19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सेती गजल खण्डकाव्यको अध्ययन

कृति/समीक्षा सदानन्द अभागी January 12, 2026, 3:48 pm
सदानन्द अभागी
सदानन्द अभागी

सेती गजल खण्डकाव्यका गजलकार हुन् होमनाथ सुवेदी । होमनाथ सुवेदीको परिचय मैले अरू कृतिको समालोचनामा गराई सकेको हुँदा यहाँ दोहो¥याई रहन नचाहदा नचाहदा पनि अनेसासका संस्थापक अध्यक्ष हुन् भन्न भने छुटाउन चाहिन र यो पनि पुन ः लेख्न मन लाग्यो करिब ४ दर्जन कृति लेखन र करिब ३ दर्जन संस्थाबाट सम्मानित र अभिनन्दित, नेपाली साहित्यका एक सगरमाथा नै हुन् । यस गजल खण्डकाव्य कि नायिका सेतीको खास नाम नन्दादेवी सुवेदी हो । उनलाई बालक कालमा बोलाउने प्रचलित नाम सेती थियो । उनी पिता जीवननाथ पौडेल र माता अमृता देवी पौडेलकी सुपुत्री हुन् । उनको जन्म, पुलाचौर,म्याग्दीमा माघ ४,२००३(जनवरी २४, १९४७)मा भएको थियो । उनको विवाह नोभेम्बर १५, १९५७ मा होमनाथ सुवेदीसँग भएको थियो । उनले ३ छोरा र एकछोरीलाई जन्म दिइन् । पुरुषोत्तम र प्रकाशमात्र उनको साथमा रहे । दीपक भने दिवङ्गत भए । बुहारीहरू क्रमस कल्पना र दया हुन् । छोरीज्वाइ डा. कल्पना÷ बासु सत्याल ।सेती सहोदर तीन छोरा र एक छोरीकी आमा भए पनि उनले अनेसासमा संस्थापक सदस्यभई पु¥याएको योगदानले गर्दा उनी सन् २०१६ देखि अनेसासकी आमा पदवी सहित सबैकी आमा बन्न पुगिन् । जीवनको उत्तरार्ध उनको जीवन कष्टकर रह्यो । मई ८,२०१६को दिन उनलाई मस्तिष्कघात भयो । उपचारपछि उनी बाँचिन । यसरी उनको मृत्यु जनवरी १५, २०२४ तदनुसार माघ १ ,२०८०को दिन उनी दिवङ्गत भइन् । नन्दाले अनेसासको संस्थापक सदस्य रहेर पु¥याएको योगदानको कदर गर्दै ई. १९९६ मा अनेसास केन्द्रबाट अभिनन्दन, ई २००९मा अनेसासबाट सम्मानपत्र, सन् २०१६मा अनेसासकी आमा पदवी सहित सम्मानपत्र, ई.२०१८को अनेसास डीसी, महिला विभागद्वारा, सम्मानपत्र, अनेसास स्थापना दिवसका दिन जनवरी ११,२०२४मा संँस्थापक सदस्यको पदसहित सम्मानपत्र प्राप्त गरिन् ।
कृतिको संंरचना – सेती गजल खण्डकाव्यमा ६४ ओटा गजल रहेका छन् । सबै गजलमा शीर्षक दिइएको छ । ३३ ओटा गजल ५ सेरका छन् । ६ सेरका गजल २१ छन् । ७ सेरका गजल ५ छन्,८ सेरका जगल ४ र ९ सेरका गजल १ छन् । छन्द विधानको हिसाबले यस खण्डकाव्यमा १४देखि १७÷१८अक्षरी सम्मका छन्दहरूको प्रयोग भएको छ । काफियाको प्रयोगमा मिश्रित जस्तै गजल १, स्थापना, प्रार्थना, बन्दना र गजल २ मा पूर्णकाफिया जस्तै न्याउली, खाउली, गाउली, पाउली, दाउली, लाउली, आउली प्रयोग गरिएको छ । यस खण्डकाव्यमा मुरद्दफ (रदिफसहित) र गैरमुद्दफ( रद्दिफरहित) गजल समावेश गरिएका छन् । यसरी यस सेती गजल खण्डकाव्यको सिर्जना भएको पाइन्छ । यसकृतिमा कतै कतै नन्दा नाम पनि आएको पाइन्छ । नन्दा र सेती भन्नु एउटै व्यक्तिको नाकम हो । नन्दा शास्त्रीय छन्द प्रयोग भएको स्थानमा नन्दा नाम प्रयोग गरिएको छ भने लोकलयका रचनामा सेती नाम प्रयोग गरिएको देखिन्छ । यस कृतिको संरचनामा लोकलयको बाहुल्यता भएकोले सेती गजल खण्डकाव्य राखिएको छ । सेतीकै बारेमा सिर्जना गरिएको यो खण्डकाव्यको शीर्षक सार्थक छ । यहाँ होमनाथ सुवेदीले गजल सिधान्तको बारेमा पनि आफ्ना धारणा राखेका छन् –‘‘शास्त्रीय बहरका गजल –मुक्त गजल,हमसकल गजल– हमसकल गजलमा मतला,मकता र सायरी सबैमा काफिया वा रदिफ जे छन् ती सबैमा दोहोरिन्छन् ।” यहाँ गजलकारले भने जस्तै केही गजल पाइन्छन् । भूमिकाकार डा. नारायणप्रसाद शर्मा गैरेले पनि यसलाई पुष्टि गरेका छन् । होमनाथको अर्को जिज्ञाशा –‘खण्डकाव्य हुन्छ कि हुँदैन ?’ यस सम्बन्धमा गजलको इतिहास केलाउँदा खण्ड काव्य, काव्य र महाकाव्यको संख्या निकै कम भए पनि के ही कृतिहरू बजारमा आएका छन् । उदाहरणको लागि केशवराज आमोदी र विमलप्रसाद देवकोटाको गजलदीपिका,(२०६०) शिव रेग्मी ‘प्रणत’को कुन्ती गजल काव्य, गोपाल अस्कको प्रेमान्तर(२०६२)गजल महाकाव्य आदि लिन सकिन्छ ।होम नाथ सुवेदीको सेती खण्डकाव्य सम्बन्धमा डा. नारायणप्रसाद शर्मा गैरेले लेख्नुहुन्छ– ‘नन्दाको यो मृत्युको घटनाको नेरा फेरामा आवेगमा आई, उनैमा केन्द्रित कथालाई यसमा गुम्फन गरिएकाले यो गजलसङ्ग्रह नभएर गजल काव्य बन्न गएस्को हो ।’(भूमिका ङ), यसरी नै आँसुले लेखिएको काव्र्य सेती’ मा लेखिएको कुसु क्षेत्री र मनोज न्यौपानेको लेखमा भूमिकाकारले लेखेका पङ्क्तिलाई नै टिपेर गजलकाव्य भनेका छन् । खण्डकाव्य हुनलाई केही अरु तत्वहरू पनि छन् ।यसमा आएको कथामा होमनाथजी नन्दाको मृत्युको भागमा नै केन्द्रित हुनु भएको छ । यसले सेती (नन्दाको) जीवनको पूर्ण कर्मलाई समेटेको भए यसलाई महाकाव्य नै भन्न सकिन्थ्यो । छन्दको हिसावले हेर्दा लोक लयले नै मुख्य स्थान लिएको छ । मुतदारित बहर, स्रग्विणी हजज र तोटक फाट पूmट प्रयोगमा आएका छन् । भनिन्छ गजल लेखन शृङ्गार आधारित हुन्छ । यस खण्ड काव्य विप्रलम्भ शृङ्गार खास गरी वियोग शृङ्गारलाई बढवा दिइएको छ । यस खण्डकाव्यले प्रेम, दर्द, प्रकृति र समाजलाई समेटेको छ । गजलकारले आफ्नो लेखकीयमा सप्रमाण यो खण्डकाव्य बन्न पुगेको हो भनेका छन् र भूमिकाकार नारायणप्रसाद शर्मा गैरे, कुसु क्षेत्री, मनोज न्यौपानेले यसलाई स्वीकारेका छन् । यी विविध पक्षलाई हेर्दा सेती गजलखण्डकाव्य हो भन्न सजिलेरी सकिन्छ ।
कृतिभित्रप्रवेश गर्दा – सर्ब प्रथम होमनाथ सुवेदीको लेखकीय मन्तव्यमा नै प्रवेश गर्ने इच्छा जागेर आयो । होमनाथ जीले लेख्नु हुन्छ –‘ नन्दा नासकीय जीवन हुन् । । मृत्यु एउटा घटनाको मात्र नाम हो उनी यो क्वान्टम विश्वमा वेभ, आत्मा प्रतीत्व समुत्पादनको नियमानुसार कैवल्य(मुक्ती), मुक्तआत्मा निर्वाण प्राप्त गरेर हामीसित नै छन् ।यी होमनाथजीका अभिव्यक्तिलाई मनन गर्दै गजलकार(नायक) होमनाथ र नायिका सेतीको बारेमा होमनाथजीले प्रस्तुत गर्नु भएको गजल पद्यलाई गद्यलयमा कथाको रूपमा प्रस्तुत गर्दै छु –
गजल–१, वन्दना – काव्य लेखनमा मङ्गला चरणबाट थालनी गरिएको हुन्छ । यहाँ गजलकारले वन्दनाबाट थालनी गरेका छन् । नादिनीलाई प्रेमिका स्थापना गरी काव्यमा साथ दिन प्रार्थना गर्दछन् । नादिनीको मृत्यु भए पनि काव्यमा फर्कन र सिर्जना गर्न सहयोग गर्न आग्रह गर्दछन् । नादिनीलाई गजलकारले पूर्णताको लागि यसरी सम्बोधन गर्दछन्–
पूर्णमा खण्डिता खण्डमा पूर्ण थ्यौ
यो कथा पूर्ण होस् कामना गर्दछु
सेर ५, पृष्ठ १
यो खण्ड काव्य हो, खण्डित छैन । घाटमा घटेको घटनाको सामना गर्दछु । यो खण्डकाव्य कथाहीन भएकाले व्यासमा घुम्दछ, गजलकारले नादिनीलाई ठोस औ ‘वेभ’मा अर्चना गर्दछन् । गजलकारले ध्यान गरेको छु काव्य सेती भएर आऊ नाद र नन्दा भनेर सम्झना गर्नेछु । वन्दनाको अन्तिम सेर यसप्रकार छ –
देख्छु सेती नदी नाच्दछिन् पोखरा
लोकको गीतमा साधना गर्दछु ।
सेर ८, पृष्ठ १
गजल २, भोली के आउली– यस गजलमा गजलकारले काफल चौरमा न्याउली भएर माधुरी गीत गाउँथ्यौ । काफल पाक्दथ्यो खाउली भन्ने लाग्दथ्यो तर–
पूर्वमा जन्मियौ पश्चिमा अस्त भो
काफलै चौरमा कोयली गाउली
सेर २, पृष्ठ २
फ्लोरिडामा शंख बज्यो । संसाररूपी नाटयशालामा लर्कियौ फर्कियौ अव भने सपनामा आएर दाउली । गजलकार विरहमा छन् । उनले हेर्दछिन् भन्दछन् तर नदेखेर बरबराएँ भन्दै गजलकारले यसरी कारुणिक धारा बगाएका छन् –
यादले झस्किई रातमा हिड्दछु
आज नै आइनौ, भोली के आउली ?
