चौतारीमा वर पीपलको पात हरियो
प्रगतिको बाटोतिर यात्रा मोडियो
देशको लागि नेपालीले नयाँ पाइला चाली
लागौं अब उन्नतिको एउटा बत्ती बाली ।
दियौं लियौ नयाँ वर्षको शुभकामना भनी
देशको लागि केही गरौं स्वाभिमानी बनी
हर्ष खुशी उमंगको खोजी अब ज्ञान
नयाँ बर्षसंगै हामी उन्नतिमा जान ।
नयाँ दिनको नयाँ बर्ष नयाँ जोस नयाँ हर्ष
नयाँ-नयाँ विचार बोकी आएको छ नयाँ वर्ष
बिहानीको किरणसंगै कोइली गाउँछ गीत
रिस राग छोडी अब मिलौ सबै शीत ।
हतुवागढी गाउँपालिका ०५, भोजपुर