19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनुपमाको आकार हटाएर

कथा डा. गोबिन्दसिंह रावत May 26, 2026, 8:20 am
डा. गोबिन्दसिंह रावत
डा. गोबिन्दसिंह रावत

नयाँ प्रदेशको नामसँगै राजधानी बन्ने सौभाग्य पाएपछि यो शहरको रौनक बढ्दै गएको थियो । शहरको रौनकसँगै यहाँका रैथाने नागरिकहरूको ओहोदा पनि बढ्दै गएको थियो । प्रान्तको आफ्नै एउटा सरकार छ । सरकारमा स्थानीय नागरिकहरू पदासिन छन् । त्यसपछि उनका आफन्तहरू स्वकीय र सल्लाहकार बनेपछि पहुँच सरकारसम्म पुग्ने भएको छ । शहरमा नयाँ हाकिमहरूको बाहुल्यता बढ्दो छ । हाकिमहरू कानूनमाथि रहने हुनाले भनिन्छ अपराध पनि बढ्दो छ ।

यस शहरमा बिगत दस वर्षदेखि मैले ताई–कान–डोको प्रशिक्षण दिदै आएको छु । बिहान र साँझ गरेर दुई चरणमा प्रशिक्षण दिने गर्छु । बिहान २१ जना छन् भने साँझ २५ जना पुग्छन् । अहिले यो शहर प्रदेशको राजधानी बनेपछि प्रशिक्षण लिने विद्यार्थीको सङ्ख्या पनि बढेको छ । दुई वर्ष अगाडि दुईचरणमा गरेर १८ जनामात्र हुने गथ्र्यो । तर गत वर्ष भएको एउटा घटनापछि आत्मसुरक्षाका लागि मार्सल आर्टको प्रशिक्षण लिनेहरको संख्यामा वृद्धी भएको छ । गत असारमा क्याम्पसबाट घर फर्कने क्रममा रामकोट बस्ने १७ वार्षीय शर्मीलामाथि भएको यौनजन्य अपराध र अपराधी समात्न प्रशासन असफल भएपछि आमाबुवाहरू आआफ्ना छोरीलाई आत्मसुरक्षाका लागि मार्सल आर्टको तालिम दिन थालेपछि प्रशिक्षार्थीको सङ्ख्या बढ्दै गएको हो । त्यसमा पनि युवतीहरूको सङ्ख्या अझ बढी छन् ।

त्यसदिन बिहानको ग्रुपलाई तालिम दिएर म आफ्नो कार्यकक्षमा बसेर कफी पिउँदै थिए । लगभग १२ र १० वर्षका दुई छोराहरूलिएर एक दम्पत्ति नमस्कार गर्दै मेरो कोठमा आउँछन् । मैले बस्ने सङ्केत गरेपछि श्रीमान र श्रीमती कुर्सीमा बसेपछि छोराहरू उनीहरु नजिकै उभिएर मलाई हेर्न थाल्छन् । दम्पत्तीले नमस्कार गर भनेकपछि दुवैजना एकैसाथ मलाई नमस्कार गर्छन । पहिरनबाट उनीहरु मध्यमवर्गीय देखिने पुरुषले नमस्कार गर्दै भर्ना गराउने बारे सोधेपछि मैले दुवैलाई भर्ना गर्ने हो भनेर सोध्न पुग्छु । पुरुष आप्mनो जेठो छोरोलाई तान्दै यसलाई मात्रै हो भनेर गहुगोरो केटोलाई मेरो अगाडि उभ्याई दिन्छन् । गहुगोरो केटोलाई आफुअगाडि बोलाउँदै म टेबलको घर्रा तानेर भर्ना गर्ने फारम झिकेर पुरुषलाई दिदै यसलाई नरेर दिनुस भन्दै गहुगोरो केटोलाई तिम्रो नाम के हो रु भनेर सोध्न थाल्छु ।
अनुपम ‘‘‘।। गहुगोरो केटो आफ्नो नाम भन्छ ।
नाम सुनेर म झस्किए । अनि केटोलाई हेरी रहे । फेरी नाम दोहोराएर अनुपम हो भनेर सोधे रु
गहुगोरो केटोको उत्तर फेरी उहीनै आयो – अनुपमा
मैले पुरुषतिर हेरे । उनले पनि त्यहीँ नाम दोहोराए ।
तर उनले लगाएका पहिरन । अझ भनौं कपालको बनावटबाट लिएर लुगाहरूबाट ऊ अनुपमाभन्दा बढी अनुपम देखिएको थियो ।
मैले काञ्छो केटोतिर हेरेको देखेर पुरुषले, यो त छोरानै हो भनेर स्पष्टीकरण दिन थाल्छ ।
मैले अनुपमालाई एकैछिन तलदेखिमाथिसम्म नियालेर हेर्न थाले । अनि लामो सास फेरर पुरुषतिर हेर्दै प्रश्न गरे ।
छोरीलाई टम ब्वाइ बनाएर राख्नु भएको रहेछ । छोराको रहर भएर हो रु
मेरो प्रश्नप्रति ध्यानै नदिएर पुरुषले उल्टै मलाई नै प्रतिप्रश्न गर्यो, सर यहाँ केटा र केटीलाई सँगै राखेर सिकाइन्छ रु
मैले हो भनेपछि फेरी अर्को प्रश्न आयो । बेग्ला बैग्लै सिकाउने व्यवस्था छैन सर रु
मैले छैन भनेपछि उसको अनुहारको रङ्ग फेरिएको देखेपछि मैले सम्झाउँदै भने । त्यस्तो केही छैन । यहाँ प्रशिक्षण सँगै दिए पनि जोडी बनाएर अभ्यास गराउँदा केटा र केटी छुट्याएर गराईन्छ ।

