17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हैसियत

लघुकथा डा. रविन्द्र समिर December 19, 2008, 10:41 am

बिहान पाँच बजेदेखि राति ९ बजेसम्म जाहिर पसिनाले न्रि्रुक्क भिजेर रिक्सा चलाउँदथ्यो । त्यसै प्रचण्ड गर्मी, त्यसमा पनि मोटा ग्राहकहरूको कारण जाहिर प्राणवायु निस्कने गरी रिक्सा तान्दथ्यो । कारवालाहरूको हेपाहा प्रवृत्तिको कारण उसले दैनिक दर्जनौँ गाली खाइरहन्थ्यो र उसलाई कार चढ्नेहरूप्रति तीव्र आक्रोश थियो ।

एक साँझ ऊ टाढाबाट आएका आफन्तहरूको कारमा चढेर उनीहरूलाई सहर घुमाइरहेको थियो । आफन्त पछाडि बसेका थिए, उ अगाडिको सीटमा बसेर ड्राइभरलाई इशारा गर्दै नयाँ नयाँ ठाउँतिर घुमाइरहेको थियो । यत्तिकैमा दुईजना भुँडेहरूलाई तानिरहेको रिक्सा असन्तुलित भइ कारलाई ओभरटेक गर्यो अनि जाहिर पछाडि फर्केर आफन्तहरूसँग आफ्नौ हैसियत र भाषा बिर्सेरभन्यो साला रिक्सावालाले सधैँ दिग्गज गर्छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।