भानुसाहित्य अध्ययन गर्ने परम्पारा पनि लगभग दुई सय वर्ष पुग्नु लागेको छ। मोतीराम भट्टको विक्रम संवत १९४८ मा प्रकाशित नेपाली भाषाका आदिकवि भानुभक्तको जीवनचरित्रदेखि लिएर अहिलेसम्म पनि भानुभक्तका विविध पक्ष, सन्दर्भ र समयसापेक्षित विचारहरूका नयाँ नयाँ कुरा अघि आइरहेका छन्। आजभन्दा दुई सय वर्षअघि नै भानुभक्तले धेरै लेखेर गएका छन्। उनी आजभन्दा २११ वर्ष अघि जन्मेर लगभग पचास वर्ष मात्र बाँचेर कृति छाडेर गए।
भानुभक्तले आफ्नो समयमा लेखे। भानुभक्तका प्रशंसक र आलोचकहरू दुवै थरीका छन्। दुई सय वर्षअघिको समय र परिस्थिति बुझेर सबैक कुरा आत्मसात गरेर उनलाई प्रशंसा गर्नेहरू नै बढी छन्। आम पाठकका निम्ति भानुभक्तको रामायण एउटा महत्त्वपूर्ण ग्रन्थ हो भन्ने बुझेका हुन्छन्। भानुभक्तको बधूशिक्षाका आधारमा उनको आलोचना गर्ने पनि धेरै छन्।
यद्यपि विशेषगरी केही थोरै प्रगतिवादी समालोचकहरूका निम्ति भानुभक्त बुर्जुवा यय़ास्थितिवादी र सङ्कीर्ण कवि देख्छन्। उनीहरू भानुभक्तलाई आदिकवित्वको पनि विरोध गर्छन्। अहिले आएर कतिपय मार्क्सवादीहरूले उनको लेखनमा के के खोज्छन्। भानुभक्तले क्रान्तिकारी कविता लेखेनन्, अन्याय अत्याचारको बिद्रोहको स्वर भएको कविता लेखेनन् भनेर टिप्पणी गर्छन्। एक खाँटी प्रगतिवादी लेखक दिल साहनीका निम्ति भानुभक्त बिझाएका छन्। उनी लेख्छन्-
बिगतमा सामन्तवादी वा बुर्जुवा चिन्तकहरूले जस्तै प्रगतिवादीहरूले भानुभक्त आचार्यको जन्म जयन्ती मनाउँदैनथे। बरु उनीहरूले मुख्यतः गोकुल जोशी, लू स्युन वा म्याक्सि गोर्की आदि जस्ता प्रगतिवादी साहित्यकारहरूको जन्म जयन्ती मनाएको चाल पाइन्थ्यो । प्रगतिवादी साहित्यकारहरू भानुभक्त आचार्यको जन्म जयन्तीमा उपस्थित भए पनि प्रायः उनीहरूले नै त्यसको आयोजना गर्दैनथे । भानभक्त आचार्यको बारेमा बोल्न परे पनि बुर्जुवा बुद्धिजीवीहरूले जस्तै उनको एकोहोरो प्रशंसा गर्नुभन्दा पनि आलोचना गर्दथे । तर अहिले आएर आफूलाई प्रगतिवादी भएको दाबी गर्ने केही चर्चित साहित्यकारहरूले पनि गोकुल जोशी, पारिजात, युद्धप्रसाद मिश्र आदि जस्ता प्रगतिवादी कविहरूको जन्म जयन्ती मनाउनुको सट्टा भानुभक्त आचार्यको जन्म जयन्ती मनाएर उनीहरूले आफ्नो प्रगतिवादी साहित्यकारप्रतिको कर्तव्य पूरा भएको ठान्दछन्। यसैले यो प्रगतिादी साहित्यकारहरूबीचमा एउटा बहसको विषय बनेको छ । छलफलको विषय बनेको छ ।
बिगतमा सामन्तवादी वा बुर्जुवा चिन्तकहरूले जस्तै प्रगतिवादीहरूले भानुभक्त आचार्यको जन्म जयन्ती मनाउँदैनथे। बरु उनीहरूले मुख्यतः गोकुल जोशी, लू स्युन वा म्याक्सि गोर्की आदि जस्ता प्रगतिवादी साहित्यकारहरूको जन्म जयन्ती मनाएको चाल पाइन्थ्यो । प्रगतिवादी साहित्यकारहरू भानुभक्त आचार्यको जन्म जयन्तीमा उपस्थित भए पनि प्रायः उनीहरूले नै त्यसको आयोजना गर्दैनथे । भानभक्त आचार्यको बारेमा बोल्न परे पनि बुर्जुवा बुद्धिजीवनीहरूले जस्तै उनको एकोहोरो प्रशंसा