सेर ६, पृष्ठ २
गजल ३, तिमीविना रोएको छु –यो गजलमा हृदय विदारक धारणा आएका छन् । गजलकार सेती बिना एक्लो भए पछि उनी रुँदै भन्दछन् –तिमीले विर्सियौ म बिमार पर्दा पनि सम्झन्नौ किन ?आज तिमीविना गति छैन, कहिले काँही आपूm ठूलो हुँ भन्ने ठानेकोमा गल्ती भएको भन्दै माफ पनि माग्दछन् । जीवन संघर्षको वेला साथ दियौ तर आज विर्सेर गयौ । तिमी गएपछि कारागारको बन्दी भए सरह धुरु धुरु रोएको छु । अहिले अनुभूति भएको छ कि सास छञ्जेल हृदयमा बास दिनु पर्ने थियो त्यतिवेला प्रभुत्व जमाइयो तर बेकार भएपछि होस आयो माफ गर भनेका छन् । यस गजलको अन्तिम सेरमा गजलकार यसरी प्रस्तुत भएका छन् –
स्मृति लोप गरी नयाँ जीवन लिएर आयौ
पुर्नजन्म भो कि ‘रिसरक्सन’ सार भएपछि ।
सेर ५, पृष्ठ ३
गजल ४, बाटो म देखाउँछु – यहाँ प्रकृति र पुरुषको धारणा राख्दै पतिपत्नीको व्यवहार भए पछि बाटो देखाउने काम पतिले गर्छ । पति लङ्डो किन नहोस पत्नीले सबै भार बोक्ने क्षमता, ढुङ्गाको भर माटा,े माटोको भर ढुङ्गा एक आपसमा निर्भरता र दुबै मिल्दा दुई आँखा दुई खुट्टा चार भएपछि जीवन चल्छ भन्दै कविले प्रस्तुत गरेका दुई सेर यहाँ प्रस्तुत गर्दछु –
अर्धाङ्गिनी जोडी पूर्णाङ्ग पारे यो रथ चल्दछ
शान्ति छ जीवनमा समुद्र पार भएपछि
सेर ४, पृष्ठ ४
दुई देह यौटै भए के जीवन चल्दैन र ?
संन्यास लिऊँ गाउँको काटमार भएपछि
सेर ५, पृष्ठ ४
हाम्रो धर्मशास्त्रमा पत्नीलाई पतिको आधाअङ्ग मान्दछ । दुबैको संयुक्त प्रयास बाट जीवन चल्छ भन्ने धारणा छ ।
गजल ५, नचिन्ने गरी –गजलकारले बारंबार भन्ने गरेका छन–‘मुक्तआत्मा निर्वाण प्राप्त गरेर हामीसित नै छन् ।’ त्यसो हुँदा गजलकारको कथन छ –
जीवनको गंगामा सयौं गीत गाएर गयौ
फर्कियौ र नचिन्ने गरी प्रीत लाएर गयौ
सेतीको पछिल्लो अवस्था उनी मरेकै जस्तो अवस्थालाई होमनाथले पुनर्जन्म दिलाएकै हुन् तर बुढयौली अवस्था दुखद भएर जीवको समाप्ती भयो । काल जित्न कसैले सक्म्दैन तर नन्दाले स्ट्रकको (झट्काको) फाँसी व्यहोरेर बित्न प¥यो । आफ्नो प्रियबस्तुले छाडेर गए पनि । बोल्दो तस्विर भने होमनाथमा छाएकै छ । होमनाथ भन्छन् –
बरु मलाई लात्तीले हानेको भए सहन्थे
किन जाँदाजाँदै पनि मैलाई चाहेर गयौ ?
सेर ५, पृष्ठ ५
गजल ६, जोतेको दुवैले हो –
जोतेको दुबैले हो बाँझो खेत सायर गयौ
अबुझ म बहरलाई त्यहाँ दायर गयौ
सेर ६, पृष्ठ ६
जीवनलाई हराभरा बनाउन दुबैको उत्तिकै जिम्मेवारी हुन्छ । जीवनलाई गजलकारले मौसम अनुसारको सुन्दर फुल हो भन्दछन् । सेतीले यौवनले मात्तिएर आएर भुलाएर गएको धारणा राख्दछन् । सेतीलाई गजलकारले रातो पूmल जो सौन्दर्यतामा गुलाफको पूmलको रूपमा वर्ण गरेका छन् र उनले नबोलेर गजलकारको काखमा चढाएर गएको हुनाले गजलकारले सुँघ्छन्,चुम्छन् फर्काई फकाई र महकोस्वाद र पूmलको वासना पाउँछन् भन्छन् –
तिमी देख्दिनौ म देख्छु तिम्रो गुलावी सौन्दर्य
अँध्यारोमा नै प्यारको मजा सुँघाएर गयौ
सेर ५, पृष्ठ ६
पूmलले बोल्न पर्र्र्दैन रूपले गीत गाउँछ
घरभित्र र बाहिर स्वर गुन्जाएर गयौ ।
सेर ६, पृष्ठ ६
गजल ७, जोगी बनायौ किन ? – एकलो पारेर छाडेर जाने भए माया किन लगाउने ? वैरागीको जीवनमा गजल किन गाउने जस्ता प्रश्न उठेका छन् । बास्तवमा गजलकारलाई सेतीले तिमी विना बाँच्न सक्दिन भनेर झुटा कसम खानु, मृत्युको मुखमा पुगेर बाच्नु तथा काललाई जितेर माया लगाएर मर्नु । पाकेको बैँंसमा गजलकार रङ्गिनु तर प्रेमको छानो छिनेर जारको छानो छायौ भन्ने प्रश्न गर्दै गजलकार भन्छन् –
काललाई कसैले रोक्न सक्दैन, यो सत्य हो
जित्यौ आयौ गयौ मलाई जोगी बनायौ किन ?
सेर ५ पृष्पठ ७
गजल ८, कसम तिमीले खायौ किन ? – सेतीले कहिल्यै नछुट्ने कसम खाएर, एउटा मृत्यु भोगेर आए पछि उनले नचिन्ने अवस्थामा पुगेपछि किन आएको प्रश्न राख्दै गजलकार भन्छन् – आँखा भए पनि तिमीविना म लङ्गडो थिएँ त्यसमा पनि प्रकृति र पुरुषको संयोग भत्कायौ । संयोगबाट भएका सिर्जना सुन्दर छन् । अचानक मस्तिष्पक घातको सिकार बनेको, अन्धा र लङ्गडाको जोडी टुटेको यस अवस्थाको धारणा सहित प्रश्न गर्दछन् –
नचिन्नेले अमर प्रेमको कथा नभट्याऊ
आधार दिनुको साटो यो जगै भत्कायौ किन ?
सेर ६ पृष्ठ ८
गजल ९, म तिम्रा लागि पागल –मानिस जब गहिरो प्रेममा डुब्छ अनयाशै विछोडिन्छ अवस्य गहिरो प्रेमको असर मस्तिष्कमा पर्छ । यहाँ गजलकार पनि सेतीसँग गहिरो प्रेममा हुन्छन् उनी प्रेममा पागल सरह भएको अवस्थामा बोलाइन्छ, नचाइन्छ, मादल बजाइन्छ, नाता जन्मजन्मान्तरका लागि हो भनिन्छ, बिचमै भुक्याइन्छ, आगो लगाइन्छ, यसरी असह्य पीडामा गजलकारले धेरै प्रश्नहरू तेस्र्याउँछन् र उनले भन्छन् – मानिसभए पछि सभ्यताको पहिचान हुन्छ तर तिमीले डढेलो लगायर किन जलायौ ? गजलकारले मरे पनि प्रेम मर्दैन भनि कसम खान्छन् र पुन प्रश्न गर्दछन् जिउँदो प्रेमलाई किन मारियो ? तिमीलाई माता सम्झेर पूजा गर्थे यति हुँदा हुँदै पनि अवैध पतिलाई खोलामा किन बगाइयो आदि कारुणिक प्रश्न सहित गजलकार भन्छन् –
यति चाँडै नै म बाट टाढा जानु थियो भने
मेरी प्यारी मेरो मङ्गलसूत्र लगायौ किन ?
