19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रत्न कुमार श्रेष्ठको कुची टनेलदेखि लड्गबेससम्म

कृति/समीक्षा डा. सावित्री श्रेष्ठ May 4, 2026, 11:53 pm
डा. सावित्री श्रेष्ठ
डा. सावित्री श्रेष्ठ

एउटा अत्यन्त अर्थपूर्ण पुस्तक, रत्न कुमार श्रेष्ठको कुची टनेलदेखि लड्गबेससम्म ! सामान्यतया नियात्राका पुस्तकहरुले स्थान विशेष मै लिएर गएको महसूस गराउॅंछन्, शव्दहरुको जादुले डोर्याउॅंदै लेखकहरु पाठकलाई ठाउॅंको ठाउॅंमै लगिदिन्छन् तर रत्नकुमार श्रेष्ठको यो पुस्तकले त्यो भन्दा वढी गरेको छ । कुनै ठाउॅंमा पुग्ने वित्तिकै यस्तो गजवको जानकारी सवैले पाउॅंनै सक्दैनन् । दृष्यावलोकन गर्यो, रमायो, तस्विर लियो सकियो तर यहां रमाईलो त छ नै गहन खोजमुलक जानकारी पनि छ, जसले लेखनलाई संपूर्ण रुपमा पूर्ण र अर्थपूर्ण सार्थक वनाई दिएको छ । यस अर्थमा लेखक सांचै नै धन्यबादको हकदार हुनुहुन्छ ।

पुस्तक जानकारी मूलक मात्र हैन उपयोगि पनि छ, र प्रेरणादायी पनि ।यो यात्रा उहांहरुलाई छोरा वुहारीको उपहार हो सन्धि, संमम्धिनी सहितलाई, दुई परिवार एकै भएर छोरा बुहारीको समान सक्रियतामा अत्यन्त सक्रियतापूर्वक, प्रेमपूर्वक संपन्न यस यात्राले सुरुमै महत्वपूर्ण जानकारी दिन्छ, विशेषत नेपालमा अभिभावकहरु तेल भिसा , टोपी भिसा लगायतको यात्रामा जान थालेको अवस्थामा । शनिवार राती १२ वजेको उडानको लागि सुक्रबार नै घरवाट निस्किसक्नु पर्ने कुराको हेक्का नहुदा झण्डै संन्धीहरुको उडान छुट्न लागेको कुरा । अत्यन्त सामान्य ढंगले थुप्रै असामान्य र उपयोगि जानकारी दिदै दिदै यो यात्रा अगाडी वढ्दै गएको छ । उहांको यो यात्राले मलाई जापानको हिरोसिमा पनि पुरायो र भेटनामी मित्रहरु र भेटनाम पनि पुरायो ! भेटनामीहरु साह्रै फरासिला, मेहनती र संवेदनशिल समेत हुन्छन् त्यसै भएर नै यूद्धले जर्जर वनेको देसलाई उनीहरुले गजव जतन गरेर मनोरम र विकशित वनाएका छन् र प्रकृतिका हरेक बरदानहरुको सदुपयोग गरेर संसारलाई पर्यटनको माध्यमले देखाएका छन् र अर्थ आर्जन गरेर देसलाई अझ समृद्धितिर लादै पनि छन् ।

रत्नकुमार श्रेष्ठको युद्ध संग्रहालयको यो मुख्य यात्रा वृतान्त एघार भागमा छुटाईएको छ र त्यस्मा काठमाडौबाट भियतनामतिरबाट सुरु भएर दुई देखि दस अध्यायमा उहां पाठकलाई भियतनामको आन्तरिक सयर गराउॅंनु हुन्छ त्यहां जाउॅं जाउॅं गराउॅंनु हुन्छ र नेपालसंग तार्किक तुलना गरेर उन्नयनको पाटो औल्याउॅंनु हुन्छ । यो यात्रामा उहांको तार्किकता झ्यागिन्छ, विद्धता छचकिन्छ र विवेक जुर्मुराउॅंछ अनि एउटा युद्धवाट ( त्यो पनि अमेरिका लगायतका शक्तिशाली देससंगको लडाई, आफ्नै देसको आधा भागसंगको लडाई र अमेरिका लगायतलाई लखेटेर आफ्नो देसको एकिकरण र विकास, अनि शान्त र साधन संपन्न रहेर पनि विकास गर्न नसकेको नेपालको तुलनात्मक विश्लेषण ) उठेर विकासतिर बढेको देससंग सिक्नु पर्ने तथ्यहरु केलाउॅंन थाल्नु हुन्छ जस्ले उहांको प्रशाशनिक खुवीको समेत झल्को दिन्छ ।

