19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चर्किएका घाउ बिर्सिएका पलमा समेटिएका शीर्षकहरू

कृति/समीक्षा सदानन्द अभागी May 3, 2026, 6:30 pm
सदानन्द अभागी
सदानन्द अभागी

यस कृतिका कृतिकार हुन् प्रा.डा. नारायणप्रसाद खनाल । त्रिवेणी साहित्य प्रतिष्ठानबाट प्रकाशन भएको यस कृतिमा २०५३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्मका ३६६ दिनसम्म दैनिक रूपमा लेखिएका लेख–रचना लाई सङ्कलित गरिएका छन् । यस विषयमा स्वयम् लेखकले भन्दछन् – ‘यी साना साना निबन्धका आकृति २०५३ साल सालका ३६६ दिनको प्रसवव्यथाबाट जन्मेका दैनिकीका खेस्रा र आत्मरतिका छट्पटी पनि हुन् ।’ यसमा लेखकको धारणा अनुसार प्रष्ट हुन्छ कि एक वर्षभित्रका हरेक दिनका महत्वपूर्ण घटनालाई लेखकले यसमा समेटेका छन् । यी कुरालाई प्रकाशकीयमा लेखिएका धारणा –‘यसमा निबन्ध प्रकृतिका संस्मरण, नियात्रा,समालोचना र अन्य स्वतन्त्र विषयहरू समावेश भएकाले यसको आस्वादन अनौठो बन्न गएको छ’ ले प्रमाणित गर्दछ । यसमा लेखकका जीवनका सुख–दुख, आँशु–हाँसो, घाम–पानी,आँधी–हुरी, तथा वर्षभरि आपूmले देखे–भोगेका, दुख–पीडा, वर्षभरि घटेका घटना–परिघटना परिदृश्यहरूका भावावेगहरू छन् ।’ यो कृति २१४ औं भानु जयन्तीमा आदिकवि भानुभक्तको स्मृतिमा पाठक समक्ष समर्पित गरिएको छ ।

अव म यस कृतिका शीर्षकहरूको विवरण पेश गर्दछु । ‘शुभकामना’ (२०५३÷०१÷०१÷०७) शीर्षकबाट लेखनी थालनी हुन्छ । दिन बढ्दै जान्छन् शीर्षक पनि थपिदै जान्छन्– शीर्षकले के के समेटेको छ भन्दा पनि मैले शीर्षकलाई मात्र उल्लेख गर्दै जान्छु । सर्बै उहीउही, चर्लुम्म, मनका गरीबहरू, एक चिम्टी दया, अहँ मैले देखिन, माया भएता,आउँदै गरे !,मुसुमुसु हाँसिराख,सुनमा सुगन्ध, पूmल फुलिरहन देऊ !, मिल के रहो चाँदनी रात पनि, केही अमिलो केही टर्रो, उत्साहका छालहरू, पूmलसँगै हाँस्न सिक !, आँसुको रहमा !, भोकाले गर्छ पाप, सत्सङ्गति, प्यारी लक्ष्मी, आजकल म, गाउनु पर्ने हो कि !, नफुलोस् पूmल न झुलोस् भमरा, रहस्य मय जीवन, अस्मिताको खोजीतिर, सर्वे भद्राणिा यश्यन्तु !, मन भन्छ उडिजाऊँ, र्खै त्यो दिन अझै आएन,मैलो छ तिम्रोमन ?, नाच्न त नाच्ने थिएँ ! ,वैशाख त गयो , हा ! बाबु हा !, बाटा र यानहरू !, कहाँ दुख्छ यो घाऊ ?, व्यूह भेदन कि मूक दर्शक !, तिमी लाख वर्ष जिए !, हाय रे समय निष्ठूर !, जो अगुवा , उही ? , असन्तुष्ट जति सबै रुष्ट !, छिटो आगमन, छिटो गमन, तिमीले बत्ती झै जल्नुपर्छ !, बाटो सजिलो छैन !, त्यहाँ को छ ?, खुसी पनि दुःख पनि , खसी काट भन्दिए !, फेरि पनि अन्तिम दिन !, विदाइ समारोहको खुसीयाली !, जिन्दगीको ज्वारभाटा,अब के बेचूँ,फगत आपूm !, यसरी पनि बाँचिहेरूँ !, जीवन यति व्यस्त रहोस् कि !, भएन समुद्रमै