सेर ६, पृष्ठ ९
गजल १०, सम्झनाको चेतना –मानिस चेतनशील प्राणी हो । उसको चेतना सक्रिय रहन्छ । यस गजलमा गजलकारले चेतनालाई जीवनसँग यसरी गाँसेका छन् –
सम्झनाको चेतनाले नै जीवन हो कायाले
अहिले एक्लाएक्र्लै भए नि लेख्छौ हात दायाँले
सेर १, पृष्ठ १०
मानिसलाई मर्न मन त कहाँ हुन्छ र गजलकारको भनाइ कहर या रहरले छोडेर गयौ तर गजलकारलाई उनको कालो छायाले भने छोडेन । निठुरी भएर नसम्झे पनि गजलकारलाई भने मायाले याद आई रहन्छ, गजलकार सम्झन्छन् एकान्तमा तेल लगाएर उनले कपाल कोरेको र अहिले काइँयो नपाएर चायाले भरिएको । हाम्रो धर्मशास्त्रले पुरुषको आधाअङ्ग स्त्रीलाई मानेको छ । गजलकार यसरी प्रस्तुत भएका छन् –
तिम्रो कोही थिएन , मेरो पनि कोही थिएन
स्पर्श चिदानन्दमा चलाउँथ्यौ हात वायाँले ।
सेर ५, पृष्ठ १०
गजल ११, मूलघरको बिहानी याद– यहाँ वियोगबाट उत्पन्न भएका वेदनालाई प्रष्ट्याइएको छ । सेतीले यस संसार छाडदा मूलघरको विहानी यादलाई दिलाएर गएको र उनी पति भन्दा पहिला गएकोले उनका श्रृङ्गारका बस्तु सारी, चुरा, पोते र सिन्दुर सहित सजिएर गएको । पतिललाई याद आउनु स्वभाविक हो । पतिले मदिरा पिलाएर गएको अनुभूति गर्नु । बहिरी रूप जे भए पनि सेतीको भित्री रूप सुन्दर थियो । कुल्चेर नगएको भए सेतीलाई पूजा गर्ने थिएँ भन्नु, । यदि परीक्षा लिन हो भने गजलकार लुटिन तयार छन् तर जुध्ने आँखा सिलाएर गयौ । सेती मरणासन्न अवस्थामा पुगेर बाँचेर आएपछिको अवस्थालाई यसरी प्रस्तुत गरेका छन् –
गयौ र आयौ फरक्क फर्केर जान सकिनौ
ममाथि ¥यालकाढेर किन ढिलाएर गयौ ?
सेर ५, पृष्ठ ११,
गजल १२, गुलाफको पूmल– सेतीलाई गजलकारले गुलाफको पूmलको रूपमा लिएका छन् । बासनाको सीमा धेरै छ । चुमेर र खाएर सकिदैन भन्छन् । शारिरिक सौन्दर्यको वर्णन यसरी गर्दछन् –
ती स्याउ जस्ता राता गाला आँखा कति चञ्चल !
टोके पनि रगत आउन्न ठुमेर सकिन्न
सेर २, पृष्ठ १२
यहाँ गुलाफले विना आँखा हेर्नु, गजलकारले आँखा भएर पनि हेर्न नसक्नु, सेतीलाई जमरा हौ, पृथ्वी हौ आपूm आकाश हो तर डुमेर सक्दिन भन्नु । सेतीको सतीत्वप्रतिको गजलकारको धारणा–
गुलाफको पूmलको सतीत्व गुमेर सकिन्न
माया अथाह छ आकाशले सुमेर सकिन्न ।
सेर ५, पृष्ठ १२,
गजल १३, अव्यक्त मायाले – जब भावनाको आदान प्रदान हुन्छ यथार्थता खुल्छ तर यहाँ सेतीको मस्तिष्क घात भएपछि पुनर्जन्म ठानिएको अवस्थामा बोली खुल्दैन । दोहोरो वार्तालाप हुँदैन । छुँदा चर्किदा माय भएर नै मरणातुल्य अवस्था बाट फर्केकी, संघर्षको उकालीमा चढेको विर्सिएर तर्सिएकी भन्दै गजलकारले प्रश्न राख्छन् –
तिम्रो चेतना फेरियो होला ज्यान त उही हो
ललप्रेमको याद फर्काउन चुमें तर्कियौ किन ?
सेर २, पृष्ठ १३
यादगार लोप भएकाले नयाँ मानिस बनेऊ र चिन्न सकिनौ तर आँखाले भने गजलकार तिर किन घर्षियौ भन्दै पुरानो यादगारलाई कविले सम्झदै भन्छन् –
अङ्क माल गरी नाच्थ्यौ रासलीला समानको
आनन्द बिर्सियौ प्यारी कुरैमा झर्कियौ किन ?
सेर ५, पृष्ठ १३
गजल १४,मेरो मुखमा हेरेर – यस गजलमा महायात्रामा लागेकी प्रेमिकाले मुखमा हेरेर हाँसेर, प्रेमपासमा बाँधेर, काँसेर, छाडेर हराएकोले प्रेमीले खोजेको खोजैकै छन् । प्रेमीले प्रेमिकाको मुस्कानको तस्वीर लिन खोजेका थिए तर त्यो हुन सकेन प्रेमिकाले प्रेमको बगैंचामा क्रुद्ध फोटो टाँसेर गइन् । उनको सुरिलो स्वर लुकिसकेको थियो काँसेको भए पनि रेकर्ड गर्न खोज्दा पनि मासेर गएको । गजलकारलाई कलकलाउँदो जवानीको फूलको सम्झना छ गजलकारलाई पुन त्यो यादलाई फर्काउन खोज्दा पनि प्रेम पासोमा बाँधेर नासेर गएको धारणा सहित भन्छन् –
बिजुली चम्के झै नौलो याद चम्काएर गयौ
के बिराम थियो मेरो चड्कनी पारेर गयौ ?
सेर ५, पृष्ठ १४
गजल १५, सालिक उस्तै सकलको – सामाजिक सञ्जालमा आज गजल मौलाएको छ । गजलको खेती निकै सब्लाएको छ । अभियानले गजल महफिललाई गुलजार बनाएको छ । सामुहिक गजल लेख्ने अभियानले सबै सबैले गजल लेख्छन् । अभियानबाट आफै गिरफ्तार भएका झगडियाको गजलकारले टसललाई अन्त्य गरिदिन्छन् । अमेरिका देखि नेपाली विश्वसम्म गजलको उच्चाइ बढेको धानका बालाझुल्दा झैं मान्छेकै समूह झुलेको जस्ता यस्तो बातावरण सिर्जना कर्ता–
धानको फसलमा तिमी पहेँलपुर भएर आयौै
अंगाल्दा त्यो त रहेछ तिम्रै सालिक उस्तै सकलको
सेर ६, पृष्पठ १५
यस गजलको मुख्य तात्पर्य प्रेमिकाको नाममा लेखिएका गजल सामाजिक सञ्जालमा व्यापकता पाएका छन् ।
गजल १६, तिमी विना मुर्झाएको – यस गजलमा सेती भौतिक रूपमा अस्ताए पनि आत्मिकरूपमा मैसित छौ भन्ने धारणा आएको छ । सेतीको अभावमा गजलकार मुर्झाएका तर उनको यादले फुर्किन्छन् । उनले लगाएको माया हुर्केको र उनले गजलकारको लागि वलिलदान गरेर गएकीले त्यो भारा गजलकारले तिर्न नसकी पासोमा सुर्काए सरह अनुभूति भएको । प्रेमिकाले प्रेमिलाई तिमी बाहेक कसैलामई देख्दिन भन्ने गरेकोमा प्रेमिले सोधनी गर्छन् किन घुर्काउँदै कुन नेत्रले के देखेर गयौ । तिमीले घुर्काएको तिखो नजर अगाडी छ । घुर्काएको मात्र नभएर घाँटीमा लुर्काएकी छौ । गजलकार भन्छन् –
तिम्रो सास गए पनि बसोबास मैसित छ ।
मसाज गर्छु नुहाई तै पनि किन मुर्झायौ ?
सेर ५, पृष्ठ १६
गवजल १७, सतीले जस्तै –वियोगमा गजलकार छटपटाएको देखिन्छन् । सतीदेवीले शिवजीलाई दक्षप्रजापतिले यज्ञमा नबोलाएर निन्दा गर्दा असह्य भएर होमन कुण्डमा हामफालेकी थिइन् । यहाँ सेतीले पनि सतीकै जस्तो त्यागमा गजलकारलाई हुर्काए कि सीताकै जस्तै पासोमा सुर्काएकी, गुराँसको पूmलजस्तो अनुहार देखाउँदै छायाँमा फुर्कायौ जस्ता धारणा सहित गजलकार भन्छन् –
सत्यता के हो ? असत्य के हो ? चिन्तामा पारेर
चितामा राखी दुबैलाई नै खारेर गुर्कायौ ।
सेर ३, पृष्ठ १७
सेतीको क्षमतालाई गजलकारले यसरी दर्शाएँछन् –
तिमीले जागे बसन्त बास्छ मरेमा शिशिर
भएर ,पनि नभए जस्तै मलाई खुर्कायौ ।
सेर ५, पृष्ठ १७्
मस्तिष्क घातको कारण उनको शरीर छ देख्न सकिन्न, उनमा हुनपर्ने तत्वलाई न छोप्न नै सकिन्छ न भेट्न तर गजलकारलाई भने गलामा पुच्छ«े लर्काएको महसूस हुन्छ । सेती अन्धि थिइन् तर वयको कारण आँखा बसेका होलान् तव पनि ज्यान दिएर किन घुर्काएको जस्ता पीडादाई यथार्थता यहाँ दर्शिन्छन् ।
गजल १८, तिमी जाँदा जाँदै – गजलकारले संसार छाडेर जाने वेलामा सयौं फोटा खिच्छन् ,तिम्रे आँखा चिम्ले पनि आपूmले हेरेको, कपाल कोरिदिएको, माया मारे पनि फोटामा थुनेर राख्ने,संसार छाया हो यहाँ नित्य केही छैन त्यसो हुँदा फोटोमा भए पनि मर्न नदिएको, जहाँ गए पनि फोटासँग सुत्छु जस्ता कारुणिक आवाजमा गजलकार भन्छन् –
