आफ्नै कर्मले मलाई मुस्कुराउन मन छ।
नेपालको माटोमा पसिना बगाउन मन छ।
भाषा, भेष फरक होलान्, एउटै हाम्रो धर्ती,
सबैलाई एउटै माला बनाई सजाउन मन छ।
नेपाल आमा हाम्रो बाटो कुरेर बसेकी छन्,
रित्तिँएको गाउँमा फेरि बस्ती बसाउन मन छ।
झन्डा बोकी हिँड्नु मात्रै देशप्रेम कहाँ हो र,
भोकै सुत्ने नेपालीलाई गाँस जुटाउन मन छ।
घृणाले कोरेका धर्सा मेटिऊन् हाम्रा मनबाट,
पूर्वदेखि पश्चिमसम्म विश्वास फैलाउन मन छ।
डार्टफोर्ड, बेलायत