डुबूँ कि !, प्रतीक्षाकै प्रतीक्षा !, होस्टे र हैंसेको प्रश्न, तुरुन्त चाहियो!, किन छाडिस् त !, जहाँ मनै रम्दैन, गन्तव्य पनि निष्फल !, शिक्षा जीवन निःशुल्क, सर्वोपरि साध्यको देखखोजी , जीवन–चर्याको स्वरूप के, अर्थातुरको विवेक, तिम्रो पनि मिति पुग्यो !, तेस्रो वर्ष प्रारम्भ !, असारको पहिलो दिन, हाम्रा ती दिन त गए !, अङ्गुरदेखि अङ्कुरसम्म , एउटा अर्को गर्भाधान, खुट्टी देखी पत्याएँ !, के जन्माउनु अपराध हो ?, एउटा युद्ध जितेजस्तै !, मेरो बानी आँखाको नानी !, धेरै वर्षदेखि उडिरहेछु !, सबै भन्दा निकम्मा !, सावधान हुने कथा, नाजुक छन् पूmलहरू !,यता पनि उता पनि, लालुपाते पूmलको जोवन !, त्यस्तो कानुन पो कानुन !, मकैको बोट र मानव जीवन, हठको जिन्दगी, फेरि काठमाडौंमा !, मान्छे, माटो र पानी, पानी विनाको राजधानी, जीवनको सच्चा अर्थ के ?, घर, महल र झुप्राहरू, काठमाडौंलाई पत्र !, दिन–रात आउँछन्, जान्छन्, बेला मौकामा वर्षा होओस्, पाहुनालाई घ्यूलेृ तृप्त गर, आदि , कविको सम्मान गरौं !, तीर्थराज नमोस्तु ते, यात्राको अर्थ जिउनु र पिउनु मात्र ?, चराहरू रोइरहेछन्, पुर्खौली छाला, मनपर्छ प्रदैन ?, यथार्थभित्र हराउन पाउँमैतीदा, नारायणीका लहरलहरमा, झिस्मिसेमा उतचालेर पयर !, चट्याङ् परिरहेछ !, रहरजति बिकिसके, अकमक्क छु !, जीवितै रहेछु !,मनहरू चल्मलाउँछन्, मधुवालासित एक छिन् !, रमिता छ अस्मिताकै, अधुराछन् बाचाहरू, भए पनि नभए पनि !, बत्ती बल्दो हो कि !, छोटाको आड, बाँसुरीमा राग र कस्तुरीमा अनुराग, दिन सित्तै बित्छन्, आशा लाग्छ जिन्दगीको, भन्दा भन्दै दिन–रात बित्छन्, यौटा यौटा रन्को, बागबजारमा एकरात !,सिर्जनाका बन्द द्वारहरू, मैतीदेवीको एकरात, जीवन सोझो कि बाङ्गो, कसैले साथ नदिए !, यी दुई प्यारा तस्वीर !, आइरहुन् यी प्रेम पत्रहरू, काटेका घाउमा सुइरो !, जहर खानु छैन, त्यति हतारिनु पर्दैन , ज्विन ः आधा घामआधा पानी, हिड्दै हलमा नामरिदै जाऊँ, सकरात्मकताको दङ्सो, क्या रमाइला छन् पहाडहरू, चेतनाको फुलमा विपनाको संसार, अवसर त्यस्तो पनि हुँदो रहेछ !, रहस्यै रहस्य बाँकी, हामी किन फुट्छौं ? त्यहीं श्री विजय र ऐश्वर्य, म काठमाडौंमा छु, एक मुठी धुकधुकी, शहरको गुड्डी हाँक्छु !, आशाको बन्धनमा अडिएको जीवन, मित्रताको स्वरूप कसरी कुरूप ? अस्वस्थ वृत्तिको जन्म, हेर्दा हेर्दा आँखै पाट्टिए, गुफामा सिंह को खोज्ला ?, दिन पानीझै बगिरहेछन्, यो महिना बितोस् अनि!, लाखे नाच, कलम पनि सर्न छोड्यो, झरना नेपाली कि हिन्दी ?, पूmलहरू हाँसेका छन् , वन कसलाई मन पर्दैन ?, पशु पशुपति र हामी, श्रद्धाञ्जली !, सन्ध्या, सन्धि र सन्ध्यङ्ग, रसमय चिन्तन, प्यारो साथी काँगियो, श्रीखण्ड र सखरखण्ड,वेदना र विरहको पर्व तीज , जीवनको