अजम्बरी कोही छैन सम्झना हो जीवन
पीडाले आँसु छु पुछेको तिमी जाँदा जाँदै ।
सेर ६, पृष्ठ १८
गजल १९, खिच्छु फोटा – यस गजलमा गजलकारले यो शरीर मरणशील छ त्यसो हुँदा आज छ भोली हुन्न, रहने भनेका फोटा हुन् । हँसिला फोटा खिच्छु । यसबाट सधैं सम्झिएर जिउँदो राखेर काखी च्याप्नको लागि लमतन्न पर्दै फोटा खिच्छु । तिम्रा सामजिक सञ्जालमा फोटा नभएका हैनन् तापनि गुगलका माला लगाएका टन्न फोटा खिच्छु भन्दछन् –
तिमी जाँदा जाँदै तिमीलाई विदा गर्दा गर्दै
तिम्रो अभावले छु भयाच्छन्न खिच्छु फोटा
सेर ४,पृष्ठ १९
काल आउँछ लान्छ, यो ध्रुव सत्य हो । गजलकारले कालका आँखा छल्न सेतीलाई क्याम्रा भित्र भरेका छन् ।
सेतीलाई माछीको संज्ञा दिंदै फुत्किनै लाग्दा फोटा खिचेको धारणा राख्दै सेतीलाई गुलाफ सम्झदै भन्छन्–
गुलाफ मुर्झाएको मैले सहन्न खिच्छु फोटा
तिम्रा फोटा विना म एक्लै रहन्न खिच्छु फोटा
सेर ६, पृष्ठ १९,
गजल २०, विदा हुँदाहुँदै – प्रेमीले प्रेमीका बिदा हुँदाहुँदै यति धेरै फोटा खिच्छन् कि बजारमा फोटाको खेती भएको देखिन्छ तर यी सबै फोटा तिम्रामात्र राखेको छु भन्छन् । यी फोटा जाँदजाँदै खिचेको अमर राख्नको लागि हो । तिमीलाई कालले मृत्युको जारमा भर्छ । फोटा मालकै रूपमा खिचेको र यिनैलाई प्रेममा च्यापी राख्ने, चारैतिर फोटै फोटा यति फोटा किन त ? किनकी मुर्झाउँदो मुस्कान छोप्नलाई । गजलकारले सेतीकोलागि ताजमहल, सालिक, मूर्ति केही बनाएनन् तर बाँच्नको लागि फोटाहरू भने खिचे । उनले साथीहरूलाई फुर्ति नगर्न र गजलकारलई फोटामै पागल भयो नभन्न साथै जीवनको प्यारसारमा फोटो खिच्न देऊ भन्दछन् ।
गजल२१, गृहिणीको जीवन – गृहिणीप्रतिको कविको धारणा यस प्रकार छ .–
गृहिणीको जीवन र मृत्युको यो सङ्घारमा
वासनाभन्दा उपासना गर्छु म विमारमा ।
सेर १, पृष्ठ २१
नारी गृहस्थको घर हो । नारीविनाको महल पनि वेकार छ । नारीकै लागि पुरुषले आर्जन( खेतरोप्छ)गर्छ । नारी गए यो कमाएको कस्ले खान्छ त्यसो हुँदा बाली खाँदा खाँर्दै विहारमा नगएको भए पनि हुन्थ्यो । जोत्ने र मूल व्याड सायर रोप्ने काम ग¥यौ तर अहिले लाग्छ खेतै छाडेर जान थाल्यौ । गजलकारले कमाईको फललाई म एक्लै कसरी खाउँला ? केही दिन बढी बाँचे बाडीचुडी खाउँला । नसोचेको सुन्न चाहान्न, अलविदा भन्न चाहन्न, किनकी निचोडमा बिधुर भएर म मरे बाँच्दिन भाव व्यक्त राख्दै गजलकार भन्छन् –
तिम्रै पसिनाले मेरो सञ्चेतना सिञ्चेको छ,
जान्छ्यौ भने तिमी पैले मै नै जान्छु हतारमा ।
सेर ७, पृष्पठ २१
गजल २२, रोबोट जस्तै –यस गजलमा पतिव्रता नारीको भाव प्रकट गर्दै पहिला तिमीलाई विलौना विसाएको थिए तर अहिले तिमीलाई खेलौना बनाएको छु । तिमी अचेत छ्यौ तर मैले शृङ्गार भरेको छु । तिम्रो मुस्कानमा नजर जुधाएको छु । सेतीको अवस्थालाई गजलकारले भन्छन् –
तिमी जे थियौ त्यो नै छैनौ जे छ्यौ त्यो तिमी हैनौ
नया पहिचानमा प्रेम पैदा गराएको छु ।
सेर ३, पृष्ठ २२
गजलकारले एक अर्कालाई खेलौनाको रूपमा लिएका छन् र नयाँ जीवन प्राप्त नवजीवनको मालि भएर रमाएको कुरा बताएका छन् । सेतीले रोवर्ट जस्तै गजलकारले जे भन्यो त्यही गर्ने पतिब्रता नारी जस्तै खेलौना सजाएको भाव व्यक्त गरेका छन् । बास्तवमा सेती पतिब्रता नारी हुन् ।
गजल २३, खेलौना –
म हाँसेर हँसिना तिमीलाई हँसाएको छु
खेलौना बनेर खेलौना मन पराएको छु
सेर १, पृष्ठ २३
गजलकार आपूm हाँसछन् र हँसिनालाई हँसाउँछन् । आपूm खेलौना बनेर खेलौनलाई मन पराउँछन् । विगतका मानिसलाई हेरेर खेलौनासित खेलौना बनेर रमाउँछन् । गजलकारले प्रश्न गर्छन मान्छे पनि प्रकृतिको खेलौना नै होइन र ? मानिस मात्र नभएर सबै प्रकृतिका (ईश्वरीय) संरचना हुन् । एसै संरचनामा हामी जे छम् त्यसैमा खुसी भएर रमाउनु पर्छ । सेती फेरिएकी छन् । उनले नयाँ पुरानो छुट्याउन्नन् । त्यही जीवन पूरा गर्न कालाई मनाएका छन् आदि भावना सहित गजलकार भन्छन् –
यदि आत्मासित आत्मा जोड्नु नै प्रेम हो भने
खेलौनाको प्रेमीको नमूनामा गनाएको छु ।
सेर ५, पृष्ठ २३,
गजल २४, धेरै पागल– सबै खेलाडी छन् । यी खेलौना हुन् र यी धेरै पागल हुन् । एकले अर्कोलाई जस्ले पागल ठान्छ तिनै घायल हुन् । मानिस सद्दे छैन र स्वार्थी छ । अर्काको स्वार्थमा जो नाच्छन् तीे खाडल हुन् । गजलकारले अरुलाई पागल ठान्नु दुनियाको रीत ठान्छन् र यही रीतमा कसैले ताल लगाउँछ भने ती मादल हुन् । रोग लागेपछि उपचार गर्नु पर्छ । पागल भनेर उपचार नगरी कसैले कसैलाई ठिड्कामा हाल्ने वाला नै टायल हुन् । यसरी गजलकार भन्छन् –
एक सरकारले अर्काेलाई पागल भन्दछन्
भ्रष्टचारमा ती सबै उत्तिकै कायल हुन् ।
सेर ५,पृष्ठ २४
गजल २५, सेती – यस गजलमा पोखराकी सेती नदीसँग खण्डकाव्यकी नायिका सेतीलाई तुलना गरिएको छ –
नदीमा बिरामी पसी हेर्छु सेती
उजेली कली छिन् कसी हेर्छु सेती
सेर १, पृष्ठ
सेतीको शृङ्गार नौले छ, कल्पबृक्ष झुल्छ, मनोहारिणी छन् । गजलकारले बसेर हेर्दछन् । हजारौ खजना नदीका जनाना साथै लज्जा खरानी पाउँछन् र घस्छन् । ससानो मुहार, धपक्के बलेको कला कल्पनाको रूप, लीला ससानो, मुक्ता महगोलाई दसीको रूपमा हेर्नु, उनले रचेका सिर्जना र पोते छ आदि अवलोकन गर्दै गजलकारले भन्तछन् –
तिमीमा छ मोती छ मोती तिमीमा
असीयौं चुरा छन् मसी हेर्छु सेतीं
सेर ७
नदीमा छ सेती लुकेकी सिपीमा
म–नै हो–म–ले लौ खसी हेर्छु सेती ।
सेर ८,पृष्ठ २५
गजल २६, मेरा गल्ती के थिए र ! –सतहत्तर वर्षमा कालको सिकार भएर गएको भनिएको छ ।
धर्म आस्था र विश्वास ती सबै जिएर गयौ
कहाँ गयो धर्म आज ल धोका दिएर गयौ ।
सेर १,
पत्नीको वियोगमा पति पानी बाहिरको माछा सरी तडपिनु, ज्यानै गए जस्तो अनुभूति हुनु , यति चाँडै छोडेर जान्छिन् भन्ने नठान्नु, कुनघाटको पानी पिउनु थियो के पिएर गयौ भन्दै प्रश्न गर्नु, प्रेमीले प्रेमिकालाई बैमानी भन्न पनि नसक्नु, तर फाटेको जिन्दगीलाई सिएर गएको भाव व्यक्त गर्दै प्रेमीले यसरी कारुणिकतालाई पस्केका छन् –
हाय मेरी प्रिया ! बिर्सू म कसरी तिमीलाई !
मुटुको टुक्रामा धड्केर किन फिरेर गयौ
सेर ५, पृष्ठ २६
प्रेमिकाको ७७ वर्षको उमेरमा मृत्युवरण भै, जलेर गएकोमा प्रेमीले प्रश्न गर्छन्–तिम्रो लागि म मर्न तयार हुँदा हुँदै मेरा गल्ती त्यस्ता के नै थिएर मरेर गयौ ?
