19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भुपेन्द्र महत December 16, 2008, 1:38 am

मुटु भरी दुखी रछ घाऊ बनी चराई दियौ .

श्वास चली र'दा नि लाग्छ जिबन हराई दियौ

खोइ कुन बाटो थियो तिमी सँग हिडि नै रहे.

सहज यात्रा थियो धराप थापी डराई दियौ

साधनामा लिन थिए आरधना तिम्रै थियो

रियाजमा लय हाल्दै थिए तिमी कराई दियौ

फुटेको थेँ टुटेको थेँ तैपनी किन हो जुटेको थेँ

तहस नहस पारी फेरी बिजोक गराई दियौ

सुधो थिए,सच्चा थिए लप्पन छप्पन के था

धोका दीइ धोकेबाज मलाई नै दराई दियौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।