19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मान्छे

कविता ऋत्विक के.बी. September 1, 2026, 12:14 am
ऋत्विक के.बी.
ऋत्विक के.बी.

न्वारानको बल खिंचेर
सकेजति गर
तिम्रा औकातले
भ्याए जति गर
सक्छौ भने-
मेरो जन्मदर्ता च्यातिदेऊ
-नागरीकता खोसिदेऊ
-मृत्यु दर्ता बनाईदेऊ
तिमी कागजको डुंगा बनाएर
बर्षातको नालीको भेलामा
- “र्‍याफ्टिङ” को मज्जा लेऊ
फरक पर्दैन मलाई
किन कि-
म कागजको मान्छे होइन।

मकवानपुर, हेटौँडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।