द्वार खुला छ कि बन्द !, अर्थान्तरन्यास के हो ? मुक्ति, मुक्ताफल र मुक्तक, सबै त ठीक ठीक छन्, जीवन र जरिमाना, उदास आँखा उदास मन !, आँफैलाई खुला पत्र, नारी आधुनिक पात्र, फेरि पशुपतिको यात्रा, नन्दन–वनको रमणा, चक्रपथको चककर लिन खोज्दा, तँ नै चूप म नै चूप, रिस पनि केही त रहेछ !, स्वप्नझैं जीवन खल्लो छ !, चाहनाको संसार अनन्त, उज्यालोमा हराएको मानव, भन्न त भन् तर घोचेर नभन् !, दुखेको दिल, हाँसेको महफिल, दुख सत्य, सुख असत्य,जब एकझर पानी पर्छ , तितरबितर छ अझै !मन !, सन्ध्या, तिमी ओर्ल है , फेरि अर्को रन्को, शब्दको मालाझैं, शुष्क छाती र दुःखी मन , दूरी, दूरी र दूरी, रित्तो गमला रोइरहेछ , थोत्रा काठ र रित्तो घर, जो वित्यो सब सित्तै !, नरित्तिने समुद्र, तीन कोसा केरा र मेरो डेरा, जीवन सात दिनभित्र घुम्छ !, माछापुच्छ«े र कल्पना, मूसो कि माष्टर साप? , लुटिएपछिको लाहुरे, पर्दा छोटो रहेछ !, कुकुर भुक्छ , त्यसमा रहस्य छ !, आगमन एक स्वप्न सुन्दरीको !, उही अन्यउाय उही अत्याचार, आफ्नै वंशावली बारे, तिमी जाग्नै पर्छ, कुहिरोमै हराएको !, पिनासको कथा, झर्ना जस्तो झरना, यात्रामा कति ओजन छ ?, एकोहोरो प्रेम, बज्रभन्दा पनि कठोर , यौटा गति,लो फोटो,स्वास्थ ः उत्तम सौन्दर्य, हिमालले रङ बदल्छ, दूजको चााद !, आत्महशत्या, लङ्लो आँखाले नहेर !, त्रिवेणीतिर !, अठासीऔं देवकोटा जयन्ती, रसिला दिनहरू,काँचा खरमा आगो, जीवन बिकाउ छ !, पराजयको हार ः तिहार !, चिसिक्क बिज्दा हुन् !, हाँस्दा पनि रुँदा पनि आँसु !, गाह्रोपिरो औसर माफ !, कान्छो छात्रावास भयो, आँफै त महादेव,फुर्सदको समय छ , जिन्दगीको रिक्तता, मन जिते सबैसँग विजयी, कतै यात्रा जात्रा नबनोस् !, जिन्दगीका टुक्राहरू, स्वयम्भूमा शान्ति बिक्दो रहेछ, दिव्य धामको दर्शन, लालुपाते खुसी गुलाबी मुस्कान, यो पनि रहेन , त्यो पनि रहेन, बाँसको नम्रता र उपयोगिता, पानी र चिया, बासी माया लाउने के गरी ?, आँपूmसँग आफै ठगिने दिन, कविराज राजशेखर, कलौब्राह्मण राक्षसा, मच्छेडको स्वतन्त्रता ः मान्छेको मृत्यु, यो कस्तो नियति ?, यात्राको अन्त्य होला कि !, टाइफाइको सुइरो, आवश्यक्ता र कर्तव्य बोध, सोमबार र बाला चतुर्दशी, तैले कति कमाइस् ?, त्यो पनि दिवा स्वप्न नै भयो, कर्तव्यको मात्रा र बोझ, खाम बन्द पत्र, विहान साढे छ बजे तयार !, अर्घाएखाँची?