छाती च्यातेर देखाएँ चिन्दिन भनिन्
बजारमा मुटु फिजाएँ किन्दिन भनिन्
ल जाऊँ फर्कऊँ गाउँ भाका मिलाउँ भन्दा
अब संगै पिँडमा जाँतो पिन्दिन भनिन्
चिर परिचित बाटो साथै साथै हिँडेको
एक पल फेरी हिँडु भन्दा हिन्दिन भनिन्
संगै मर्ने कसम आउ घाँटी राखुँ भन्दा
तिमी छिने छिनिएउ म त छिन्दिन भनिन् ।।