15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल भुपेन्द्र महत December 23, 2008, 2:42 am

थुन्न जति खोजे पनि जाली मन त चुइदो र'छ

भित्रै भित्र पाके पछि माया पनि त कुइदो र'छ

साक्षी राखेका भगवान नि मौन भई दिएछन

छाती पग्ली भेल बगेछी खुशी पनि धुइदो र'छ

जुन तारा धेरै टाढा कल्पनामा सिमित भए अब

सुख छैन भागमा जहिले नि दु:खै छुइदो र'छ

जनमभरी नफुकोस भनी उनेको भन्थ्यौ त

छली माया जति कसे पनि त चाडै फुइदो र'छ

आफै मुटु घ्रेरेर आफ्नै मनमा बन्दी भएकोछु

घातका लप्का परे पछि मुटु पोली रुइदो र'छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।