आऊ मिली सँगै बसौ हिमाल, पहाड, तराई
एउटै देशको दाजु–भाई हौ कोही छैन पराई
हातमा हात–काँधमा काँध मिलाई अघि बढाँै
मागे भने यो देशले आफ्नै शिर चढाऔँ।
रून दिनु हुन्न अब सगरमाथालाई
फुट्यो भने दाजु–भाई हुदैन है भलाई
तरवार भन्दा बलियो कलम हुन्छ साथी
माया गर्नू सबैलाई हुने छ है जाती।
हिलोमा नै फुल्ने गर्छ कोमलको फूल
आफ्नै राष्ट्र बिर्सीदिने नगरौं है भूल
पसिना देऊ, पसिना यहि मोती फल्छ
अनि मात्रै साँच्चै नयाँ नेपाल बन्छ।