परदेशको भीडभाडमा मन किन यति एक्लिन्छ,
आफ्नै देशको आकाशले आँखाभरि भरिन्छ।
टाढा बसे पनि घरको ढोका मनमै उभिन्छ,
आमाको मधुर बोलाइले हृदयभित्रै बगिन्छ।
पहाडका हरिया डाँडामा बाल्यसपना टल्किन्छ,
खोलाकै छेउ खेलिएका ती दिनहरू झल्किन्छ।
साथीहरूको हाँसो–खेलले मन फेरि जागन्छ,
लुकेको बालक भित्रैबाट उठेर बोल्न थाल्छ।
बारीको हरियालीले बिहानै मन रमाउँथ्यो,
बाख्रा चराउने बाटोले जीवनको स्वाद दिन्थ्यो।
चुलोको धुवाँसँगै उठ्थ्यो घरको तातो माया,
परदेशी चिसो हावाले त्यो स्पर्शै पाउन पायो।
बाबुको कठोर हातले दिएको बल सम्झिन्छ,
आमाको मीठो मुस्कानले आँसु फेरि झर्छ।
देशका पाखा–डाँडाले टाढाबाटै बोलाउँछन्,
हिउँदको रातका ताराले गाउँकै याद दिलाउँछन्।
परदेशले धेरै सिकायो, तर धेरै कुरा हरायो,
घरको माया अपनत्वले मनलाई सधैं तान्यो।
देशको माटोको गन्धले हृदयभित्र छाप बसायो,
सम्झनाको उज्यालोले मनमा दियो बलायो।
फर्कने आशाले नै दिनहरूलाई अर्थ दिन्छ,
दूरी कति भए पनि घर–देशले मन बाँधिरहन्छ।
(मात्रिक छन्दमा)
अमेरिका