त्यसै पनि उहांले किटान नै गर्नु भएको छ, यात्रा विदेसको चिन्ता स्वदेसको अनि भियतनाम यात्रा मेरो अन्तरमनबाट ! अनि तस्वीरहरु !
हुनत हरेक चेतनशिल मस्तिष्क दुख्छ विदेस यात्रा र तिनको विकास र आफ्नो देसको दुर्गतीले । अरुले मरुभूमीलाई विकासको शीखरमा लगेको देखेर आफ्नो हुनै पर्ने र हुन नसकेको विकासमा विवेकहरु मौन विद्रोह र घनघोर ऐठन महसूस गर्न थाल्छन् । नेपाल त विकासबाट अविकासतिर फर्केको देस हो । लिच्छवीकालिन स्वर्ण युग र विशेषत मल्ल कालिन विकासको युग जसले देसलाई विस्वसंपदाको शीखरमा पुरायो ! त्यो गौरबशाली सांस्कृतिक सगरमाथाको युग शाहबंसको आगमनसंगै टक्क रोकियो र चल्न थाल्यो भ्रष्टाचार र काटमारको युग । अनि पछाडी विकासको वाटो हिडेर धेरै माथी पुगेका देसहरुमा विकासे भरियाको रुपमा काम गर्न विवश नेपालीहरुले आफुकहांवाट कहां आई पछारियो भनेर भेउ सम्म पाउॅंदैनन् तर चेतनशिल र विकासप्रेमी रत्नकुमार श्रेष्ठहरु चेतनाका आंसुहरु अक्षर वनाई झार्न विवश हुन्छन् तर यी आंसुहरुले विस्तार विस्तारै चेतको दीयो वाल्दै पनि जान्छन् अनायासै, यस अर्थमा यो पुस्तक अत्यन्त सार्थक छ ।

यस पुस्तकका विशेषताहरुः
१ सरल भाषा, गहन चिन्तन
२ पारिवारिक प्रेमको झल्को संगै देस र मानवता प्रेमको छल्को
३ भियतनामको विकास, उसले व्यहोरेको युद्धको विवेचना
४ भियतनामी प्राकृतिक सौन्दर्य र युद्ध कलाको जानकारी
४ हो चि मिन्ह सहर र उनी प्रतिकोआदरभाव
५ पुरातात्विक महत्ववोध र त्यसवाट नेपालले सिक्नै पर्ने महत्ववोध
६ प्राकृतिक श्रोतहरुको सदुपयोग र आर्थिक उन्नयन
७ लेडी बुद्धको आयामिक वर्णन र भेटनामभरी फैलिरहेको बुद्ध
८ भियतनामका ताल, मंदिर, पहाड र सुरुंगहरुको जानकारी
९ समुन्द्रका सौन्द्रय र उपयोगिताको छनक
१० उपनिवेसका अवशेषहरुको संरक्षण र तिनको आर्थिक लाभको रुमानी वर्णन
११ सवैभन्दा विशेष कुची टनेल युद्ध संग्रहालय भियतनामको गौरव, मानवताको प्रेरणा
१२ भूपि शेरचनको भियतनामी कविताको उल्लेख
१३ खोजमूलक, उपयोगि, पाठकहरु र लेखकहरुलाई समेत
१४ जुनसुकै अन्तराष्ट्रिय यात्राका लागि आवश्यक केही महत्वपूर्ण जानकारी
१५ भियतनामी शैनिकहरुको युद्ध कुसलता र युद्ध विचका चमत्कारिक खोज र विकासहरुको भर्भराउॅंदो वयान
१६ कुशल र सफल कम्युनिष्ट शासन , जहां सवै रोजगार छन्, गौरवानुभूतिमा छन् र शासक र शासन व्यवस्थाप्रति ईमान्दार भरोसा र विश्वस्तता छन् भन्ने कुराको छोटोमा सफल व्याख्या
१७ उत्सुकता जगेर्णा ( यहां लेखकले अन्तराष्ट्रिय नागरिकको भूमिका निर्वाह गर्न खोज्नु भएको छ )त्यहांको पर्यटनक्षेत्र प्रति उत्प्रेरणा !
१८ कुनै पनि विदेस भ्रमणको तयारीमा प्रविधी सिक्नु पर्ने सामान्य तर महत्वपूर्ण जानकारी

पुस्तकमा परिमार्जन गर्न सकिने केही बुँदाहरु
१ वर्णनहरु कतै कतै झ्याउ लाग्ने किसिमका रहेकोमा छोटो सटिक बनाउॅंन सकिने
२ केही विशेष मान्छेहरुको अनुभव राख्न सकिने
३ आर्थिक अवस्था र केही आधारभूत वस्तुहरुको तुलनात्मक मूल्य राख्न सकिने जसवाट यात्रीहरुलाई वजेट वनाउॅंन सजिलो होस्
सारंसमा पुस्तक गजबको छ, पठनयोग्य छ, मन लगाएर पढ्दा एकै वसाईमा सकिन्छ, अर्थात पुस्तकमा पाठकलाई तानी रहने , टंसाई राख्ने, चेतनालाई अलमल्याई रहने क्षमता छ । पुस्तकको लागि लेखकलाई बधाई र यो यात्रा गराउॅंने असिम र स्वीकृतीलाई धन्यबाद ।

कोटेश्वर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।