लड्दा पनि तिम्रो म बन्न पाउँ ।
उठ्दा पनि तिम्रो म भन्न पाउँ ।
तिमी भैदिए पो लडेपनि दुख्दैन,
लडेको दुःखले मेरो मुटु चुब्दैन ।
जाडो बढे छातीमा मायाले सेक्न पाउँ ।
निदाउँदा तिमी सपना मैले देख्न पाउँ ।
प्रितीमा उदाउने कहिल्यै डुब्दैन,
लडेको दुःखले मेरो मुटु चुब्दैन ।
चोखो पिरती छुपाएर छुप्दैन ।
लडेको दुःखले मेरो मुटु चुब्दैन ।
हेटौँडा - मकवानपुर