19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लोकनाथ शर्माको 'परदेशमा गुमनाम' मा एक नजर

कृति/समीक्षा विमल गिरी May 4, 2026, 11:46 pm
विमल गिरी
विमल गिरी

नेपाली साहित्यमा विभिन्न विषयवस्तुको बारेमा लेखिदै आएका छन् । देशका युवा घरका बुढा बाबु आमा छोडेर परिवार लिएर विदेशिँदै जाँदो क्रम झन् बढेको छ । देशका युवा पुस्ता विदेश जाने क्रम बढेको हुँदा घरका आमा बाबु घरमा कारूणिक स्थितिमा रहेका हुन्छन् । मनमा उब्जेका उत्कण्ठा, तृष्णा, विक्षोभ, स्मृति, निवृत्ति सबै कुराहरुलाई समावेश गरि लेखिएको साहित्यकार लोकनाथ शर्माको मुक्तकसङ्ग्रह “परदेशमा गुमनाम“ बेल्जियममा लोकार्पण भएको थियो ।

मुक्तककार लोकनाथ शर्मा चिनाई रहनु पर्दैन । गुल्मी जिल्ला प्राकृतिक सौन्दर्य, हरियाली र शान्त वातावरणले भरिएको नेपालको अमूल्य उर्वर भूमि हो । गुल्मी जिल्ला साहित्य, कला र संस्कृतिको उर्वर भूमि मानिन्छ । यहाँबाट धेरै कवि, लेखक तथा साहित्यकार जन्मिएका छन् । बुद्धिसागर, रुद्र ज्ञवाली, खेमराज पन्थी, शशी पन्थी र गोविन्द भट्टहरुको पथलाई पछ््याउदै मुक्तकसङ्ग्रह “परदेशमा गुमनाम“ लिएर आउनु भएको छ लोकनाथ शर्माले । बुवा पुनाराम शर्मा, आमा लक्ष्मीदेवी शर्माको कोखबाट चन्द्रकोट–२, गुल्मी भिरखानीमा २०२८ सालमा जन्मनु भएका लोकनाथ शर्माले उदय मा. वि. शान्तिपुर गुल्मी, आई. ए. त्रि वि पाल्पाबाट, बि. ए. आर. आर. क्याम्पस काठमाडौ र केन्द्रिय भूगोल विभाग, त्रिभुवन विश्वविद्यालय किर्तीपुरबाट स्नातकोत्तर पुरा गरि २००१ देखि बेल्जियममा सपरिवार बस्दै आउनु भएको छ ।

नेपाली भाषा, साहित्य, कला र संस्कृति सम्बन्धी कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यले सन २००७ (वि सं २०६३) मा स्थापना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरमा स्थापना कालका साहित्यकार कृष्ण बजगाईंको नेतृत्वमा सुरु भएको यो यात्रालाई पछ्याउदै आउनु हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरका वर्तमान अध्यक्ष लोकनाथ शर्माले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्बद्र्धन, संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याउदै आउनु भएको छ ।

मुक्तककार लोकनाथ शर्मा जीवनका अनुभवहरुलाई कलात्मक अभिव्यक्ति दिन सिपालु हुनुहुन्ँछ । उहाँ बेल्जियम आएदेखि नै सदा अनेसास बेजियम च्याप्टरको बिभिन्न पदमा रहेर काम गरिसक्नु भएको र बेल्जियममा रहेका सङ्सस्थाबाट विभिन्न मान–सम्मानबाट सम्मानित हुनुहुन्छ ।

नेपालको वामपन्थी आन्दोलनको बारेमा समेत चाख राख्नु हुने शर्मा दुई दशकभन्दा बढी समयदेखि फुटकर रुपमा काव्यरचनामा क्रियाशील शर्माको यो पहिलो पुस्तकार कृति हो । यस मुक्तकसङ्ग्रहले घर छोड तर घर नबिर्स भन्ने सन्देश दिएको छ ।

उहाँ कर्मयोगी, सदाचारी, परोपकारी, सरल, आत्मविश्वासी, मृदुभाषी, मिलनसार आदि गुणले सम्पन्न हुनाका साथै सबैको प्रिय र असल व्यक्तित्व हुनुहुन्छ । नेतृत्व क्षमता, सकारात्मक सोच, मृदुभाषी, सहयोगी, अध्ययनशील, सङ्घर्षशील, नैतिकतवान, इमान्दार, लगनशील आदि वैयक्तिक गुणहरू उहाँका विशेषता नै हुन ।

जीवनका विभिन्न कालखण्डका अनुभव, संस्मरण र राजनीतिक उतारचढाव समेटेर तयार पारिएकोे यस मुक्तकसङ्ग्रह लेखक तथा समीक्षक सङ्गीत श्रोताले सम्पादन गर्नु भएको छ । बेला पब्लिकेसन्सबाट प्रकाशित यो कृति ८६ पृष्ठको छ र मूल्य ने रु.३०० छ ।

यस कृतिमा बाल्यकाल, शिक्षादीक्षा, युवावस्था, वैवाहिक अवस्था, बसाइँसराइँ, जागिर, साहित्यिक कार्य, प्रेम, जीवन, जगत, आराधना, आफैंसँगको प्रेम, अपराजित प्रेम, प्रेम सङ्कल्प, कर्म र व्यक्तित्व आदि बारे चर्चा गरिएको छ ।

यस कृतिको भूमिका लेखनका क्रममा वहुआयमिक व्यक्तित्व डा. देवीप्रसाद सुवेदीज्यूले लेख्नु भएको छ । जन्म गुल्मी भए पनि मुक्तककार लोकनाथ शर्मा कवित्व प्रतिभाको प्रष्फुटन युरोपको बेल्जियममा भएको हो । राष्टलाई जिवन्त राख्ने महत्वपूर्ण तत्व साहित्य र सस्क्रिति हुन् । डायस्पोरामा बस्ने नेपालीहरुको जीवन सोचेझै सरल छैन । तर विदेशी भूमिमा गरेका दुःखका काँढाहरुको बिचमा पनि उनीहरुले साहित्यका सुन्दर सिर्जनात्मक फूलहरु फुलाएका छन । कवि लोकनाथ शर्माकोयो मुक्तकसङ्ग्रह तिनै सुवासित पुष्पहरु मध्येको एक हो । नेपाली साहित्यको मुक्तक भण्डारमा यो उत्कृष्ट कृतिको रुपमा थपिएको छ ।

बिर्तामोड २, चारपाने, झापा, हालः ब्रसेल्स, बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।