18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म, म जस्तो छैन

कविता आर. एल. श्रमजीवी December 11, 2025, 5:41 pm
आर. एल. श्रमजीवी
आर. एल. श्रमजीवी

समयले धेरै कुरा सिकायो
सबै कुरा सहज भएर होइन
कतिपय घाउहरु निको भएनन्
तर, तिनैले बाँच्न सिकाए ।

पहिले यस्तो लाग्थ्यो,
हृदयले जसलाई जति प्रेम गर्छौ
उसले त्यति नै त्यसैगरी महसुस गर्छ
तर समयले बुझायो
महसुस सधैं बराबर हुँदैन ।

अब बुझे,
समयले सबै कुरा बदल्दैन
तर मानिसलाई बदल्छ
“म“ नै अब पुरानो म जस्तो छैन
आफैंमा थोरै शान्त छु ।

धेरै बिर्सिसके,
थोरै बाँकी छन् बिर्सन
तर बिर्सनु भन्नू भुल्नु मात्रै होइन
शान्त स्वीकार पनि हो
छन् केही कुरा,
जो अब आफैं भित्र बाँच्ने छन्
मर्ने छन् त मै सँगै ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।