‘ओठ निचोर्दा दुध आउने जस्तो देखिन्छन तर गर्लफ्रेन्ड व्यायफ्रेन्ड लिएर हिँडन थाल्छन, यहाँ त’, मैले थपे पनि, ‘यस्तो पो स्वतन्त्रता, लोभ लाग्दो प्राकृतिक स्वतन्त्रता। हाम्रो देशमा अहिले पनि परिवारले पति वा पत्नी खोजि दिन्छ’, छेउमा बसेको साथी रुडोल्फलाई भने। म र रुडोल्फ डेनभरएको एउटै कम्पनीमा काम गर्थ्यौ। बचत गर्न कारपुल गरेका थियौं। हामी कार्य स्थलमा जाँदै थियौं।
म कार चलाइ रहेका थिएँ। मेरो छेउमा बसेका रुडोल्फ बोल्ने कम सुन्न बढी गरि रहेका थिए। मैले भने, ‘अमेरिकाको नागरिक स्वतन्त्रता विश्वमा नै उदाहरण छ।’ मेरो यो भनाईमा रुडोल्फको कुनै प्रतिक्रिया नआए पछि मैले प्रश्न गरे, ‘होइन त, रुडोल्फ?’
‘हामी अमेरिकनहरूले उच्च नागरिक स्वतन्त्रताको लागि ठूलो मूल्य पनि चुकाएका छौ’, यो पटक रुडोल्फ बोले।
‘कसरी?’ मैले प्रश्न गरे।
‘अमेरिकामा प्रत्येक वर्ष गन भाइलेन्समा ४० देखि ४५ हजार व्यक्तिहरूको ज्यान जान्छ’, रुडोल्फले प्रस्ट पारे।
मैले केही प्रतिक्रिया जनाइन। रुडोल्फले साँस तान्दै भने, ‘विना मूल्य भुक्तान स्वतनत्रता प्राप्त हुँदैन। अनि, स्वतन्त्रताको मूल्य चर्को हुन्छ। स्वतन्त्रता जति बढी भयो त्यसको मूल्य पनि त्यति नै बढी हुन्छ।’
अमेरिका