19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल खेमराज घर्ति मगर October 10, 2026, 1:47 am
खेमराज  घर्ति मगर
खेमराज घर्ति मगर

झर्ने डरले फुलले फूल्न, छोड्नु हुन्न क्यारे !!
मर्ने डरले जीबन बाँच्न, छोड्नु हुन्न क्यारे !!

दु:ख सुख भोगेरै मात्र, थाहा हुन्छ होइन ?
पिडा हुने डरले हाँस्न, छोड्नु हुन्न क्यारे !!

जिन्दगीको दौडमा, आघि-पछि हुन्छ होइन ??
हार्ने डरले बाजी त्यसै, छोड्नु हुन्न क्यारे !!

अन्धोले देख्ने बहिरोले सुन्ने, प्रेम यौटै हुन्छ होइन ??
समाजको डरले साथि भेट्न, छोड्नु हुन्न क्यारे !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।