नाडीका ती फुटेका चुरा देखेर मौन छु ।
आफ्नाकै बगलीमा छुरा देखेर मौन छु ।
आजकल नाताको कुनै पर्वाह छैन,
तर सडकहरुमा टुहुरा देखेर मौन छु ।
थाहा छैन मानिस किन घमण्ड गर्छन्,
चितामा जलेको दाउरा देखेर मौन छु ।
आँसु पिउन, ठक्कर खान बाध्य छन्,
यहाँ खेर गएको चिउरा देखेर मौन छु ।
हेटौँडा - मकवानपुर