19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सलोजा दाहाल December 29, 2008, 8:56 pm

तिमीलाई यो जवानी सुम्पिएर दिउ लाग्यो

संगै बसी पेगमा पेग मिलाएर पिउ लाग्यो ॥

मनभरि रहरका फूलहरु फूलिरा'छन्

लहरालाई संगालेर आफ्नै हातमा लिउ लाग्यो ॥

बसेकै थे हरियाली बसन्तमा रमाएर

तर पनि किन किन तिम्रो साथ जिउ लाग्यो ॥

कोईलीको स्वर संगै पालुवात फेरिन्छ नै

सम्पूर्णता गुमाएर तिमी संगै बेरिउ लाग्यो ॥

खोज्न चाहे एकान्तमै शितल लाग्ने बहार

बाहिर हेर्दा ठिकै थियो छुदाँ मात्र हिउँ लाग्यो ॥

ओखलढुङगा

हालः विराटनगर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।