18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हस्त गौतम 'मृदुल' December 28, 2008, 10:06 pm

छोडेर गयौ अचानक हरे माया नै मारेर

सुन्दर सपना संधैका लागी ओझेलमा पारेर ।

आउदा कति हर्षित थिएं हर पल रमाएँ

सफल्ताको शिखरमा पुगी प्रभुत्व जमाएं।

आत्मीय पन टुटाइ जादा मन मेरो धर्कियो

न्ासकी खप्न बिछोडको पींडा यो छाती चर्कियो।

साँचुला संधै ति क्षणहरु संगसंगै बसेको

बिस्रनै छैन जीवनमा कैलै मायाले डसेको।

मनको शान्ति अटल खुशी संधैलाइ हरायो

गूलाफ़को फुल सम्झेर संधै रोइरने गरायो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।