17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिभोर बराल December 28, 2008, 10:10 pm

जमघटमा आएकोछु मादल बजाऊ न

तिम्रो पागललाई अझै पागल बनाऊ न

रूझ्न देऊ यौवनको वर्षातमा झुम्दै

घना कालो केशको त्यो बादल सजाऊ न

यता पनि त थोरै उज्यालो गरिदेऊ

मुहारलाई छोप्ने तिम्रो आँचल उठाऊ न

झिम झिम गर्दै मनका तारतारलाई छुने

चञ्चले तीनयनमा गाजल लगाऊ न

ढल्दै गरोस् रात अनि चल्दै गरोस् बात

विभोरलाई भने आज घायल गराऊ न

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।