हामी बीच कुराकानी चल्दै थियो र महिलाले मसँग कलम माँगेर फारम भर्दै थिईन् ।
मैले अनुपमालाई हेर्दै पुरुषलाई फेरी प्रश्न गर्न थाले ।
तपाईले अनुपमालाई सानैदेखि नै छोरा जस्तै बनाएर राखेको हो रु
मेरो प्रश्नको जबाब दिनभन्दाअघि पुरुषले महिलातिर नियालेर एक प्रकारले मौन स्वीकृति लिएपछि भन्न थाल्यो ।
“हाम्रो समाजमा दिना–प्रतिदिन बढ्दै गएको आपराधिक परिस्थितिले छोरीलाई छोराको पहीरनमा राख्न परेको छ भन्दै समाजको सुरक्षा व्यवस्थामाथि औंला ठढ्याउँदै विरोध गर्न थाल्यो । फेरी ऊ शिथिल हुँदै भन्न थाल्यो – के गर्ने सर देखिहाल्नुभयो नि गत वर्ष के भयो । एउटी अबोध बालिका बलत्कृत भएर मारिनु पर्यो । कतै सही तरीकाबाट केही अनुसन्धान पनि भएन । सुरक्षाको जिम्मेदारी लिएर बसेका संस्थाले नै यस्तो घटना हिजो पनि थियो आज पनि छ र भोली पनि रहन्छ भनेपछि हाम्रा छोरीहरूले कसरी सुरक्षा पाउने रु म एउटा सरकारी कर्मचारी हो सर । प्रदेश बनेपछि मलाई यहाँ खटाईयो र म आए । आउनअघि नै यहाँ शर्मीला नाम गरेकी एउटी अबोध बालिकामाथि भएको घटनाले मलाई नराम्ररी झस्कायो । सरकारी जागिरे भएपछि खटाएको ठाँउमा जनै पर्छ सर । सरुवा भएपछि यहाँ आउनै पर्यो । जता गए पनि हाम्रो समाज यहीनै हो सर । जोगाउन चेलीबेटीलाई नै पर्छ । अनि हामीले अनुपमालाई त्यसरीनै हुर्काएर राख्नु परेको हो सर । यो नयाँ ठाँऊ भएकोले सबैले छोरानै भन्ठानेका छन् । स्कूलमा पनि केटाहरूकै युनिफर्म लगाएर पठाउने गरेका छौं सर । बानीब्यहोरा पनि केटा जस्तै भएको छ । के गर्ने आफुले सकेको जोगाउने हो सर ।

पुरुषको कुरा सुनेर म एकै छिन् स्तब्ध भएर अनुपमालाई हेरी रहे । अनुपमाको अनुहारमा मैले मेरी दुईटी छोरी अकृति र प्रकृतिको प्रतिबिम्ब देख्न थाले । दुवैजना यिनीहरूभन्दा एकएक वर्षले ठूला छन् । म एकोहोरिएको देखेर महिलाले भरेको फारम मलाई दिदै बिन्ति गरिन – हजुर यहाँ कसैलाई पनि अनुपमाको बारेमा नभनी बक्सियोस । महिलाको बिन्तिमा विवसताको पीडा मिसिएकोले दरबारीय भाषा आएको थियो ।
मैले यस बारे चिन्तै लिन नपर्ने भन्दै छोरी अनुपमालाई मात्रै भर्ना गर्ने कि दुवैजनालाई भनेर सोधे ।
मेरो कुरा सुनेर महिलाले बीचमै कुरा काटेर अनुपम भनिबक्सियोस् हजुर लिङ्ग नछुट्याइसियोस् भनेर फेरी अर्को बिन्ति चढाईन ।

