअघि आएको अनौठो यान र प्राणीहरूले माया सभ्यताको थालनी गरेका थिए, आज पनि उनीहरू आफ्ना पुर्खाहरूले आर्जेको स्थानमा यदाकदा उपस्थित हुन्छन् ।
उत्कर्ष निर्णय साझाशोधका सोभियत वैज्ञानिक अल्ताफ र भोज्लिबेन्नी वेलारिना जुराव भन्छन्— “देवताहरू प्रायः ‘स्वान’ तारा मण्डलका ग्रहहरूबाट आएका थिए ।”
यस्तै, पेरूको प्राचीन शहर नाजकामा फेला परेका जटिल ज्यामितीय सडक तथा मैदानहरूको अध्ययनले पनि यो संकेत दिन्छ— ३७ माइल लामो र १ माइल चौडा, ज्यामितीय रूपमा व्यवस्थित, ‘इंका’ सभ्यता निर्माण गर्ने अन्तरिक्ष–प्राणीहरूको हवाइ मैदान ।
अत्यन्त प्राचीन देवता र आधुनिक उड्ने रिकापीका यात्रीहरू बीचको समानता पुष्टि गर्छ— मानव सभ्यता, पुरातन देवता र अन्तरिक्ष आगन्तुकबीचको सम्बन्ध केवल मिथक होइन, यो वैज्ञानिक अनुसन्धान र प्रमाणको मिश्रण भएको वास्तविकता हो ।
.............................................................................
अन्तरिक्षमानवद्वारा पृथ्वीमा आक्रमण ?
स्थानः नियो कान्तिपुर, नेपाल मितिः ३० अक्टुबर २९३८
त्यो दिन स्थानीय रेडियोले भयभीत र अत्तालिएको स्वरमा प्रसारण गर्यो— “गीता ग्यालेक्सीका अत्रु ग्रहका बासिन्दाहरूले पृथ्वीमा आक्रमण गरिसकेका छन् । उनीहरूको आक्रमण घातक र अजेय छ । तपाईंहरू तुरुन्तै सुरक्षित भएर बस्नुहोस् ।” रेडियोको चेतावनीले नियो कान्तिपुरवासीहरूलाई त्रस्त बनायो ।
मानिसहरू आ–आफ्ना घरबाट भागे, खुला मैदान र सडकतिर दौडे, केहीले सुरुङभित्र लुक्ने उपाय गरे । सडकमा, पार्कमा र खुला ठाउँमा मानिसहरूको डर–भय झल्किन्थ्यो । कोही–कोही आकाशतिर हेर्दै सोच्थे—मानौं कुनै प्रलयंकारी संकटले सम्पूर्ण शहरलाई निल्न लागेको छ ।
त्यसै समयमा, रेडियोले फेरि चेतावनी जारी गर्यो— “नजिकैको पार्कमा अर्को ग्रहका अन्तरिक्षयात्रीहरूको अनौठो यान उडेको छ । पृथ्वीमा आक्रमण गर्ने संभावना भएकाले कसैलाई पनि उक्त पार्कतिर नजान सूचित गरिन्छ ।”
तर, स्थानीय जनता रोक्न सकेनन् । केही घण्टासम्म पार्कको वरिपरि घुइरो लागे, यानको रहस्यमय ढोका खुल्ने क्षण पर्खिए । ढोका खुल्दा एउटा प्राणी बाहिर निस्क्यो तर वास्तविकता थाहा पाएपछि सबै अचम्ममा परे— त्यो प्राणी कुनै अन्तरिक्षयात्री होइन, नियो कान्तिपुरको वरिष्ठ वैज्ञानिकहरूले रेडियोमार्फत सिर्जना गरेको चेतावनी–प्रयोगको हिस्सा मात्र रहेछ ।
यो प्रयोग एच. जी. वेल्सको प्रसिद्ध अनुसन्धान ‘द साइन्स बार अफ द वल्र्ड’ मा आधारित रेस्क्यू अभ्यास थियो । रेडियोले जुन ‘आक्रमण’ सूचना दिएको थियो, त्यो वास्तवमा नागरिकहरूलाई सचेत र परीक्षण–अनुकूल बनाउन गरिएको थियो । उता, अष्ट्रेलियाको गाउँको पार्कमा पनि यस्तो प्राणी देखियो, तर त्यहाँको प्राणी विज्ञान प्रयोगको माध्यमले मानव भएको प्रमाणित भयो ।
स्थानीयहरू केवल अचम्मित भएनन्, रेडियो स्टेशन र परीक्षणसँग पनि रमाइलो गरे ।
यी दुवै घटनाले संकेत दिन्छन्— अहिले पनि मानिसहरू अर्को ग्रहका प्राणीहरूप्रति अत्यन्त उत्सुक छन्, तर वास्तविकता र भयबीचको अन्तर बुझ्न अझै चुनौती छ ।
.........................................................................
नेपाल र भारतमा...
