19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भारती गौतमको कथासङ्ग्रह 'फरक फूल' एक परिचय

कृति/समीक्षा प्रा.डा. खेम दाहाल July 11, 2026, 11:58 pm
प्रा.डा. खेम दाहाल
प्रा.डा. खेम दाहाल

फरक फूल भारती गौतमको कथासङ्ग्रह वि. सं. २०८२मा प्रकाशित भएको किताबमा १६ कथाहरू छन् । यसको प्रकाशकमा समकालीन साहित्य प्रतिष्ठान , बेलायत देखियो । काठमाडौ बागबजारबाट छापिएको यस किताबमा प्रा . डा. दयाराम श्रेष्ठको भूमिका छ । यी कथाले नेपाल र अमेरिका जोड्छन् भन्ने अभिव्यक्ति उहाँको रहेछ ।

प्रकाशकीयमा कृष्ण बजगाईंको मन्तव्य हेरियो, प्रतिष्ठानले संसारभर छरिएर रहेका नेपाली साहित्यका स्रष्टाहरू जोडिने कुरामा उहाँको विश्वास छ ।

पात्रहरूमा समान अवसर, विदेशी र स्वदेशी तथा नेपालीमा समान भूमिका दिने प्रसङ्ग रुथ र रूपाका विषयमा हेरियो । रूपाका संवाद नेपालको धनकुटातिर टेक्छन् । रूपाकी माताले सुनाएको घटनामा ठुली फुपूको नाै वर्षको उमेर , बिहे गरेर भित्रिएपछि एकै चोटि दुलहाको जुठो बार्न फुपू जानुभएको थियो रे ।

त्यसपछि फुपूले सिदुवा फेरि देख्नुभएको थिएन रे । कथामा पात्रबाट घटना भन्न लगाउने संवाद गराउने शैली हेरियो । क्रिसले जेनिको नाममा एउटा चिठी लेखेको छ त्यो चिठी अाजै र यसै वेला पढेर सुनाउनु भन्ने उसको अनुरोध थियो । त्यसो भन्दै ड्यानले एउटा पहेँलो खामबाट चिठी निकालेपछि सभाभवन स्तब्ध भयो ।

इष्टमित्रसँगको उसको व्यवहार, उसको व्यथा र निधनमा शोकसभा हेन , जीवन उत्सव भेला देखियो । हजुर माताको कस लागेको चाँदीको बाइँ मैले जतनले राखेको जस्तो मिसेस स्मिथको पिन जतन गर्ने कोही रहेनरहेछ । नेपाली पात्रसित विदेशी पात्र जोड्ने तरिका भव्य छ ।

यस कृतिमा समेटिएका पाठमा नेपाली र विदेशी नाम जोडिन्छन् : ठुली फुपू जस्तै रुथ , मिसेस स्मिथ , डोनर नम्बर पैँतालिस , एक्लो एन्थोनी, अर्लको इच्छापत्र , इजवेलको कथा , इत्यादि, नेपाली र अङ्गेयस कृतिमा समेटिएका पाठमा नेपाली र विदेशी नाम जोडिन्छन् ठुली फुपू जस्तै रुथ , मिसेस स्मिथ , डोनर नम्बर पैँतालिस, एक्लो एन्थोनी , अर्लको इच्छापत्र , इजवेलको कथा , इत्यादि , नेपाली र अङ्गेजी शब्द साझेदार छन् ।

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।