ज्युनूको सार छैन म व्यर्थै बाँचिर'छु
कुनै खुसीबिना नै म त्यसै हाँसिर'छु।
भ्रम हो मायापिरती झुठो हो जान्दाजान्दै
विपनाको विपरीत यो सपना हो ठान्दाठान्दै
भ्रमिलो विश्वासमै पिरती म गाँसिर'छु
कुनै खुसीबिना नै म त्यसै हाँसिर'छु।
धेरै भो जिन्दगीमा खडेरी छाएको छ
न यो जिन्दगीमा वसन्त आएको छ
कम्मर भाँची–भाँची म व्यर्थै नाचिर'छु
कुनै खुसीबिना नै म त्यसै हाँसिर'छु।