अब एउटा प्रश्न उठ्छ—यी उड्ने रिकापीहरू केवल नेपालमा मात्र देखा पर्छन् कि ? वा यो घटना विश्वव्यापी हो ? वा नियो कान्तिपुरमा मात्रै किन देखा पर्छन् ?
भारतमा घटनाः
१७ मार्च, सन् २९७८ मा दिल्ली मा ‘उड़न तश्तरी’ ले ठूलो उत्पात मच्चायो । उडन तश्तरी आकाशमा देखा पर्दा त्यहीसंगै आँधीबेरी चल्यो र रेडियोधर्मी तत्त्वहरू बढे । त्यसै वर्ष, ३ अप्रिलमा बम्बई र राति अहमदाबाद मा उडन तश्तरी देखिएको रिपोर्ट भारतीय समाचारपत्रहरूमा प्रकाशित भए । भारतीय वैज्ञानिक र विज्ञान प्राध्यापकहरू यस घटनाले चकित भए ।
नेपालमा घटनाः
३०३९ सालको साउन महिनामा साँझतिर नियो कान्तिपुर वासीहरूले आकाशमा अज्ञात वस्तु उड्दै गरेको देखे । त्यो बेला करिब १००० वटा रिकापी एउटै समयमा उड्दै थिए ।
उड्ने रिकापी (UFO) विश्वभर परिचित भएका छन् । यस विषयमा हजारौं अनुसन्धानात्मक पुस्तकहरू लेखिएका छन् र थुप्रै चलचित्रहरू बनेका छन् । यद्यपि, उड्ने रिकापी र अन्तरिक्ष मानवको ठोस प्रमाण अहिलेसम्म फेला पार्न भने सकेनन् ।
पृथ्वीभन्दा बाहिर पनि जीवन र विकसित सभ्यता रहेको कुरा सन् २९४७ मा पत्ता लागेको थियो । प्रकृतिका धेरै रहस्य अझै खोजिन बाँकी छन् । मानवको जिज्ञासा, मस्तिष्कको क्षमता र अन्वेषण गर्ने प्रवृत्तिले भविष्यमा यस रहस्यको पर्दाफास गर्ने छ । दिन आउनेछ जब हामी अन्य ग्रहका प्राणीहरूसँग संवाद गरी अझ सभ्य, समृद्ध र पूर्ण जीवन अनुभव गर्ने अवसर पाउँछौं ।
....................................................................
उडन तस्तरीको राजधानी नियो कान्तिपुरमा भावः आशा, उत्साह र अन्वेषणको रोमाञ्च ।
आज नेपाल उडन तस्तरी (UFO) सम्बन्धी घटनाहरूको देश बनेको छ । नियो कान्तिपुर यस देशको उडन तस्तरी राजधानीको रूपमा स्थापित भएको छ । यो ठाउँ अब ग्यालेक्सीभरिका प्रमुख पर्यटन स्थलहरू मध्ये एक बनिसकेको छ । यहाँ हरेक वर्ष लाखौं अन्वेषक, वैज्ञानिक, पर्यटक र जिज्ञासुहरू आउने गर्दछन् । उड्ने रिकापी, अन्तरिक्ष मानव, अज्ञात प्राणी र रहस्यमय यानहरूको खोजीको केन्द्र नियो कान्तिपुर नै बनेको छ ।
यसले मानवको जिज्ञासा, विज्ञानमा उत्साह र अन्तरिक्ष अनुसन्धानको महत्व झल्काउँछ । भावः उत्साह, विश्वव्यापी मान्यता, विज्ञान र पर्यटनको समिश्रण ।
..............................................................................
