19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म आउँदैछु

कविता हरिहर अर्याल December 24, 2008, 7:05 am

हो प्रिया, विश्वास गर

यस पटक भने म तिम्रो बासस्थानमा

सधैको लागि आउँदैछु।

हुनत प्रिया, म पोहोर पनि आएँ

परार पनि आएँ र हरेक बर्ष आएँ,

कहिले हुरी लिएर आएँ

कहिले बतास भएर आएँ

कहिले शुठभित्र आएँ

कहिले बुठभित्र आएँ

कहिले चाईनाबाट आएँ

कहिले भारत हुँदै आएँ र

र कहिले अमेरीका पनि हुँदै आएँ

हरेक आगमनमा नारायणहिटीभित्र पसेर

हिटीको पत्थरलाई बसन्त श्रवण गराएँ

आउन त प्रिया, म हरेक बर्ष निकम्मा भएर आएँ।

हो प्रिया विश्वास गर

यस पटक भने म

नेपालबाटै, नेपाली हुँदै, नेपालकै

हिमाल–पहाड र तराई भएर आउँदैछु र

यस पटक भने प्रिया, म

धर्तीलाई खुट्टाले कुल्चेर होईन

मुटुमा राखेर

जाबो एउटा नयाँ बर्षमात्र होईन

किन्तु लाखौ युग बनेर,

नेपालीको स्वधिनता अनि

स्वतन्त्र सार्बभौम र लोकतान्त्रिक भाग्य रेखा कोर्न

त्यो पनि

सुनौला अक्षरले मात्र होईन

वीर शहीदहरुको रातो रगतले लेख्न

र उनैशहीदहरुको आकांक्षलाई आत्मसात गर्ने

संविधानसभाको नयाँबर्ष बन्दै

म आउँदैछु।

हो प्रिया तिमी ढुक्क भई बस

यस बर्ष भने

सफल संविधानसभा भएर

म एउटा स्वभिमानि गणतन्त्र नेपाल आउँदैछु,

हो म गणतन्त्र नेपाल आउँदैछु।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।