19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल काशीनाथ मिश्रित September 29, 2026, 12:43 am
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

आँखा झिमिक्क पार्ने माया रहेछ क्यारे!
छोएर फुत्त सर्ने छायाँ रहेछ क्यारे ।

आएर कान फुक्दै भाग्यो कता कता त्यो
फर्की पछाडि हेर्दा दायाँ रहेछ क्यारे!

के हो भनेर तर्सेँ थाहा भएन केही
झ्वाट्टै अगाडि बढ्दा बायाँ रहेछ क्यारे!

छोपौँ भनी समात्दा छोइन्न हातले नै
हावा समान हल्का साया रहेछ क्यारे

बोल्यो विचार आफै साँचो-झुटो नचिन्ने?
छुट्याइएन आफ्नै जाया रहेछ क्यारे!

आत्मा अमर छ भन्छन् मर्दैन रे कहिल्यै!
यो दुःख भोग्नुपर्ने काया रहेछ क्यारे।

गुल्मी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।