19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सप्रेम अर्चना December 28, 2008, 2:52 pm

सरकार सधैँ मुकदर्शक छ ।

र त देश यहाँ अति रोचक छ ।

छ त केवल कागजमा नियम

गणतन्त्र भएपनि शासक छ ।

अघि बढ्छ कहाँ यसरी मुलुक

हररात यहाँ नवबाधक छ ।

किन छक्क परूँ दुनियाँ सित म ?

जति जे छ यहाँ सब नाटक छ ।

किन मौन बस्यौ भन ए जनता ?

गर युद्ध अझै कति शीर्षक छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।