19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवन

कविता सुजन विश्वकर्मा September 8, 2026, 5:02 pm
सुजन विश्वकर्मा
सुजन विश्वकर्मा

त्यो दिन दु:ख हुँदैन पिर हुँदैन ।
आन्नदले मर्ने सबैको तकदिर हुँदैन ।
बाँचुन्जेल एकअर्कालाई चाम्रो भन्छन् ।
मरिसकेपछि शत्रुले पनि राम्रो भन्छन् ।

जीवन हो यहाँ घाम हुन्छ छाया हुन्छ ।
हृदय सफा हुनेको ईश्वर सधैँ दायाँ हुन्छ ।
जब सम्म चितामा लास हुँदैन ।
तब सम्म मानिस खास हुँदैन ।

संसारमा‌ धनको भोगि भेटाइन्छ ।
यहाँ कान चिरेको जोगी भेटाइन्छ ।
कालको आकार हुँदैन ।
मर्दैमा सपना साकार हुँदैन ।

दिन छ भने रात अवश्य हुन्छ ।
विश्वास छ भने घात अवश्य हुन्छ ।
यो नदि यो नाला सधैँभरि हुँदैन ।
संसारमा कोही पनि अजम्बरी हुँदैन ।

हेटौँडा - मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।