19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वागत लघुकथा गान

गीत नन्दलाल आचार्य February 25, 2026, 5:43 pm
नन्दलाल आचार्य
नन्दलाल आचार्य


मधुर शब्दका मुस्कानले सजिएको यो द्वार,
स्वागत छ है स्रष्टा–मन, खुला छ प्रेमिल संसार ।
छोटो तर चोटिलो, मिठो तर गहिरो,
लघुकथाको सुवास मनैभरि फैलियो ।

कार्तिक तीन, अठहत्तर साल, सम्झनाको त्यो बेला,
लघुकथाको फुलबारीमा फुल्यो सुवासिलो मेला ।
क्षणमै जीवन बोल्छ यहाँ, बिम्ब र प्रतीकले,
स्वागत छ है लघुकथाप्रेमी, लालित्यको ढुकढुकीले ।

खेमराजको ओजिलो स्वर, धीरकुमारको वाणी,
नन्दलालको संयोजनमा सजाउँछन् कथा–कहानी ।
साहित्यको उज्यालोमा जोडिन्छ हाम्रो पथ,
लघुकथाले बाँधिरहोस् स्नेहिल हातमा हात ।

नाचौँ, गाऔँ, झुमौँ सबै विमर्शको यो साँझमा,
लप्रनेको प्रेमिल धुन गुन्जियो नेपाली माझमा ।
क्षणमै जीवन बोल्ने लेखाइ, मन–आँगन सुवास भरियो,
लघुकथाको लय समाई, कथा–रसले हृदय भरियो ।

थोरै शब्द, ठूला सपना, मन छुने हाम्रो लघुकथा...
स्वागत छ है स्रष्टा–मन, स्वागत छ है स्रष्टा–मन ।


बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।