संयोगका भाकाहरु बोल्न पाए हुन्थ्यो
तिम्रा सामु मनका बह खोल्न पाए हुन्थ्यो।
एक्लो जीवन बाँच्न यहाँ, धेरै गाह्रो भयो
हामी मिली हार जति, पोल्न पाए हुन्थ्यो।
भाग्य सबै बिलाएर गए क्यार छोडी
बटुलेर मिलनमा घोल्न पाए हुन्थ्यो।
के हो जीवन कस्तो हुन्छ मूल्यै बुझएन
दुई मुटु सजाएर मोल्न पाए हुन्थ्यो।