उडन तस्तरीको राजधानी – नियो कान्तिपुरको विश्वव्यापी चमत्कार
नियो कान्तिपुर अब केवल नेपालको शहर मात्र होइन, उडन तस्तरीको राजधानी र सम्पूर्ण ग्यालेक्सीको प्रमुख पर्यटन स्थल बनेको छ ।
शहरको सजावट र पूर्वाधार अत्याधुनिक विज्ञान र कला मिसाएर निर्माण गरिएको छ । सडक, पुल, भवन र पार्कहरू सबैमा सौर्य–ऊर्जाबाट चल्ने प्रकाश, हावा–स्वच्छता प्रणाली र आकाशमा उड्ने रिकापीहरूको अवलोकन डेक राखिएका छन् ।
प्रत्येक कुनामा होलोग्राम प्रदर्शनी छ, जहाँ पर्यटकहरूले अन्तरिक्ष यात्राको दृश्य, अज्ञात ग्रहहरू, उड्ने रिकापी र अन्तरिक्ष प्राणीहरूको जीवन प्रत्यक्ष देख्न सक्छन् ।
उच्च प्रविधि अनुसन्धान केन्द्रहरू शहरका विभिन्न भागमा फैलिएका छन् । त्यहाँ उड्ने रिकापी, अन्तरिक्ष यान, अन्तरग्रहीय सञ्चार प्रणाली, अन्तरिक्ष–जीव विज्ञान, र एलियन प्रविधिको अनुसन्धान भइरहेको छ ।
शैक्षिक र अनुसन्धान संस्थानहरू विश्वभरका वैज्ञानिकहरूलाई आकर्षित गर्छन् । यहाँ विद्यार्थीहरूले मात्र होइन, वैज्ञानिकहरूले पनि वास्तविक अन्तरिक्ष प्राणी र यानसँगको संवाद, अनुसन्धान र प्रविधि परीक्षण गर्न सक्छन् ।
साँस्कृतिक समारोहहरू पनि अनौठो छन् – मानिस र अन्तरिक्ष प्राणीहरूको साझा सांस्कृतिक प्रदर्शन, अन्तरिक्ष–संगीत, अन्तर–ग्रहीय कला प्रदर्शनी, र उड्ने रिकापी दौड प्रतियोगिता ।
पर्यटकहरूको अनुभव लोमहर्षित र अद्भूत हुन्छ – आकाशमा तैरिरहेका रिकापीहरू, रङ्गीन प्रकाश, हावामा झुल्किने हल्का ध्वनि तरंग र चम्किला हॉलोग्रामले सबैको मनमोहक दृश्य प्रस्तुत गर्छ ।
नियो कान्तिपुर मात्र शहर होइन, विज्ञान, रोमाञ्च, पर्यटन र अन्तरिक्ष ज्ञानको केन्द्र बनेको छ । यहाँ आएर मानव जिज्ञासा, प्रविधिको चमत्कार र अन्तरिक्षीय अन्वेषणको वास्तविक अनुभव लिन सकिन्छ ।
...........................................................................
नियो कान्तिपुर – उडन तस्तरीको राजधानी र पृथ्वीको भविष्य
अक्टोबर, सन् २९५४ देखि सुरु भएको रहस्यमय उड्ने रिकापी र अन्तरिक्ष प्राणीहरूको शृङ्खला यद्यपि प्रारम्भिक अनुभव र प्रत्यक्षदर्शीहरूको दाबीबाट शुरु भएको थियो, तर आज त्यो कथा वास्तविकता र वैज्ञानिक अनुमानको सिमा नाघेर हाम्रो भविष्यलाई आकार दिइरहेको छ । डा. रोहित र डा. विजयजस्ता अनुसन्धानकर्ताहरूले देखेका अनौठा यान, उड्ने रिकापी र अन्तरिक्ष प्राणीहरू केवल कथा होइनन् – तिनको अस्तित्त्वले पृथ्वीभन्दा पर विकसित सभ्यता र अन्य ग्रहमा जीवनको सम्भावनालाई प्रमाणित गरेको छ । उड्ने रिकापीका दृश्य, अन्तरिक्षयात्रीको विविध रूप–रङ, आकार र प्रविधि सबैले मानव कल्पनालाई चुनौती दिएका छन् र वैज्ञानिक दृष्टिकोणमा अनुसन्धानको नयाँ आयाम खोलेका छन् ।
आज नियो कान्तिपुर केवल नेपालको शहर होइन, सम्पूर्ण ग्यालेक्सीको पर्यटन र अनुसन्धानको केन्द्र बनेको छ । यहाँ आकाशमा तैरिरहेका रिकापी, हल्का प्रकाश र ध्वनि तरंग, अन्तरिक्ष प्राणी र मानवको सहअस्तित्त्वले लोमहर्षित अनुभव दिन्छ । अनुसन्धान केन्द्र, टेलिस्कोप, हॉलोग्राम प्रदर्शनी, अन्तर–ग्रहीय संवाद कार्यक्रम र उन्नत प्रविधि प्रयोगशालाहरूले विज्ञानलाई केवल अध्ययनको विषय मात्र नभई मानव जीवनको रोमाञ्चक हिस्सा बनाइदिएका छन् ।
यस उत्कर्षमा, नियो कान्तिपुरको सुन्दर पहाड, हरियाली जंगल, सफा नदी र आकाशमा झिलिमिली प्रकाशले हामीलाई प्रकृतिको मौलिक रमणीयता सम्झाइरहेको छ । सूर्यको हल्का किरणले पर्वत र नदीमा छायाँ खेलाउँदै छन्, पवनले फूल र घाँसलाई कोरिरहँदा मधुर संगीत सुनिन्छ, र आकाशमा तैरिरहेका उड्ने रिकापीहरूले मानौं पृथ्वी र अन्तरिक्षबीचको पुल जस्तै अनुभव गराइरहेका छन् । मानव जिज्ञासा, प्रकृतिको सौन्दर्य र अन्तरिक्षीय रहस्यको मेलले हाम्रो मस्तिष्क र मनमुटु दुवै भिजाउँछ – अतीतका घटनाहरूले सिकाएका, वर्तमानले अनुभव गराएका र भविष्यले खुलाउने रोमाञ्चक सम्भावनाको साक्षी बने ।