19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमा

कविता तेजराज दाहाल December 18, 2025, 7:56 am
तेजराज दाहाल
तेजराज दाहाल

आमाको माया अमर छ
स्नेहको उज्यालो स्वरूप
जिन्दगीको हिँड्ने बाटोमा
हाम्री आमा नै स्थिर दीप

हामी सवैकी हाम्री जननी
आमा हाम्रो अनन्त शक्ति
आमाको काख सँधै सुरक्षित
हट्छन् सवै डर र अशान्ति

धैर्य तिम्रो पहाड जस्तो उच्च
माया तिम्रो सागरभन्दा गहिरो
दुःख र सन्ताप सवै निभाउने
छहारी छ शितल सदैव तिम्रो

आराम निद्रा त्यागी रातभर
तिमीले सन्तानलाई हुर्कायौ
आफू थाकें नभनी जीवनभर
हामीलाई सँधै अघि बढायौ

हाम्रा नाम अघि तिम्रो नाम
हाम्रा सवैपथ तिम्रै पदचिन्ह
मातृत्वको ऋण मोचन गर्न
कहिल्यै हुन्नौं हामी सफल

हाम्रा जननि र जन्मभूमि सदा
स्वर्गभन्दा महान् छन् सर्वथा
यो भनाइ मात्र होइन आमा!
हाम्रो जीवनको प्राण पनि हो

हाम्री आमा तिमी हाम्रो संसार
परिवार शान्ति, शक्ति आधार
तिम्रो स्नेहको ऋणमा आभारी
नतमस्तक छौं हामी बारम्बार

कोटेश्वर, काढमाण्डौ्, हाल - ब्रिसवेन, अस्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।