19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नन्दलाल आचार्य March 1, 2026, 5:35 pm
नन्दलाल आचार्य
नन्दलाल आचार्य

​झुकेर शिर चढाउनुभन्दा मर्नु निको हुन्छ
अन्याय सहेर मौन यहाँ टर्नु निको हुन्छ !

​पसिना बेच्छु बरु, कहिल्यै स्वाभिमान बेच्दिनँ
रित्तो हात भोकै ओछ्यान पर्नु निको हुन्छ !

​काँडाकै बीच फुलेर सुवास छर्नु छ मलाई
सङ्घर्षको छाल सानले तर्नु निको हुन्छ !

​परचक्रीको आहारामा गिद्धे-नजर लाउनुभन्दा
आफ्नै पौरखले भकारी भर्नु निको हुन्छ !

​बाँच्नु छ भने बाँचूँ सधैँ एउटा 'अक्षान्त' बनी
कायर भई स्यालझैँ भुइँमा झर्नु निको हुन्छ !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।