गजल २७, चढिन् अठहत्तर – यस गजलमा २०२४ साल १० गते काल काल बचिन् नन्दा भनिएको छ । कालले २०२३ सालमा शेष तेह्र दिन छ भनी सातोलिइ गयो ।एक दिन दुई दिन गन्दै कुर्दै, अक्सिजन तलमाथि गर्दा महाकाल आए जस्तो, सुनामीले तर्साए जस्तो भएर एक साल बचाउन पाए पनि धोका पुग्थ्यो भन्दै ती दिन काटिए । २०२४, साल लागेपछि कालले दाह्रा सिई गएकोले जीत भयो । सतहत्तर पुगेर ७८लाग्दा पनि कालले खुट्टा तान्न सकेन जस्ता धारणा आएको छ गजलमा
गजल २८, भक्कानो छोडी रोएँ – गजलकार भन्छन् , उनले जिन्दगीको युद्ध सेतीकै लागि लडे र हार खाएनन्, ज्ञानलाई पनि छाडे,उनले सेतीको मुहारमा शान्ति भेटेका छन्, हस्पिसमा सेलाउन दिन्न भन्दछन् । उपचारको लागि आएका डाक्टर नर्स उपचार गर्न नसकेर भागे । गजलकार कै अघि काल आयो उनलाई रिस उठ्यो उनी क्रोद्धको आगोमा जल्न थाले, चक्रव्यूहलाई कसरी काटु भन्दै यो कठिन युद्धबाट अभिमन्यु चक्रव्यूहमा पारेर मारिएका थिए भनी स्मरण गर्नु, तिमीलाई मराएर म पनि बाँच्दिन काललाई काट्छु तिमी मेरो बिरुद्धमा नजाऊ भन्दान्दै सेती उनलाई एक्लै पारेर गइन् । गजलकार विधुर भए र उनको प्राण अबरुद्ध भयो जस्ता धारणा आएका छन् खण्डकाव्यमा
गजल २९, ब्रह्मलीन – यस गजलमा सेती ब्रह्म या प्रकृतिसँग लिनभएको धारणा आएको छ । पुलुक्क हेरेपछि बौरिएको ठानिन्छ, प्रेम सागरमा पौरिएको, मानिन्छ । गजलकार रुन्चे आँखा जुधाएर झुम्मिन पुग्छन् । सेतीले तत्काल आँखा चिम्लिन्छिन् । गजलकार पल्टिन्छन् । अरू सबै उठेर राम राम भन्न थाल्छन् । भेट्ने मा।निसको भिडलाग्न थाल्छ तर उनलाई छोपिएको छ ।जब गजलकार मुच्र्छाबाट उठ्छन् सेतीको शरीर लौरा जस्तो साह्रो भैसकेको हुन्छ र यस अवस्थामा गजलकारले भन्छन् –
पदार्थबाट मुक्त र वाष्पमा नै ब्रह्मलीन
प्रकृुतिमा अझै धेरै तिमी त मौलिएकी छ्यौ
सेर ५, पृष्ठ २९
गजल ३०, कसरी मुख देखाउने – सेती ब्रमलिन भएपछि कसैको निमन्त्रणामा जान गजलकारलाई निकै कठिन पर्दछ । विवाहको निम्तोमा बाजा बजाउने गाउने नाच्ने काम हुन्छ । यस्तो अवस्थामा आपूm रुदै गीत गाउन जाने हो र ? सेती दिलकी बत्ती, मनकी सुन्दरी हुन् तर मीठो धेका दिएर गइन् । विवाह आदिमा जाँदा नक्कली नायिकासँग पछि लाग्ने मन छैन । गजलकारले सेतीलाई सुनको छानो ठान्छन् र पैह्राले लगेको हुँदा विवाहले पुर्न सक्दैन भन्छन् । भत्केको छानोलाई जस्ताले किन छाउने उनी प्रश्नवाची हुन्छन् । निम्तो नगर, खान मन नभएको ले भोज किन खाने ? बहरलाई दाए जस्तो मलाई दाउने हो ? तिमीहरूले विधुर हैनौ भन्ने कुरा मलाई थाहा छ । यो पनि घर भित्र बसी नखाई नलाई के पाउनेहोर भन्ने पनि थाहा छ । गजलकार भन्दछ्–
संसारको ऐना, त्यो घरकी छैन, मेरो सबकुछ लुटियो
म त हजूर ! ‘लुजर मान्छे’ ! कसरी मुख देखाउने हो र ?
सेर ८, पृष्ठ ३०
गजल ३१, अस्मिता – आइमाईलाई हेपेर कसैले अन्धा भन्नेहरूलाई सेतीले केलाएर गइन् ।भने गजलकारलाई नै दिव्यदृष्टि देखाइ दिइन् । सेतीकै कारण गजलकार रमाएका थिए । गजलकारको भनाइ छ कि देखिएका सबै असत् वा अस्मिता असत हो भन्ने दर्शनको प्रधान द्वारमा उभ्याएर गइन् । गजलकारले भन्छन् –
मर्नुभन्दा बौलाउनु निको तिम्रै लास माथि
मेरो चित्तवृत्तिलाई आगो दन्काएर गयौ ।
सेर ४, पृष्ठ ३१,
जाने र आउने कर्म जारी हुन्छ । तिमी हातमा भने नआउने तर आँखा झिम्काएस्र गयौ जस्ता धारणको साथमा गजलकारले प्रश्न गवर्छन् –
जीवनको यथार्थता हो वा, केको नाटक हो ?
वलिदान दिएर मलाई छक्याएर गयौ ।
सेर ६
गजल ३२, गयौ किन ?– गजलकारले मरेर किन गयौ भन्दै प्रश्न गर्दछन् । मस्तिष्क घातबाट मृत्युका मुखमा पुगेकी आइन् सेती र मुस्कानले हानेर गइन् । पूmल बनेर आयौ र मुर्झाएर किन गयौ ? गजलकार कसम खाँदै भन्छन् कि उनी मर्लान् तर प्रेम कहिल्यै मर्दैन । तिमीले भने जिएँदै प्यार मारेर गयौ ।सेतीको अवस्थालाई गजलकारले भन्छन्–
कहिले झुल्कन्छौ कहिले अस्ताउँछ्यौ बिजुली
क्वान्टमको व्यवहार देखाएर गयौ किन ?
सेर ३, पृष्ठ ३२,
गजलकारले प्रश्न गर्छन् – कहिले दृश्य अनि कहिले अदृश्य तिमी पदार्थ हौ कि ‘वेभ’ हौ ? विशाल छातीलाई चिडाएर गयौ किन ? अन्तिम सेरमा गजलकारले भन्छन् –
हेरेर पनि हेर्दिनौ बोलेर पनि बोल्दिनौ
उताको मलाई यता फर्काएर गयौ किन ?
सेर ५ पृष्ठ ३२
गजल ३३, छोडेर खाली गयौ – यहाँ पनि मार्मिक धारणा आएका छन् । दुबैको साझा कोठा छाडेर, अन्यायीलाई गालेर,गलतको विरुद्ध काली बनेर,कोसेलीको रूपमा आफ्नै जस्तो साली छोडेर, छेक्दाछेक्दै, फुत्काएर, धोका दिएर अँध्यारो खनेर,असंख्यलाई अनाथ बनाएर , भत्किएको पाली हालेर गयौ जस्ता धारणा सहित गजलकार भन्छन् –
डायस्पोराको थुन्से लगी दिएर डाली गयौ
यो विस्तरामा दागबत्ती फुकेर बाली गयौ ।
सेर ७, पृष्ठ ३३,
गजल ३४,तिमी किन आइनौ – पूmल फक्रिएको देख्दा, सेती? त्यहाँ देखिइनन् । बसन्तले वहार ल्याउन प्रने हो तर वैराग ल्यायो गजलकारलाई गजल लेख्न मन लागेन । यही वसन्तको वेला नयाँवर्ष आयो र सेता राता पूmल फुले तिमी नआएको हुँदा पराग हेरिन । गजलकार सेतीको अभावमा यति विह्वलछन् कि नदी किनारको कोलहालमा नदीमा हेलिन जाँदै छन् । वसन्त ऋतुमा सेतीलाई सधैं नदी किनामरमा हिंडेको पाउँथे तर आज सेती नभएर बाढी आयो नदी तर्न पुल पाइन, रंगीन रातो डेकमा बसेर घामलाई प्यारो ठान्ने सेती, आज नभएर डेक रोइरहेको छ ।
सेतीलाई पाउन गजलकार अति आतुर छन् र भन्छन् –
बगैँचालाई सोधेँ नन्दा छाउथिन् यहाँ किन छैनन् ती ?
सबै अवाक रोएका छन् मैले मेरै मन थाम्न सकिन ।
सेर ६,पृष्ठ ३४
मदन (कामदेव), रती (मदनकी पत्नी),बसन्तको बहार सबै छन् तर तिमी छैनौ । त्यसैले मैले सास फेर्न सकिन भन्दै गजलकारको विलौना छ ।
गजल ३५, यहाँ आएर – गजलकारले सेतीले संसार छाडेपछि खुदो खाएको धारणा राख्दै वियोगको विलौना गरेका छन् । उनले सेतीलाई अमेरिका लान ठूलो प्रयत्न गरेर लगे, उनी अमेरिका बाटै गइन् । भिसा लागेकोमा हस्कनु मस्कनु ठूलो ठान्नु तर सेतीले अमेरिकाबाटै संसार छाडदा व्यर्थ भएस्को ठान्नु । अमेरिका उनी चौटा खान आएका तर झोलमा डुबे, अमेरिका जानठूलो लगानी गर्नु पर्छ, त्यो लगानी डलरमा साटे, धनैका लागि धनीकी छोरी विवाह गरे, धनैले खुट्टा काटो, नेपालीमा बोल्दा घृणा जाग्थ्यो र अङ्ग्रेजी बोल्न थाले तर त्यही अङ्ग्री ्जुता चाट्न प¥यो , आमालाई रुवाएर मूल घर छाडेर अमेरिका आएको र अमेरिकाले नै दाएको धारणा राख्दै कवि भन्छन् –