गर्नुभन्दा पनि आलोचना गर्दथे । तर अहिले आएर आफूलाई प्रगतिवादी भएको दाबी गर्ने केही चर्चित साहित्यकारहरूले पनि गोकुल जोशी, पारिजात, युद्धप्रसाद मिश्र आदि जस्ता प्रगतिवादी कविहरूको जन्म जयन्ती मनाउनुको सट्टा भानुभक्त आचार्यको जन्म जयन्ती मनाएर उनीहरूले आफ्नो प्रगतिवादी साहित्यकारप्रतिको कर्तव्य पूरा भएको ठान्दछन्। यसैले यो प्रगतिादी साहित्यकारहरूबीचमा एउटा बहसको विषय बनेको छ । छलफलको विषय बनेको छ ।
प्रष्ट कुरा के हो भने सामन्तवादी वा बुर्जुवा बिचार बोकेका बुद्धिजीवी वा साहित्यकारहरूले आफ्ना बिचार मूल्य र मान्यतालाई बलियो बनाउन भानुभक्त आचार्यलाई अघि सार्दछन् । उनको महिमागान गर्दछन् । यसो गर्नु उनीहरूको धर्म नै हो । उनीहरूको आवश्यकता नै हो । प्रगतिवादी साहित्यकार वा बुद्धिजीवीहरूले आफ्ना विचार मूल्य र मान्यतालाई बलियो बनाउन भानुभक्त आचार्यको भन्दा पनि गोकुल जोशी, पारिजात, युद्धप्रसाद मिश्र, कृष्णसेन इच्छुक, केवलपुरे किसान आदिका जन्म जयन्ती मनाउनु धेरै राम्रो हुन्छ। यतातिर प्रगतिवादी साहित्यकारहरूको प्रयाप्त ध्यान गएको पाइन्न । (दिल साहनी, नेपाली साहित्य घर, भानुभक्तलाई देवत्वकरण गर्नुपर्ने आवश्यकता छैन। (नेपाली साहित्य घर, असार २९ , २०७८ मंगलवार)।
अर्का झन कट्टर मार्क्सवादी समालोचक डा कृष्णदेव अधिकारी त बहुविवाह र सतीप्रथाका समर्थक भानुभक्त शीर्षक दिएर नै उहिलेको कुरालाई अहिलेको चशमा लाएर समीक्षा गर्छन्। उनी लेख्छन्- नेपालको तत्कालीन अनुदार शासन व्यवस्था र नेपाली जनताको चेतनाको स्तर हेर्दा भानुभक्त वा अन्य कुनै पनि कविले तत्कालीन व्यवस्थाको विरुद्धमा बोल्न वा लेख्न सक्ने स्थिति थिएन । शासक वा शासन व्यवस्थाको विरुद्ध कुनै आवाज निकाल्नु नै मृत्युको मुखमा पर्नु हुन्थो । यसैले भानुभक्त वा अन्य कुनै पनि कविबाट तत्कालीन अवस्थामा क्रान्ति र विद्रोहका स्वर भरिएका कृतिको अपेक्षा गर्न सकिदैनथ्यो । तर, समाज र राष्ट्रप्रति जिम्मेवार एउटा चेतनशील लेखकले तत्कालीन संपूर्ण परिस्थितिप्रति आँखा चिम्लेर जनविरोधी र समाजविरोधी गतिविधिप्रति समर्थन गरिरहन पनि सक्तैन । शासक र शासन व्यवस्थाको विरोध नगरेरै पनि उसले समाजमा विद्यमान कुप्रथा, रुढि, विकृति र विसङ्गतिलाई आफ्ना काव्य–कवितामा चित्रण गर्न सक्तछ । राजनीतिक यथार्थको चित्रण गर्न नसकिए पनि सामाजिक यथार्थको चित्रण गर्न उसलाई कुनै बाधा हुदैन ।
उनी बधूशिक्षाका भानुभक्तप्रति यो भाव राख्दछन्- भानुभक्तको नारीप्रतिको यस्तो निरङ्कुश दृष्टिकोण र सामन्ती चिन्तन थाहा पाउँदा पाउँदै पनि हाम्रा कतिपय समालोचकहरुले भानुभक्तप्रति अन्धभक्ति–भाव राख्दै उनलाई महान् कवि, अद्वितीय कवि, जातीय कवि, कवि सम्राट, आदिकवि, लोककवि आदि संज्ञा दिँदै अतिशय प्रशंसा गर्ने गरेको पाइन्छ । नारी विभेद र उत्पीडनको पृष्ठपोषक रहेको यस्तो रचनालाई पनि कतिपय महिलाहरुले नै सुन्दर रचना भन्दै भानुभक्तको प्रशंसा गर्नु उदेक र आश्चर्यको कुरा हो। भानुभक्तका अन्य रचना झैं ‘बधूशिक्षा’ पनि सरल नेपाली भाषा–श्लोकमा लेखिएकाले नै यसले अशिक्षित नेपाली समुदायमा प्रभाव पार्न सकेको हो । सरल र मीठो भाषा अनि सुन्दर शैलीमा लेखिएर पनि ‘वधूशिक्षा’ को भाव र सन्देश भने कुरुप देखिन्छ ।
