यत्र तत्र भित्तामा “तपाई सिसिटिभीको निगरानीमा हुनुहुन्छ,” “घुस खाने र दिने दुवै भष्टचारी हुन” भन्ने लेखिएका साना साना बोर्णहरु टाँसिएका थिए । हिकिमको तोक लगाएको फाएल बोकेर शाखा खोज्दै सम्वन्धित शाखामा पुगें । सम्वन्धित शाखामा पुग्न नपाउदै बस्नकोलागि अगाडीको खालिकुर्ची देखाइयो । पानी पिउनुहोस् भनेर मिनरल वाटरको बोतल मेरो अगाडी राखीयो । पानी पिएँ ।
कस्तो राम्रो भएछ, यत्र तत्र सिसि टिभी, रकम दिने र लिने दुबै भष्टचारी हुन भन्ने बोर्डहरु, बस्न अनुरोधमात्र होइन , पानी र चिया समेतको व्यवस्था । त्यस भन्दा पहिला पुग्दाको ठाडो, रुखो व्यवहार, सोझै रकम मागेको घटना सम्झे । धेरै परिवर्तन भएछ लाग्यो । मन मनले ठानें, न्यया दिलाउने अड्डाबाटै हो परिवर्तनको थालनी गर्ने ।
दश पन्ध्र मिनेट बसेको थिए पिसाब लाग्यो । अफ्टायरो मान्दै शौचालय कता होला ? शौचालय पुगेर आउछु भनेर त्यहि फाँटका मेरो काम गर्नु पर्ने कर्मचारीलाई सोध्दै थिए ? कर्मचारीले मुस्कुराउदै ए म पनि जानु पर्ने छ, म देखाइ दिन्छु । हिड्नु होस् भन्दै अगाडी लागे । मैले सोचे, यस्तो पो मुस्कान सहितको सेवा ।
पुरुष युरिनलमा म एउटा क्याविनमा उभिएको थिए । नजिकै अर्कोमा उनी उभिएका थिए । मुख मेरो कानको नजिकै ल्याएर उनी भन्दै थिए दुख गरेको फलत चाहियो नी, तपाइको काम गर्ने भए एक हजार निकाल्नु त त्यता सिसिटिभी छ क्या ।