19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सागर तमु ‘प्राञ्जल’ October 10, 2026, 1:40 am
सागर तमु ‘प्राञ्जल’
सागर तमु ‘प्राञ्जल’

पहाडको खन्जर भागमा रुन्छ कर्णाली
त्यही दुख देखेर मुटुमा छुन्छ कर्णाली ।


तुइनबाट वारपार गर्दा थाहा छैन के हुन्छ
जति आपत परे पनि मनमा गुन्छ कर्णाली ।


गर्भवती आमाको छटपटि देख्दैन यो सरकार
स्वस्थ्य चौकी पुर्याउदा बच्चा तुन्छ कर्णाली ।


विकट भए बिकाशका पुर्वधारले सम्पन्न गराउ
सरकार नै चुप बसेको छ कसले सुन्छ कर्णाली ।


यार्सागुम्बा शिलाजित अनमोल जडिबुटि छन् त्यहा
विश्वकै सर्वच्च स्थानमा एकदिन पुन्छ कर्णाली ।

-

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।