सेतीलाई सुख दिन मैले नेपाल छाडे
अमेरिकाले उनै मारेर खुदो खाएको छु ।
सेर ९, पृष्ठ ३५
गजल ३६, अर्कीे – सेतीलाई महत्वपूर्ण स्थान दिंदै गजलकार भन्छन् –
यता सुकेको छ पाखो उता नदी रितिएको
तिमी विना चन्दनकी परी पनि गन्द हुन्छन् ।
सेर ४, पृष्ठ ३६,
अर्कीले पनि गजलकारलाई माया गर्छे । उसलाई दुई पैसा दिन गजलकारका मुठी बन्द हुन्छन् । गजलकारलाई एक्लो पाएपछि गायिकाका छन्द खुल्छन् । गजलकार अर्की नर्तकीको नाच हेर्न गएकोमा गजलकारले हेर्न सक्दैनन् । सेती गएपछि गजलकारलाई माया गर्न परी आउँछे, तर सेती विना परि त के मकरन्द( पुष्पमधु) पनि खस्रो हुन्छ ।
गजल ३७, प्राप्तः यात्रा – यस गजलमा गजलकार यायावर भएर सेतीको बिउ छर्दै, सेतीको छायाचित्र हेरेर यात्रा पार गरेका छन् । गजवलकारले सपनामा पनि सेतीकै याद गर्नु , विपनामा पनि सेतीकै लागि पानी भनुर्, प्रात काल सन्ध्याकालमा घुम्नजाँदा कदम कदममा सेतीकै चित्र कोरेका छन् । जहाँ जहाँ सेतीको छाया देख्छन् त्यहाँ त्यहाँ चर्न पुग्व्छन् र भन्दछन् –
देखे मन नदेखे नि एक साथै जाडेको छु ।
पर्ख भेट्छु सगरमा भर मैले परेको छु ।
सेर ५ ,पृष्ठ ३७
गजल ३८, सन्ध्या यात्रा – गजलकारले रात र दिन नभनी कन, विहान बेलुका विना भेद, आपूmले आपूmलाइ नै छुट्ट्याउन नसकेको अवस्थामा सेतीका साथ पाएर प्राण भरेका छन् । ज्युदो या मरेको थाहा नहुँदा नहुँदै पनि साक्षात्कारको लागि गर्न पर्ने काम गरेका छन् ।गजल कारले लुकेकी प्रियालाई माथी देख्छन् र छुन खोज्छन् तर तलै झर्छन् । गजलकारले सेतीलाई सोधनी गर्छन् कि तिमी स्वयम् र पे्रमीलाई चिन्छ््यौ या चिन्दिनौ तर गजलकारले भने मुटुभित्र फर्की आउनलाई छाती चिरी राखेका छन् ।
गजल ३९, दोधारमा परें – यस गजलमा गजलकार दोधारमा परेका छन् । किताव पढ्ने कि सेती पढ्ने, ।उनको चाहना थियो हिमाल चढ्ने तर उनी चोभारमै रोकिए ।जीवनमा उक्लिन र खस्न दुबै हुन सक्छ तर सेतीको मौनताले गर्दा गजलकार आफन्तकै लौहारमा परे । गजलकारले सेतीको मरणासन अवस्थालाई पार लगाएकै हुन् तर आज उनी दोबारामा परें । गजलकार भन्छन्–
प्यारको खातिर चेताउन ,तिम्रा गोडा धोएकै हुँ
आज आशीर्वाद पाउने बेला , म दोचारमा परें ।
सेर ४, ३९
गजलकारले सेतीलाई भन्छन् – तिम्रो माया ममा थियो किन कि मलाई कसैले हान्न थाले उल्टै तिमीले उसलाई हान्थ्यौ । यिनै कारणले गर्दा तिमी मरे पनि तिमीलाई जिउँदै देख्छु ।यती भन्दा भन्दै पनि गजलकार आफै दोधारमा छन् । हेरांै यो सेरलाई –
तिम्रो ,प्रेम जिउँदो छ कि म¥यो अझै बुभ्mन सकिनँ
म पुस्तक पढूँ वा तिमीलाई ? गोलाकारमा परेँ ।
शेर ६, ,पृष्ठ ३९
गजल ४०, लोकगीत सुन्छु –
पर्दामा पस्यौ प्यारी छम्छम् पायल सजाएर
भित्रै आउँछु घिन्ताङ् घिन्ताङ् मादल बजाएर
शेर १, पृष्ठ ४०
सेती अदृश्य भए पनि गजलकारले मादल बजाउँदै भित्रसम्म पुग्ने बिचार राख्छन् । आफ्ना छोरा ठूला भएपछि आफ्ना रहदैनन् आफ्नो भन्ने पति पत्नी हुन् । तिमी पनि मलाई पागल बनाएर गयौ । शिशुको शिर बाबु आमाले बनाउने हो । आँखा सुन्दर बनाउन ‘एआइको काजल लगाएर बनाउने हो । विविध कुरा गर्दागदै गजलकार भन्छन्–
तिमी छैनौ निदानमा लाग्यो रोग पराइको
दिमागी गुलामीको चर्को कायल गराएर
सेर ४, पृष्ठ ४०
गजलकारले सेती कहाँ बस्ने, के खाने, खाजा मीठो छ या छैन आदि धारणा राख्दै चाामल केलाएर पाकेको भात छाडेर गयौ । यस गजलको अन्तिम सेरमा गजलकार भन्छन् –
नेपथ्यमा गायौ लोकगीत मीठो स्वर सुन्छु
कता लुक्यौ गीतले प्यारी! घायल पराएर ।
सेर ६, पृष्ठ ४०
गजल ४१, काग करायो – कागलाई सन्देश बाहको रूपमा लिइन्छ । काग कराउनु, रातो बुट्टे सारीमा जरायो देखिनु, खरायो सारीमा भएको देख्दा मस्तिष्कमा कम्पन हुँदा खरायो दकुर्नु, घामले पसिना कढाउनु, यही अवसरमा थुँगेपूmललाई टिप्दा टिप्दै सेतीको छाया हराउनु, ढोका ढक्ढकाएको जस्तो लाग्नु, ढोका खुलेनकी भन्ने शंका जगाउनु र ढोका खोल्न जानु,भित्र या बाहिर थाहा नहुनु, बँगैचामा जोत्दै गर्दा दुबैलाई जुवामा नरायो जस्ता अभिव्यक्ति सहित यस गजलको गजलकारले यसरी बिट मार्छन –
मरे पनि बाँच पनि यौटै घाटमा मरायो
ध्यानमा बस्दा सँधै हामी दुवैलाई चरायो ।
सेर ६, पृष्ठ ४१
गजल ४२, साँध चापियो – राष्ट्र राष्ट्रका साँधहरू नाघदै गर्दा केही गर्न सकिएन केवल साँध नै चापियो र साँध सारेर बाँध बाँधियो । सेतीले मौका हेरेर बसेको गजलकारले सम्झन्छन् र भन्छन्–‘ जे जितें त्यो सबै व्यर्थभो नासियो । गैगयो स्वामिनी साँध बेकारभो जिन्दगीको सबै पाउ नै काटियो ।’ गरेका प्रयास सबै तिमी सँगै गयो भनिएको छ।
गजल ४३, मृगको खेती – २०१६को मार्च १८मा न्युजिल्याण्डको अक्ल्याण्ड जानु, प्रियङ्गुको घरको बास हुनु, नन्दा र प्रियङगु बीचको मनोरम साहित्यिक कुरा ,संगठनको काम गर्नु, गीत गाउनु, भोज खानु,एक हप्ताको घुमघाम गरेर बिदाबादी हुँदै गर्दा टौरङ्गका लोकनाथ लिन आएकोले त्यतैतिर लाग्नु । नन्दाले मृगको खेती हेरेर आनन्द लिइन् । प–पन्ध्र दिनको रमाइलो यात्रा गरेर घर फर्केको धारणा आएको छ ।
गज ल ४४, कोरोला नाका –२०२६ सालमा असार तीन गते, मुस्ताङको कोरोला नाकाको जाडोमा होमनाथ र सेती सँगै भएको बेला पञ्चायतले अराष्ट्रिय भनेर पक्रिदा, नन्दा (सेती)अग्नि ज्वाला भएकी तर अलग्याई जेलमा लानु, मुक्तिनाथ जाँदाको घटना हो यो । होमनाथले जेल तोडेर निक्ले । नन्दाको सत्य पथ थियो । त्यो घटनामा नन्दा रोएको सम्झँदा आजै जस्तो लाग्व्छ । होमनाथ असह्य अनाथ हुँदा उनी नाथको रूपमा थिइन् जस्ता धारणा सहित गजलकार भन्छन्–
मुक्तिको लागि सदा ज्यान दिएर लड्यौ तिमी
मुक्ति पायौ, छाम्दा मृत्युको ‘हाथमा’ थियौ तिमी ।
सेर ६ , पृष्ठ ४४
गजल ४५, उता नफर्क – गजलकारले सेतीलाई उता नर्फक म नै भोग हुन्छु ,यतै समात र्मैले ललाट चिन्छु, हामीमा भिन्नता छैन, शरीरमा छुँदा तिमी रसै समानको भए पिएर धाक दिन्छु , देवताको प्रसाद निधारमा लगाउँदै छु भनेर स्वार्थी व्यक्तिको इमान ठेकमा लिन नहुने , समाजको विधानमा दम्पति चिरायु रहुन् भन्ने भए पनि धनबाट ज्यान किन्न सकिदैन । समाजलाई महत्व दिंदै गजलकार भन्छन् –
मसान हैन यौवना, छ सान यो समाजको
उता नफर्क नन्दिनी, यतै म पूmल टिप्छु हे !