मा फेरि अर्को रात, खन, खनदह र खनार गाउँ, सम्बन्धको बिन्दु–गल्याङ, पौराणिक मान्यता, कहिल्यै पूर्ति नहुने अभाव, शिखरियणीकोे सौन्दर्य, ती घ्यूकुमारीप्हरू, फेरि गुरुकुलको सम्झना, पहाडी बाटो र ट्रक यात्रा, यसरी अल्झेको जीवन, कुलायन पूजा, इच्छ्यापूर्तिको स्रोत बनिनँ, आयुष्मान भव, ट्रकको गति प्रगति, तिचतवन महोत्सव –२०५३,यो फेरि के को सङ्केत हो ?, जति झिक्यो उति बाँकी, जौं ’ भन्दा जौं पाकी सक्यो !, दुवै दिन अनुत्पादक, केही रहर केही ठहर, बालक झैं छन् हाम्रा आकाङ्क्षा, मधुपर्क र गरिमाको सुसार !, ईश्वरका वरदान, मियाकी दौड , परिचयपत्र बनाउने, लेखनाथकका कविताको स्वाद, हवाई जहाज र पिताश्री, नारायण तिम्रो विजोक छ , आयुष्मान् बनिरहे हुन्थ्यो !, फेरि आँफैतिर फर्किदा, कौमुदिको उपयोग,शास्त्रार्थमा सहभागी, त्यो कुरा सत्य !, निद्राले झकझक्याउँदा, अभिवादनका अनेक रूप, चिन्तन फरक फरक, लेखनाथ जयन्ती, प्रतीक्षा गर्न नथाक्नुहोला !, मधुशाला, बढी विश्वास पनि अविश्वास !, प्रज्ञा प्रतिष्ठान ः एक लघु यात्रा, नेपाली साहित्य परिषद, नेपालगञ्जको दौड, मुख्य न्यायधीसको निर्णय, पुस्तक सङ्ग्रहको व्यथा, चश्मा पनि भिर्न थालियो र्है !, दिनहरू बन्ध्या भइरहेछन् !, अलिकति जेल जीवन, जीवनः अनेक रङ्ग, कान्छी फुपू पनि अब रहिनन्, कर्तव्य र गन्तव्य, विश्व बृहद् बौद्धिक सन्त सम्मेलन,घरको जग, साधनाको मर्म, साइत र कार्यसिद्धि, अति प्यारो लाग्छ, फेरि पनि बेगारी, पढाइको प्रयोग, निर्मथित हृदय र व्यथित भविष्य, यहाँ के दोष छ ?,सभ्यताको परिचय, साहित्यिक गोष्ठी र बन्दीपुर यात्रा, वेइलमीको भोक प्यास, निर्विषयक वार्ता, अन्ठाउन्न पेजको स्मारिका, आफन्तप्रतिको प्रेम सद्भाव, सावधानीको पाठ, प्रगतिका बाधक तत्त्व, चिन्ता र चिन्तनबारे, रुखै नभएको ठाउँमा, लुटेराहरूबाट ज्यान बच्यो, प्रतिव्रता निद्रा, समाज र म, कर्तव्यको खोजीमा छु, पुत्रशोकः ठूलामे घाऊ, फेरि एक जोली परेवा, विश्रामको बाटो भुलौं , खनालहरूको जमघट फेरि, समय अधेग्रो भइरहेछ, पुण्डरीकाक्ष पुनातु, औंठा छाप, आँ गर्दा अलङ्कार ?, माग्नेहरू, शिवरात्री, पहिले मोहनीको कब्जा, सूर्यग्रहण, चन्द्रग्रहण, सपनाको परिणाम, फेरि पनि पुत्र शोक !, हाँस्दै छु हाँस्दै छु म, सुप्रभातम् !,नयाँ नै मनोहर !, गुणजस्तै, दोष पनि, अअलिकति परोपकार, तीन सूक्तिभित्र घुम्दा, उही ऋतुविचार !, कीर्तिपुरमा माया लाउने सुरमा, नेपालप्राध्यापक संघ, पन्त चिरायु रहुन् !,स्वप्नफल एक जिन्दगी,फेरि चिन्ताको समुद्रमा चुर्लुम्म, झण्डै होलीले उधुम मच्चाएन !, जिन्दगीको आशा, फर्केर हेर्न सकिएन, बसन्त फुल्दै छ धैर्य भत्कदै छ,, हेप्पी बर्थ–डृे टु यू !, वंशावलीले सतायो, पत्ता नलागेको शीर्षक, वाह ! सित्तैमा अभिनन्दन पत्र !, द्रव्यपिशाचको खरो नमुना, गहिरो श्रद्धाञ्जली !, वानप्रतिस्थसँग एक छिन् , अब त सोच्नु पर्छ कि !, पद्यतिर किन मोह, मर्नुभन्दा बहुलाउन निको !, काँचको मूल्यमा चिन्तामणिको बिक्री !, मोह कि अहङ्कार र ! चर्किएका घाउ विर्सिएका पल ।

