19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राष्ट्रपिडा

कविता बद्री पलिखे December 19, 2008, 2:16 am

शरीर

राष्ट्रपिडाको ज्वरोले निष्लोट छ ।

शरीर राष्ट्रनै त हो,

सगरमाथा शिर निहुरिएको छ ।

सँधै घाम उदाउने उज्यालो अनुहार

अँध्यारो देखिन्छ ।

शरिर ज्वरोले निष्लोट छ ।

तनमा ज्वरो छ,

मनमा ज्वरो छ ।

ज्वरो चढेको चढै छ ।

राष्ट्र

पराधिनताको भयस्वास फेरिरहेछ,

जिवन

प्रत्येक साँझ बिहान

मृत्युभय बाचिरहेछ ।

हामि प्रत्येक क्षण र पलहरुमा

भयमिश्रीत गाँस र पिडादायक बासका लागि

ज्वर पिडा भोगीरहेछौ,

राष्ट्र

दुशासनको हातमा परेको छ,

राष्ट्र कुशासनको जालमा फसेको छ ।

शरीर

राष्ट्र नै त हो,

हामी राष्ट्रपीर भोगीरहेछौ,

राष्ट्र

नदीहो जोखिम तिरमा हिडिरहेछ,

शरिर

राष्ट्रपिडाले ज्वरग्रस्त छ,

राष्ट्र

शरीर नै त हो,

शरिर ज्वरोले निस्लोट छ ।

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।