सेर ५,पृष्ठ ४५,
गजल ४६, यता फर्क– गजल ४५ उता नफर्क भन्नु र ४६मा यता फर्क भन्नुको दुबै एकै भावार्थ हुन् भन्न सकिन्छ।
गजलकारको भनाइ छ कि तिमी विना म एक्लै कसोगरी सुत्ने, एकैतिर भएमा अद्वैत भै जुट्न सकिन्छ । दुबै सुतेकै थियौं तर गजलकार व्युँझदा उनी कहाँ कसोगरी गइन् पत्तै भएन । यहाँ गजलकारले आपूm ज्योति भएको र सेती दियो भएकोमा दियो पूmटेर गएकोले शून्यता छाउँछ र ज्योति निभ्दछ । गजलकार मरे तुल्य हुँदै भन्छन्–
बचाउनु भए तिमी मियो नफुट्नु पर्दथ्यो
मरँे म जिवितै प्रिये ! कसोगरी म कुद्दछु ।
सेर ५, पृष्ठ ४६
गजल४७, लास नै ‘हनी’ थियो – यस गजलमा गजलकारले अमेरिकी समाज विविधताले सजिएको छ । यहाँ धनीमानी लगायत अपाङ्ग र जङ्ककार्ड पनि यही छन् । मार्ग मार्गमा जीवनवृत्तिको लागि मागेर हिड्ने वाला पनि यहीं छन् । गजलकारले सेतीलाई तिमी गएपछि म एक्लो भएर पागल भएको थिएँ । तिमलाई मैले देखे भन्थे तर त्यहाँ त चाँदनी थियो । याचिकालाई थुतेर कारमा राखेर घरमा लगेर नुहाउँदा, सजाउँदा त मूर्ति सुन्दर थियो । गजलकारले काममा गएको वेला उनले छाडेर गएको धारणा सहित गजलकार भन्छन् –
फँसेर यो विडम्बना म भोग्छु हे रुदै रुदै
भुलूँ कहाँ प्रिया तिमी त –लास नै ‘हनी’ थियो
सेर ६, पृष्ठ ४७,
गजल ४८, क्वान्टम भौतिकीको झ्यालबाट – गजलकारले जन्मदेखि २५ वर्षसम्मको पढाइ पढेको र त्यो शिक्षा नै ‘एआई’(कृत्रिम बुद्धिमत्ता) हो त्यही नै दिमागमा धरेको हो भनेका छन् । विकीपेडियामा अध्ययन गर्दा कृत्रिम बुद्धिमत्ता (एआई) भनेको कम्प्युटेसनल प्रणालीहरूको क्षमता हो जसले सामान्यतया मानव बुद्धिमत्तासँग सम्बन्धित कार्यहरू गर्न सक्छ, भनिएको छ । क्वान्टम क्रान्तिपछि धेरै परिवर्तन भएर आए । लाखौ वर्ष पहिला मानव र चिम्पान्जीहरूका साझा पुस्ता थिए भनिन्छ ।यहाँ गजलकारले‘ क्वान्टम क्रान्तिपछि हामी मानव चिम्पान्जीमा गनिन्छौ’ भनेका छन् ।
यस गजललाई सारभावमा रूपान्तरण गर्नु भन्दा पुरै गजल यहाँ प्रस्तुत गर्न उचित ठाने किनकी यस गजलले क्वान्टम, एआई, इन्टयाङ्गलमेन्ट र क्वान्टम भौतिक जस्ता मानव जीवनसँग व्यवहारमा उतार्न वैज्ञानिक शब्दहरू प्रयोग गरिएको छ ।
जन्मदेखि ,पच्चसि वर्षसम्मका पढाई पढेको हो
त्यो शिक्षा नै ‘एआई’ हो त्यही नै दिमागमा धरेको हो
सेर १
‘क्यान्टम’ क्रान्ति पछि हामी मानव चिम्पान्जीमा गनिन्छौ
यो सभ्यता र संस्कृति फेरिन्छ यो पुरानो मरेको हो
सेर २
अनिश्चितता क्यान्टाको स्वभाव हो उर्जा र प्रकृतिको
जति सकिन्छ पिउन सके पानी अञ्जुली भरेको हो
सेर ३
तिमी बाँचिदिएको भए सय वर्ष हाम्रो आयु हुन्थ्यो
नाच्थ्यौं गामउँथ्यौं रमाउँथ्यौ हामी देवता नै चरेको हो
सेर ४,
तिमी गयौ तैपनि ‘इन्ट्याङ्गलमेन्ट’ भए भेट होला
विश्वास छ ‘क्वान्टम’ भौतिकीको झ्यालबाट हेरेको हो
सेर ५
तिमीलाई देखेको छु भिन्न ‘ग्यालेक्सी’की अप्सरा जस्तै
सम्झनामा भूत ,भविष्य र वर्तमानमा बाँचेको हो ।
सेर ६
गजल ४९, देखँ देखेको हो–गजलकारले सेतीलाई देखे, आपूmलाई देखे सेतीलाई देखेकै हो र चेतनाको कारणले अस्तित्व देखिएको हो भन्दछन् । उनले जीवनलाई यसरी व्याख्या गर्दछन् – ‘स्मृति, अस्मिता, अस्तित्वको परिधिमा हामी जीवित छौं । जीवन त्यही हो जे याद गर्छौं त्यो नै सेव गरेको हो ।’ गजलकारले यहाँ क्वान्टम भौतिकीकाकुरा उठाएका छन्, अमर हुने कुरा उठाएका छन् । केषिकाका, टिलोमर(टेलोमेरहरूले क्रोमोजोमहरूको छेउलाई भत्किन वा अल्झनबाट जोगाउँछन्।)रिपियरका कुराहरू उठाएका छन् । जीवनलाई क्वान्टम भौतिकी र क्वान्टम संसारसँग जोडेर जीवनदर्शनको व्याख्या गर्न खोजेका गजलकारले सेतीलाई भन्छन् –
मेरो अचेतनामा छ्यौ गृहस्मृतिमा छ्यौ र अस्तित्वमा
म र तिमी गए पनि म भित्र छ्यौ तिमी न मरेको हो
सेर ४
क्यान्टम विश्वमा कोही जानु र बस्नुले फरक पर्दैन
जहाँ गए पनि फेरी भेटिन्छौं यो त ठाउँ सरेको हो ।
सेर ५
हाम्रो दर्शनले पनि आत्मा मर्दैन भन्दछ । गजलकारले विज्ञानसँग जोडेर जीवन रहेसम्म शोक र विरहमा मन रोलान् तर मरेपछि तरङ्ग र झङ्कारमा भेटिन्छ भन्दछन् ।
गजल ५०, तिमी आइनौ – यस गजलमा गजलकारले सेतीलाई रोदनोत्सव, जन्मोत्सव,विवाहोत्सव, विजयोत्सव, दीपोत्सव र वसन्तोत्सवमा नआएकोमा गुनासो गरेका छन् ।
गजल ५१, नसुन्नू मरेको– गजलकामरले सेतीलाई सम्झेर एक्लो भएर रहेको अवस्थामा जवानी दिन नसकेको, सन्तान नपालेको, थियौ तिमी साक्षी तिमी पनि गयौ,म मरेको सुन्यौ भने असाध्य रुनेछ्यौ भन्ने धारणा आएको छ।
गजल ५२, कादम्बरी भएन– एउटी नभएर तिमी गएपछि चारवटी भित्र्याएँ तर तिम्रो बराबरी भएनन् । कान्छी २७ वर्षले अन्तर, कवयित्री, उपन्यासकार आदि सँग सम्झौता गर्नु,तिमीले एउटी विदुषी ल्याऊ भनेर विदुषी ल्याएँ,तर–
जाँदाजाँदै, तिमीमा मेरो पारिवारिक जीवनको चिन्ता
के फँसायौ मलाई? कोही तिमी जस्तै कादम्बरी भएन ।
सेर ५, पृष्ठ ५२
गजल ५३, के धुन्छ र ? – यस गजलमा गजलकारले जीवन कहिल्यै एक नासको हुँदैन । जीवनमा कहिले घाम कहिले पानी व्यहोर्न पर्छ । जीवनमा मानिसले सम्झौता पनि गर्नु पर्छ । सधैं सिद्धान्तले मात्र जुनी चल्दैन । बोल्नममात्र सिपालु भएर पनि जिन्दगी बन्दैन आदि धारणा राख्दै गजलकारले सेतीलाई भन्छन् –
प्यारी ! तिमी गयौ कहाँ ?फर्क ऐल्यै यहाँ
तिम्री सौताको सारी पतिले के धुन्छ र ?
सेर ५, पृष्ठ ५३
गजल ५४, जरो काटौंला– सेती गएपछि गजलकारले दुई÷चार दिनको जीवन वितान कान्छी ल्याउने सोच गर्दर्छन् ।सेती जस्तै सोझी होली भने एउटा ठाड,ी लाटी ल्याएर मजा गरौंला तर गजलकार फसादमा परे सेती गएपछि सौता आई उसलाई मर्न परे पनि कहिलै नछुट्टीन बाचा गर्दै आई लभ यू भने तर उसले सारी धोइद्र्याै घुम्न जाउँला यति सुने पछि गजलकारले भनै –
मैले भने हैन पहिले त हिँड जाउँ दुबै
दुव पिपलको रूखमा चढी जरो काटौँला
सेर ५, पृष्ठ ५४
गजल ५५, त्यहीँ भेटौला – अहङ्कार बाट मानिस सफल हुन सक्दैन । तर अहंकारीले हार्न तयार हुन्छ, मर्न तयार हुन्छ अहङ्कार त्याग्न सक्दैन । अहम्ताबाट मुक्त मान्छेलाई अस्तित्व हीनताको बोध हुँदैन र अस्तित्वहीन भएर बाँच्न पनि हुँदैन । गजलकारले सेतीलाई फर्क फर्क भन्थे । अव सौताको सारी धुन भन्दा उतै पर्ख । म यो सँग दिन काट्नु भन्दा सेरिएर आउने धारणा सहित गजलकारले भन्छन् –
मरेपछि भेटिने हो कि होइन के भरोसा
म उतै आउँछु नि लिन बरु त्यही भेटौँला
सेर ५, पृष्ठ ५५
गवजल ५६, ताकम जाउँला –प्रियालाई गजलकारले आपूm आएको हुनाले रातदिन हिडौंला भन्दै आउनको लागि आग्रह गर्दछन्, हात माग्छन् र चिहानबाट तान्छु भन्छन् । यहाँको वैभव चाहिँदैन । केवल तिमी र म भए पुग्छ । प्यारको संसार रचेर सिस्नु फाँडो प्यारसँग खाउँला अमेरिका नभै हामी गाउँमा नै बसौँला । तिमीलाई हाम्रो देश प्यारो लाग्थ्यो आऊ फर्क अमेरिका नबसी ताकम जाउँला भन्दछन् ।
गजल ५७, गजल च्यात्न सकिनँ – गजलकारले सेतीलाई देख्दा पनि तान्न सक्दैनन् । कमिलाले टोकेको, देख्दा पनि कमिलालाई हान्न सक्दैनन् । समात्दा, समात्दै सेती फुस्किन्छिन् र गजलकारले इनारबाट बाल्टीबाट पानी ताने सरह तान्न कल्पना गरेर सही इनार खोज्दै जान्छन् र इनार भेटिन्छ तान्दा धान्न सक्दैनन् । यसपछिको घटनालाई यसरी प्रस्तुत गरिएको छ –
तिमीलाई खोज्न त्यही इनारमा हाम्फालेछु,
बेचैन , आँशुले रुज्यो गजल च्यात्न ।सकिनँ ।
सेर ५, पृष्ठ ५७