पुरुषले चाहिँ छोरालाई देखाउँदै, यो त छोरा हो हजुर यसलाई के को डर भन्दै यहाँ त छोरी जोगाउनै गाहे भएकोले छोरीलाई भर्ना गराउन ल्याएको हो सर । कम से कम यसले आत्मसुरक्षा गर्न सिकी भने आफुलाई त जोगाउन सक्छे भनेर दाखिला गर्न आएको भनेपछि मैले फारममा दुवैको सही गर्न लगाए । सही गरेर कलम मलाई दिदै महिलाले मासिक शुल्क कति भनेर सोधेपछि मैले मासिक शुल्क पाँच हजार भनेपछि पुरुष र महिला एकअर्कामा मुखामुख गर्न थाले । अनि केहीबेरपछि महिलाले सिकाउन त पर्छ नै भन्दै ब्यागबाट पाँच हजार रुपियाँ झिकेर दिन थाल्यो ।

मैले पैसा गनेर फारमसहीत लिएर त्यसमा अनुपमको एकप्रति फोटो टाँसेर फारमलाई फाईलमा राख्दै भोली बिहान ७ बजेदेखि प्रशिक्षणमा आउने भनेर उनीहरूलाई नमस्कारसहीत बिदा गरे ।

उनीहरू कोठाबाट निस्केपछि परसम्म मैले मेरो आँखाबाट ओझेल नहुँन्जेलसम्म उनीहरूलाई गएको हेरी रहे । अनि लामो सास फेरेर टेबलमा रहेको समाचारपत्र उठाएर पढ्न थाले ।
–––– बिहेको जन्तीमा आएका केटाहरूबाट बेहँुलीको साथी बलत्कृत ‘‘‘‘‘‘।।
–––– बसबाट घर फर्कदै गर्दा एउटी युवतीलाई जबरजस्ती जिपमा राखेर अपहरण ‘‘‘‘‘‘।।
–––– मामा घर आएकी अबोध बालिका आफ्नै हजुरबुवाबाट बलत्कृत ‘‘‘‘‘‘।।
–––– स्कूल बसबाट घर फर्कदा बस ड्राईभरबाट बालिका बलत्कृत ‘‘‘‘‘‘।।
–––– घास काट्न गएकी बालिकामाथि समुहिक बलत्कार ‘‘‘‘‘‘।।
–––– बालिकामाथिको बलत्कारमा वडा अध्यक्ष सम्लग्न ‘‘‘‘‘‘।।

समाचारपत्र टेबलमा राख्दै म साँझको प्रशिक्षण लिन आएका प्रशिक्षर्थीलाई हेर्न थाले । तालिम लिनेहरूमा बढी बालिकाहरूनै थिए । अघिमात्र छोरीलाई भर्ना गराएको पुरुषले भनेका वाक्यहरू मेरो टाउँकोमा ठोक्किन पुग्यो ः सुरक्षाको जिम्मेदारी लिएर बसेको संस्थाले नै यस्तो घटना हिजो पनि थियो आज पनि छ र भोली पनि रहन्छ भनेपछि हाम्रा छोरीहरूले कसरी सुरक्षा पाउने सर रु

मैले प्रत्येक प्रशिक्षार्थी युवतीको अनुहारमा अनुपमा देख्न थाले ।
त्यस दिन मैले कसरी प्रशिक्षण दिए आफैलाई थाहा भएन । मेरा प्रशिक्षार्थीले बारम्बार मलाई – सर यो त भर्खर गरेको हैन भनेपछि म आफै झस्कने गर्थे । त्यस दिन मैले दिएको प्रशिक्षणबाट म आफै असन्तुष्ट थिए भने मेरो प्रशिक्षार्थीहरु पनि सरलाई सञ्चो छैन भने भोली गरौं सर भनेर देहोराई रहेका थिए । समयभन्दा अगाडि नै सबैलाई घर जान भनेर म पनि कार्यालय बन्दा गरेर घरतिर लागे ।
प्रशिक्षणपछि घर आएर पनि म अनुपमाको बुवालाई नै सम्झीरहेको थिए । म अनुपमाको अनुहारमा पुरुषले बोलेका शब्दहरूपढी रहेको थिए ।
रात्रीको खानपानपछि छोरीहरूलाई अर्को कोठामा सुताएर आएपछि मैले प्रमीलालाई भोली छोरीहरूलाई नयाँ लुगा सिउन जाने बारे जानकारी गराउँदा प्रमीला मेरो अनुहार हेर्दै हाम्लाई पनि चाहिन्छ नयाँ नाना भन्दै मस्किन थाली ।

प्रमीलालाई एकै छिन हेरी रहे अनि लामो सास फेर्दै अनुपमाको बुवाले छोरीको अस्तित्व जोगाउन अनुपमा नाममा आउने आकारमात्रै नभएर छोरीको आकार छोरामा छेर्नु परेको विवशताका बारेमा भने पछि प्रतीमा पनि एकै छिन स्तब्ध भईन र छोरीहरूका लागि लुगामात्र हैन स्कूलनै फेर्ने कुरा गरेर हामी सुत्यौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।