अहिलेका समयको चश्मा लाएर हेर्दा कुनै सिद्धान पनि सफल हुँदैन। मार्क्सवाद पनि अब काम नलाग्ने भुत्ते भैसकेको छ। अब समीमित र थोरै देशमा मात्र मार्स्वादी सिद्धान्तको सरकार छ। त्यही सिद्धान्तका आधारमा देशमा शासन गर्नेहरू पनि क्रुर तानाशाह, अत्याचारी, घोर भ्रष्टाचारी व्यवस्था पनि भोगेका छन्। त्यो प्रगतिवादी सैद्धान्तिक विचार पनि अब क्रमशः घट्दो छ। मान्छेलाई भेंडा बाख्रासरह एउटै विचारको थैलीभित्र हाल्ने फर्मुलाबद्ध विचारमा मान्छे बसिरहन सक्दैनन्। नयाँ हुँदा एक समयमा त्यसको आवश्यकता ठानियो र धेरैले समर्थन र समपर्ण गरे तर अब त्यो काम लाग्दैन। यसको साध्य र साधन दुवै त्रुटीपूर्ण छ। नेपालमा त झन मार्क्सवाद लेनिनवाद माओवादका नाममा आफ्नो मौलिक सांस्कृतिक परम्परामाथि हमला बोल्ने, मास्ने, छास्ने काम भएको छ। अनि त्यो दृष्टिकोणले हेर्दा भानुभ्क्तलाई यथास्थितिवादी, अगतिवादी, बुर्जुवावादी, सामन्तवादी देख्छन्। भानुभक्तको भन्दा कार्ल मार्क्सको जयन्ती मनाउन आवश्यता देख्छन्। उनीहरूका लागि गोकुल जोशी आदिकवि हुन्। दिल साहनी त सोझै भानुभक्तको भन्दा बरू गोकुल जोशी, पारिजात, युद्धप्रसाद मिश्र, कृष्णसेन इन्छुक, केवलपुरे किसान आदिका जन्म जयन्ती मनाउनु धेरै राम्रो हुन्छन भन्ने देख्छन्।
भानुभक्तको योगदान अर्कै किसिमको छ। भाषिक र सांस्कृतिक योगदान छ। आजभन्दा लगभग दुई सय वर्ष अघि नेपाली समाजमा बसेर उनले रामायणको नेपाली भावानुवाद गरेका छन् जुन ठिक समयमा उपयुक्त काम भएको छ। भारतमा पनि त्यतिबेला भक्ति आन्दोलनकाल थियो। मीराबाई तुसलीदास, सुरदास, सन्त कबीर, आदिका विभिन्न भक्ति जागरण र सुधारका समयमा भानुभक्तले पनि सही समयमा रामायण अनुवाद गरेका हुन्। भानुभक्तको रामायण का अनुवाद गर्नुका उद्देश्य आध्यात्मिक उत्थानका लागि थियो। क्रान्तिका निम्ति उक्साउने, जनता उत्तेजित पार्ने, समाजको आमुल परिवर्तन थिएन। त्यतिबेला न मार्क्सवाद थियो न पुँजीवाद थियो। उनलाई लागेको समयसापे7मा जे जे चेतना थियो, त्यहीलाई कलमले लेखे।
हामी भारतमा बस्ने सन्दर्भमा भने भानुजयन्ती अत्यन्त महत्त्वपूर्ण कुरा हो। हाम्रा अघिल्ला पीँढीका सचेत बुद्धिजीविहरूले समयानुचित रूपमा भानुभक्तलाई उभ्याउँदा भारतमा पनि हाम्रो शीर उभिएको छ। नेपालका लागि भानुभक्तलाई कुन रूपमा लिन्छन्, त्यो आफ्नै ठाउँमा छ तर हाम्रा लागि भने जातीय अस्मिता, भाषिक गोलबद्धता, सांस्कृतिक सचेतता, साहित्यिक जागरण, जातीय एकताका रूपमा देख्छौं। भारतीय मानसिकताले भानुभक्तलाई भारतीय देख्छ। हाम्रा आध्यात्मिक धरातललाई बलियो बनाउने काम गर्ने। भानुभक्तको