गजल ५८, आँशुमात्रै चुहाएँ – यस गजलमा गजलकारले खलामा सुताए, गला मिलाए, कडा घामले पोल्दा छाया दिलाए, उठ्न बस्न नसकेको अवस्थामा दुबै हातले समातेर हिडाए, सेतीले गजलकारलाई दया भावले नासिकामा हेर्र्दा गजलकारले पराप्रीतिले नेत्रलाई जुधाए, जाडोमा घाममा लाने, बगैंचामा डुलाउने, सेतीको अभावै अभावको अवस्थामा गजलकारले सबै सेवाहरू पु¥याए । यत्रो सेवा गर्दागर्दै पनि नतिजा भने यस्तो निस्को –
गरेँ जान त्यागी रहिनौ पियारी
गरूँ के त मै,आँशु मात्रै चुहाएँ
सेर ५, पृष्ठ ५८
गजल ५९, कुनै याद छैन – यस गजलमा गजलकारले सेतीमा पुराना कुराको कुनै याद छैन, नदी या बगैंचामा पनि कुनै नाद छैन, नविन कुरा गर्नको चाहना तर पुराना कुरामा शक्तिहीन, सुसेली हिड्ने गरेकोमा तिम्रा पाद पुग्दैनन्, नाच गान छ्रैन, बोलाइचलाई कुनै छैन, यस्ती सेती मरेसमान भएकी थिइन् तर जगाएँ, पुर्नजन्म भएर बौराइमा ल्याए पनि छाद छैन, तिमी विना शरीर हड्डी भए पनि महादेव जस्तो माद छैन जस्ता अभिव्यक्ति पस्कदै गजलकार भन्छन् –
पुरानी त हैनौ जवानी नयाँ छ
खरो जिन्दगीमा कुनै दाद छैन ।
सेर ७, पृष्ठ ५९,
गजल ६०, भयौ तिमी विधायिका –
थिर्यौ तिमी मभित्रकी उदात्तप्राण दायिका
गयौ कहाँ टिपेर कान लोक गीत गायिका
सेर १, पृष्ठ ६०
गजलकारले सेतीप्रति भावना व्यक्त गर्दै दुबैमा परम्परा संस्कृति रहेको छ । ज्यान दिएर हँसाउने नचाउने नायिकाको रूपमा थियौ । आज तिमी छैनौ त्यसो हुँदा तिमी विना म रिक्त छु, मरे तुल्य छु,। तिमी दयाकी खानी विधायिका भयौ, तिमी गयौ, तिमी जस्तो कर्मशीलता, विना असाध्य धेय हीन भएको अभिव्यक्ति सहित गजलकार भन्छन् –
हिँडेर अर्थ के ? भए त अर्थ हीन जीवन
अचेतना ममा छ गर्नु के खुला निकायिका ।
सेर ५, पृष्ठ ६०
गजल ६१, तपस्या गरेकी थियौ – यस गजलमा सेतीले ताकममा बसेर तपस्या गरेकी थिइन्, संघर्ष गरेकी थिइन् । राम्रा कपडा विहिन पहाडमा बसेर कष्ट सहेर सबै लाई उतारिन् । त्यसैका आधारमा स्वर्गजस्तो देश युएस पुगियो भन्ने भाव अभिव्यक्त भएको छ ।
गजल ६२, सरीता हौ – नदी छ त्यही नदीको महत्व कसरी भयो, सरिताकोे महिमा कसरी हुन गयो जस्ता भावना पोख्दै गजलकार भन्छन् –
गुलिई युवती सरकार थियौ
परिवर्तन भो नदीमा त्यसरी
सेर २, पृष्ठ ६२
कसको अभियोजनमा महिला सरिता भएको जस्ता धारणा सहित गजलकारले पति यहीं भएकोले पतित नभै बस पति सरी । नदी बहदो छ कलकल्कल त्यो नदीलाई म पछ्याउँछु जस्ता भावना पोखिएका छन् ।
गजल ६३ स्रग्विणी – भारतको उत्तरा खण्डमा चारधाम थिए । नन्दिनीका ती मुक्तिदा भए । तीर्थयात्री भएर चारधाममा नै गइयो । तीर्थको दायरा ठूलो थियो । यहाँ गएर पूजापाठ गरेपछि धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सकिन्छ सुख शान्ति मिल्छ भन्ने हो । आज ती कसरी अल्पिए र तिमी सचिदानन्दमा पुग्यौ जस्ता अभिव्यक्ति सहित गजरकार भन्छन् –
स्रग्विणी थ्यौ तिमी पूmलको देशमा
शून्य भयो जिन्दगी मृत्युले एक्लिए ।
सेर ६, पृष्ठ ६३
गवजल ६४, अङ्कमालै गराऔं –गजलकारले तिमी दूर गयौ करायौ उता नभै यता फर्कन किन लजायौ । तिम्रै दिवाना भएर तिम्रा नामका चारओटा किताव निकालेर तिमीमा चाढाएँ । छिनको छिनैमा तिम्रो झल्को आई राख्छ । तिम्ले भुलेर मलाई चराझै उडायौ । नढाँटी कन भन्छु गरौं अङ्कमाल भनेको नभन्दै गरेऊ अङ्कमाल जस्ता अभिव्यक्ति पस्कदै गजलकारले यस खण्ड काव्यको अन्तिम सेर यसरी पस्केका छन् –
छ सङ्गीत प्यारी ! अहम् ब्रह्म जस्तो
नयाँ जीवनी अङ्कमालै गरायौ ।
सेर ६ पृष्ठ ६४

परिवेश –स्थान विशेषलाई हेर्दा नेपाल त्यसमा पनि नेपालका विभन्नि स्थान जसतै मुस्ताङको कोरला नाका, म्याग्दीको खास ताकमले ग्राह्यता पाएको छ । अमेरिकाका विविध स्थान, न्युजील्याण्डको अक्लाण्डा,टौरङ्गालाई परिवेश समेटेको छ । समाजिक परिवेशलाई हेर्दा धनी गरिव, शिक्षित(विद्वान) आदिको वर्णन गरिएको छ । राजनीतिक परिवेशमा कोरोला नाकामा पञ्चायत इतरको आरोपमा स्वयम् होमनाथ नै जेल चलान भएका छन्, धार्मिक प्रकृतिलाई पनि समेटिएको छ । विविध परिवेशलाई समेट्न यो खण्ड काव्य सफल देखिन्छ ।
काव्यको विशेषताका विविध पक्षहेर्दा– भावको हिसावले हेर्दा भावपूर्ण, लयका हिसावले हेर्दा लयात्मक (सबै गाउन सकिने खालका भन्नु भन्दा पनि भिडियो रेकर्ड भएर युटुबमा विमोचन भएको छ ) ठाउँ ठाउँमा बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग, रसको हिसाबमा करुण रस र विप्रलम्भ शृङ्गारको बाहुल्यता,भाषा सरल सर्वस्वीकार्य भए पनि विद्वान वर्गको लागि राम्रो खुराक हुने खालका छन् र कतै कतै अङ्गे्रजी शब्दहरू प्रयोगमा ल्याइएको पाइन्छ ।आजको अत्याधुनिक विज्ञानको गहिराईलाई पनि पाठकले अध्ययनगर्दा सोच्न पर्ने जस्तो लाग्छ ।
अन्त्यमा –
सेती गजल खण्डकाव्यमा गजलकारले पद्यमा प्रस्तुत धारणाहरूलाई साझो रूपान गद्यमा रूपान्तरण गर्ने प्रयास गरको छु । कतिसम्म गजलकारले भन्न चाहेको कुरा उतार्न सकें त्यो पाठक वर्गले मूल्याङ्कन गर्ने कुरा रह्यो । खण्डकाव्यमा पस्किएका गजल सशक्त छन् । गजलकारले दिन चाहेका भावना पाठक तथा समालोचकले हुबहु बुझ्छ भन्ने छैन । पाठक स्वतन्त्र हुन्छ । जे होस् यो खण्डकाव्य वियोग शृङ्गारमा सिर्जना गरिएको छ । शृङ्गारमा पनि विप्रलम्भ शृङ्गारमा सिर्जना गरिएको छ । हरेक गजलको अध्ययन गर्दा पाठकलाई होमनाथले पस्केका करुण रसका भावनालाई एक पत्नी वियोग पतिले अध्ययन गर्दा होमनाथ र सेतीको बारेमा लेखेको हो भन्ने बिर्सेर उसले आफ्नै पत्नी वियोगको घटनालाई सम्झन्छ र ऊ विह्वल बन्न पुग्छ । पाठकका आँखा रसाउँछन् ।
सेती गजल खण्डकाव्यले शोकमात्र नभएर विविधपक्षलाई समेटेको छ । भूमिकाकार डा.नारायणप्र।साद गैरेले लेख्नु हुन्छ –‘विषय शोक भए पनि उत्तर आधुनिकता वाद, वेदान्त दर्शन, साङ्ख्यदर्शन, बौद्धदर्शन, अ।स्तित्ववादको पनि ठाउँ ठाउँमा प्रयोग गरिएको छ ।’पाका साहित्यकारको विविध दर्शनका चास्नीमा तयार भएको यो गजल खण्डकाव्य नेपाली गजल साहित्यकै इतिहासमा एउटा महत्वपूर्ण प्राप्ति बन्न पुगेको छ ।’ म पनि भूमिकाकारका यी नै अभिव्यक्तिमा सहमत जनाउँदै देशप्रेम,पत्नीप्रेम प्रकृतिप्रेम, नारीवादी चिन्तन,राजनीतिक चिन्तन, विदेशमा बस्दाको पीडा, बुढौली जीवनको विकराल अवस्था, विधुरको कष्टदायी जीवन, धार्मिक आस्था, साहित्य दर्शन अद्वैतवाद र द्वैतवाद आदि विविधतालाई समेटदै एउटा अनुपम गजल खण्डकाव्यका सिर्जनाकार होमनाथ, सुवेदीज्यूको दीर्घायु, सुस्वास्थ र उज्ज्वल भविष्यको कामना गर्दै विदा चाहान्छु ।
धन्यवाद
सन्दर्भ सामाग्र्री –
- अभागी सदानन्द, अभागीको प्रेमविहारको षष्ठामृत (२०७०), गजलसङ्ग्रह, लक्ष्मीस्मृति साहित्य समाज, कावासोती, नलपुर
- पौडेल इन्द्रराज, प्रेमाञ्जली (२०६८) –मध्य पश्चिम स्रष्टा समाज,बर्दिया ।
- पौडेल इन्द्रराज, महिमामयी आमा शोकात्मक खण्डकाव्य (२०७४), त्रिवेणी साहित्य परिषद नवलपुर ।
- सुवेदी, होमनाथ, नन्दिनी ,(ई.सं २०८१), काठमाडौ, अन्तराष्ट्रिय नेपाली साहित्य समाज
- सुवेदी, होमनाथ, सेती गजल,खण्डकाव्य (ई.सं २०८१),अमेरिका, अन्तराष्ट्रिय नेपाली साहित्य सम
- ज्ञावली राम–सदानन्दको जीवन, कर्म र व्यक्तित्व (२०७८), त्रिवेणी साहित्य परिषद नवलपुर ।
- Artificial intelligence, wikipedia

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।