चारैतिर बाक्लो सुनसान छ। दुवै कान बन्द गरी सुन्दा पनि सुन्न सकिन्छ त्यसको आवाज। हेर्दा अस्पष्ट देखिए तापनि सहजबोध गर्न सकिन्छ। रातो समयमा निलो आकाश र हरियो धरतीको समागमबाट उठेको एउटा कालो बिन्दु घरी मान्छे बनेर त घरी छाया बनेर उठ्छ नभमा।
अचल बसेर हेर्दा छ त्यो त्यहीँ। चल भयो त बन्छ छाया। हातमा आरा लिई छाया चिर्दै निस्केको त्यस मान्छेले समय र स्पेसलाई चिरेर दुई फ्याक बनाउने अनेक कोसिस गर्छ। त्यसरी थाकेर उभिरहेको त्यस मान्छेले वर्तमान च्यातेर हेर्दा देख्छ कि शब्दहरू जमेर बनेका रहेछन् एउटा अचल कालो हिउँको गोली।
दार्जीलिङ