प्रश्न उठ्न सक्छ शीर्षक किन सबै उतार्नु प¥यो ? झट्ट हेर्दा प्रश्न उठ्नु स्वभाविक पनि हो । यस कृतिभित्र भएका सावै उपशीर्षकहरूलाई मैले सरसर्ती उतार्न किन उपयुक्त ठाने भने यी शीर्षकले कृतिकारले दिन खोजेका सन्देश प्रदान गर्न सफल देखिन्छन् अथवा निबन्ध आँफै बोल्छन् । यी उपरोक्त शीर्षकहरूमा विविधता पाइन्छन् । २०५३ को हार्दिक मङ्गलमय शुभकामना दिंदै, निबन्ध अघि बढ्छ । परिवर्तनको चाहना हुन्छ तर निबन्धकारले परिवर्तन पाउँदैनन् । मानिस रक्सीमा डुबेका छन् । मानिस धन बाट गरिब हुनु भन्दा मनबाट गरिब हुनु दरिद्रता हो ।निबन्धकारले कतै आत्मज्ञानको खोजी गरेका छन् भने कतै मायाको, मुस्कानको, सुनमा सुगन्ध भर्ने तिर्सनाको, जीवनको चरम सुखको, मनुजताको, सौन्दर्य शास्त्रीय मान्यताहरूको खोजी गरेका छन् । निबन्धकारले भन्छन् कि पूmल कामदेवको हतियार हो र त्रिशूल वामदेवको । निबन्धमा जीवन जगतका कुरा आएका छन् । ‘जीवनको युद्धबाट पलायन हुनु कायरता हो ।’ ‘ ठूलो पाप भोकको परिपूर्ति नहुनु रहेछ ।’ निबन्धले गहन कुराहरू समाएको छ । कुनै अवस्थामा विष्टा पनि उत्तम हुन्छ जस्तै मौरीको मह । जीवन रहस्यमय छ । समय समयमा परिवर्तनशील छ । हिजोका अवस्था र आजको अवस्था एक समान छैन । वेद वेदान्तको भनाइ छ –‘भद्रं पश्यमेव शरद ः शतम् ।’ मन कतै सवल छ भने कतै दुर्वल छ । ‘मनका कठोर एषणा कहाँबाट आएका भावना हुन् ? जो अझै पुरा हुने दिन आएन ।’ यस निबन्ध सङ्ग्रहमा थुप्रै सूक्तिहरू छन् जस्तै ‘जस्तो आउँछ , त्यस्तै टर्छ ।’ ‘एउटा निर्णयले दसवटा समस्याको समाधान हुन्छ ।’ ‘एउटा गल्तीले सहस्र शुद्धता बिटुल्छ ।’ ‘आफ्नो टाउको फुटे मितको टाउको बेलै सरि ।’ ‘उद्धार नै नभएकाको जीर्णोद्वार कसरी हुने ?’ । ‘फुर्सदको निष्फल क्षणले मान्छेलाई निकम्मा बनाउँदो रहेछ, चिन्ताका लहरी र तर्कका छहारी छुट्दा रहेछन् ।’ ‘सम्पदाले वरण गर्छ गुणीलाई ।’

आदिकवि भानुभक्तको बारेमा उठेका कुरा निबन्धकारलाई मन नपरेपछि उनको भनाइछ– ‘मेरो विचारमा भानु भक्तको व्यापक अनुसन्धान विश्लेषण हुन जरुरी छ । त्यो नहुँदासम्म नेपालीहरू नेपाली भानुभक्तलाई चिन्दैनन् ।’

‘महाभारतमा द्रौपदीको अलच्छिनी हाँसोले अकाल मृत्युलोक पु¥याएथ्यो , त्यसैले भानुभक्तलाई स्त्रीले हाँस्नु हुन्न भनेर लेख्न लगायो ।’ ‘जीवन विजयोन्मादमा भन्दा पराजयाक घाउहरू चाहराउँदा बढी आनन्ददायी बन्न सक्दछ ।’ बाउन्न घूस्सा र त्रिपन्न ठक्कर नखाई मान्छे मान्छे बन्दैन ।’ ‘मान्छे ज्ञानको भण्डार हो, विज्ञान त एक बबण्डर मात्र हो ।’ भाग्य पर्दा र बुद्धिलाई निबन्धकारले यसरी परिभाषित गरेका छन् – भाग्य फलति सर्वत्र न विद्या न च पौरुषम् । पर्दा लाग्दछ आँखामा विधाता बाङ्गिएपछि । विनाशकाले विपरितबुद्धि ।’ ‘पुरोहितका वशमा यजमान होइन, यजमानको वशमा पुरोहित हुन जरुरी छ अनिमात्र गरिएको दानको मानसम्मान हुन्छ ।’ ‘निर्विकल्प भन्ने कुरा संसारमा केही छैन तर ठनाइ पनि केही कुरा रहेछ ।’ ‘बेइलमको स्वादले न दिउसको खाजा टर्छ न रातको भुजा ।’ निबन्धकारले यस निबन्धलाई यसरी समाप्त गरेका छन् –‘मेरा अनुभवी हृदकाय टुक्रा ए त्रिपन्न ! दिलले नचाहेर पनि चर्किएका घाउसित विर्सिएका पलहरूमा विरहका आँसु चप्पचप्प पिउँदै भन्न परि रहेको छ के गर्नु ?मुख अमिलो मन धमिलो गवराएर भए पनि जाउः–विदा शुभयात्रा !’’यिनै पंक्रिको आधारमा शीक्र्षक सार्थक छ भन्न सकिन्छ ।

मैले यस निबन्धको जन्म कसरी भएको भन्ने धारणा लेखनको थालनी मै भनि सकेको छु । निबन्धमा दिन बढदै जाँदा ती दिनका यथार्थ घटनाक्रमलाई निबन्धकारले बडो सावधानी पूर्वक सजाएका छन् । मीठा मीठा अनि ज्ञानबर्धक सूक्तिहरूले भरेका छन् केही उदाहरण मैले माथि पस्किसकेको छु । एउटा उदाहरण यसरी पनि लिन सकिन्छ –‘ हनुमानको भक्ति यति प्रवल रहेछ, राममा हनुमान होइन हनुमानभित्र सीताराकम डुवेका रहेछन् ।’ निबन्ध कतै संस्कृतका श्लोकले रसयुक्त बनाएका छन् जस्तै –
पत्नी मनो रमादेही मनोवृत्तानुसारिणीम् !
तारिणी दुर्गसंसारसागरस्य कुलोद्भवाम्
पृष्ठ २०,
निबन्ध कतै नेपाली कविता र गीतका श्लोक छन् जस्तै –
दाइ हो मलाई पनि चाहियो
लालुपाते पूmलैको जोवन !
पृष्ठ २५३,
यस निबन्धमा देशप्रतिको माया छ,राष्ट्र र राष्ट्रियताका धारणा छन्, पवित्र मायाका अङ्कुरण पलाइरहेका छन् , कुलका पूजा छन्, शिवका आराधना छन्,साहित्यकारका स्मरण छन्, चार्किएका घाउ छन्, कतै रोदनछन् त कतै मुस्कान छन्, सन्तानप्रतिका चिन्तन छन्, धार्मिक भावना छन्, पीठका वर्णन छन्, श्रद्धाञ्जली दिइएका कुरा छन्, वंशावली, देश, काल परिस्थिति, चाडपर्वका वर्णन छन्, संघसंस्थाका कुरा छन्, पुत्र शोकका कुरा, याचनाका कुरा, लुटेराहरूका कुरा, साहित्यिक गोष्ठीका कुरा,पारिवारिक दुर्घटनाका कुरा, न्यायधिसले न्याय दिने कुरा, मधुशाला का कुरा, ३६६ दिनलाई महत्त्व दिएर लेख्दाका विविध कुरा यहाँ आएका छन् ।

भाषा शैलीः
भाषा सरल भएता पनि संस्कृतिका श्लोकहरूको प्रयोगले गर्दा साधारण पाठकलाई भन्दा बौद्धिक पाठकको लागि राम्रो खुराक हुन सक्छ ।

अन्त्यमा निवन्ध सङ्ग्रह अति रोचक छ । हरेक पक्षलाई समेटेर ज्ञानबद्र्धक सन्देश दिनु भनेको चानचुन कुरो हैन । हरेक निबन्धलाई पढ्न बढिमा ५–७ मिनट लाग्छ । मेरो मूल्याङ्कनमा यस निबन्धले सामाजिक, अर्थिक, राजनैतिक, धार्मिक लगायतका विविध क्षेत्रलाई समेटेको छ । निबन्धले यथार्थतालाई समाएको छ । सकरात्मक सन्देश प्रवाह भएको छ । यस्तो गहन कितापलाई पढ् भन्दै डा. खनालले मलाई दिनु भएकोमा उहाँप्रति हार्दिक आभार व्यक्त गर्छु साथै दीर्घआयु, सुस्वास्थ र उज्ज्वल भविष्यको कामनाका साथ विदा चाहन्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।